नेट गेम्स

विद्यालयस्तरीय व्याडमिन्टनको फाईनल आज

पोखरा-पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को फाइनल खेल हुदैं छ । प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू सहित समापन हुने भएको प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले बताए । यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचन लगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नु भएको उहाँले जनाउनु भयो । आइतबार फाइनल खेलहरु सहित समापन हुने भएको… पुरा पढौ

पोखरामा फागुन पहिलो साता विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन

पोखरा-फागुनको पहिलो सातादेखि पोखराको फिट नेपाल स्पोर्टसकम्प्लेक्समा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैै छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा स्व. मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा विभिन्न चार उमेर समूहका विद्यालयका विद्याथीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको पाँचौँ संस्करणमा आईपुग्दा यू–११, यू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर समूहका खेलाडीहरूको प्रतिष्पर्धा गर्ने फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए । ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्मका उदयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, खेलकुद विकासलाई टेवा… पुरा पढौ

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन सुरु

ललितपुर=ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनले एक कार्यक्रमकाविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा आजको पहिलो दिन भएको पुरुष एकल तर्फ नेपाल पुलिस क्लबका भविश थापाले बिजयी सुरुवात गरेका छन् । भविशले सुर्खेतका प्रकाश अधिकारीलाई २१–१०, २१–११ को सोझो सेटमा पराजित गर्दै राउण्ड ३२ मा प्रवेश गरेका छन् । यस्तै नेपाल पुलिस… पुरा पढौ

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट

ललितपुर -ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ । पाँच दिन सम्म संचालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा संचालन हुने छ । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने… पुरा पढौ

दमक नमुना च्याम्पियनसिप २०८२ पौष दोस्रो साता

दमक-दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमुना च्याम्पियनसिप २०८२ पौष दोश्रो साता हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पौष १०, ११ र १२ गते गर्ने निर्णय गरेको जनाएको छ । दमक नगरपालिका ७ स्थित आयोजकको आफ्नै कभर्ड हलमा हुने च्याम्पियनसिपमा विभिन्न ७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । उर्जाशिल नव खेलाडीहरुको उत्पादन गर्दै उद्धेश्यले आयोजना गर्न लागिएको राष्ट्रिय च्याम्पियनसिपमा खुला पुरुष युगल, खुला मिक्स युगल, खुला महिला युगल, खुला १०० प्लस पुरुष मास्टर युगल,… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर, सिभालीलाई दोहोरो उपाधि

कास्की, -विश्व टेनिस टुर जे३० को पहिलो सर्किट जितेर इतिहास कोरेको एकसातापछि नेपाली टेनिस खेलाडी शिभाली गुरुङले दोस्रो सर्किटमा पनि उपाधि जित्दै अर्को इतिहास थपिएको छ । शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको दोस्रो सर्किटको फाईनलमा उमेर समूहमा शिभालीले उपाधि जित्दै दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा सिभालीले दोहोरो उपाधि जित्दा दोस्रो सर्किटमा पनि १४ वर्षको उमेरमा नै गल्र्स सिंगल्स र डबल्समा उपाधि लेखिन् । जे३०… पुरा पढौ

आइटीएफ जे३० वल्र्ड , शिवाली सिंगल्सतर्फको फाइनलमा

पोखरा-नेपाली उमेर समूहकी शीर्षस्थानकी शिवाली गुरुङलेगल्र्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी भोलिपल्ट एकल तर्फ फाईनल सुरक्षित गरेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा आयोजित आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिवाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी हुन् । प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले… पुरा पढौ

१४ वर्षिया शिवालीले रचिन इतिहास

पोखरा-नेपालकी उमेर समूहीकी टेनिस खेलाडी शिवाली गुरुङले पोखरामा आयोजित वल्र्ड टेनिस टुर जे३० मा सर्किट १ मा गल्र्स तर्फ दोहोरो उपाधि जित्दै इतिहास कोरेकी छन् । गुरुङसहित कोरियाकी युल हो जुङले ब्वाईज तर्फ दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भएका छन् । नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंक जोड्न सफल… पुरा पढौ

नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना

पोखरा- नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान तथा महासचिवमा केशव पाठक निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन… पुरा पढौ

सिंगल्सतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा-आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत बिहीबार सम्पन्न ब्वाइज सिंगल्स क्वार्टरफाइनल खेलबाट शीर्ष वरियताका टिङ–हो याङ (ताइपेई), युल हो जुङ (कोरिया), नेपालका प्रनव मानन्धर तथा श्रीलंकाका गानुका फर्नान्डो सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा याङले भारतका फजल अली मिरलाई ७–६(४), ६–४ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरे । यस्तै, तेस्रो वरियताका जुङले भारतका हर्ष मरवाहालाई ५–७, ६–२, ६–४ ले पराजित गरे । पाँचौं वरियताका नेपाली खेलाडी प्रनव मानन्धरले करन बी थापामाथि… पुरा पढौ