एजेन्सी, पुस २० । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अल्भेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो । १० खेलाडीमा सिमित अल्भेसविरुद्ध एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे । अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो । ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो…
पुरा पढौ