⚽ फुटबल

अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता माघ २० गते देखि

पोखरा-पोखराको ड्याम साइड क्लवको आयोजनामा यही माघ २० गते देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए । माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि हुने बिद्यालयहरुले यही माघ १८ गते साँझ ५ः०० बजे भित्र सम्पर्क गर्न सकिने भएको जनाए । दर्ता निःशुल्क रहेको उक्त प्रतियोगितामा करिब १९ बिद्यालयहरुको… पुरा पढौ

आहा रारामा उज्वेकिस्तानको ब्ल्याक बुल्स टोली

पोखरा-आगामी मंगलबारदेखि पोखरा रंगशालामा शुरु हुने २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानबाट फुटबल टिम उपस्थिति हुदैै छ । ११ वटा क्लबको नाम सार्वजनिक गरिसकेको आयोजक सहारा क्लबले १२ औं क्लबको रुपमा उज्वेकिस्तानको टोली आहा रारा गोल्डकपमा सहभागिता जनाउने तय भएको हो । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं संस्करणको फुटबल प्रतिस्पर्धा गर्ने छ । आयोजक सहारा क्लबसहित तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, अपी पावर चर्च ब्वाईज, संकटा, मछिन्द्र, थ्रीस्टार, एनआरटी, भारतको थण्डरबोल्ट नर्थ… पुरा पढौ

आहारारा खेल्न युकेबाट फुटबल टिम आईपुग्यो

पोखरा-आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे । उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् । सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।… पुरा पढौ

एकसातापछि पोखरामा फुटबलको रौनकता

पोखरा-फुटबलको रौनक छाउन केवल एकसाता मात्रै बाँकी छ । देशकै आधुनिक रंगशालामा मोसफलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण माघ २२ गतेदेखि शुरु हुदैै छ । तयारीकै चरणमा रहँदा सहारा क्लबले गतवर्षको घाटापूर्ति गर्ने योजनासहित अघि बढेको छ । त्यसो त जिल्ला खेलकुद विकास समिति कास्कीले मैदानको शुल्क समेत तोकेको छ । यसले पनि क्लबलाई आर्थिक भार पर्ने छ । समितिले अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धालाई दैनिक ५५ हजार शुल्क तय गरेको छ । क्लबले वर्षेनी आयोजना गर्दै आएको… पुरा पढौ

सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन

पोखरा- २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या।पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो । प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं… पुरा पढौ

सहारा क्लबलाई ८८४८ इभेण्टको आर्थिक सहयोग

पोखरा-यही माघको २२ गतेदेखि पोखरा रंगशालामा आहा राराको २४ औं संस्करणको फुटबल प्रतियोगिता शुरु हुदैं छ । सहारा क्लबले आयोजना गर्ने मोफसलकै यो प्रतिष्ठित फुटबल प्रतियोगितालाई सहयोग गर्ने सहयोगी मन भने बढ्दै गएका छन् । केही दिन अघि मात्रै सहप्रायोजकसँग सम्झौता गरेको क्लबलाई ८८४८ इन्टरटेनमेन्ट इभेन्ट म्यानेज्मेन्टले आर्थिक सहयोग गरेको छ । इभेण्ट म्यानेजमेन्टका संचालक गिनिज गुरुङले ५० हजार रुपैयाँ क्लबलाई सहयोग गरे । क्लबका शुभचिन्तक उनले प्रतियोगिताको पूर्ण सफलताको कामनासहित सहयोग गरेको उक्त रकम प्रतिनिधिको रुपमा ओम लामा, उत्सव… पुरा पढौ

दर्शकलाई पाँच हजार नगद पुरस्कार

पोखरा-आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा एक जना दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् । पुरस्कारवापत्को रकम सहारा एफ।सी।यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । सो सम्बन्धमा मंगलबार आयोजक सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लब अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक एवं क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत सम्मानसमेत गरेको थियो… पुरा पढौ

सहप्रायोजन गर्दै सहारासँग जोडियो जयश्री फुड्स

पोखरा-सहारा क्लबसँग सह प्रायोजकको रुपमा जयश्री फुड्स प्रालि जोडिएको छ । २४ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपको पूर्व तयारीमा जुटिरहँदा क्लबले जयश्री फुड्स प्रालिसँग सह प्रायोजकको रुपमा शनिबार सम्झौता गर्दै सहकार्यको हात बढाएको हो । शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्स सहप्रायोजक बन्न पुग्यो । सम्झौता एक वर्षको लागि गरिएको जानकारी क्लबका अध्यक्ष केशव बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले क्लबसँग मार्फत जोडिदाँ आफनो व्यवसायको पनि… पुरा पढौ

एन्फा कास्की आबद्ध क्लबसँग अन्तरक्रिया

पोखरा-२४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड फुटबलका खासै प्रतियोगिता… पुरा पढौ

विल स्मृति नवौं संगम कप फागुन पहिलो साता

पोखरा-आगामी फागुनको पहिलो साता पोखरा रंगशालामा क्लबस्तरीय संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करण आयोजना हुदैं छ । संगम क्लबले आफनो पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ । क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२ क्लबले सहभागिता जनाउने पाउने प्रावधान रहेको उल्लेख गर्दै क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले राष्ट्रियस्तरका खेलाडी अनुबन्धन गरी समावेश गर्न सक्ने जनाए । सहभागि क्लबले ए डिभिजनसहित राष्ट्रियस्तरका कुनैपनि खेलाडीलाई अनुबन्धन गर्न… पुरा पढौ