नेट गेम्स

लक्ष्य खेलाडी उत्पादन, जुनियर प्रतियोगिता शून्य

पोखरा-लन टेनिसको पोखराको इतिहास जति गर्विलो छ त्यति नै खेलाडी उत्पादनमा कमजोर छ । खेलाडी उत्पादनको लागि आवश्यक प्रशिक्षण र प्रतियोगिता कास्की जिल्ला टेनिस संघले समावेश गर्नै सकेको छैन् । बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन रहेको पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैं छ । ओपन र भेट्रान्स प्रतियोगितालाई निरन्तरता दिदाँ खेलाडी उत्पादनको जग मानिएको जुनियर प्रतियोगितालाई संघले समेट्न सकेको छैन् । ‘जुनियर टेनिस प्रतियोगिता आयोजना गर्न नसकिरहेको स्वीकार्छौ ।’ कास्की जिल्ला टेनिस संघका अध्यक्ष… पुरा पढौ

क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा

काठमाडौं- क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाण्डौमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भए संगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको छ । क्वाटरफाइनलमा खनाल र गौचनको जोडीको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडी संग हुने भएको छ । थाईल्याण्डले खेलबाट आफ्नो नाम फिर्ता लिए पश्चात प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेका थिए । आज सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली… पुरा पढौ

व्याडमिन्टनको अन्तराष्ट्रिय च्यालेन्ज भोलीबाट

काठमाडौं -नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोश्रो पटक आयोजना हुन लागेको योनेक्स सनराईराईज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०२४ भोलीबाट सुरु हुने भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री माननिय पुष्पकमल दाहालले एक कार्यक्रमबिच उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा बिश्वका ५ महादेशका नेपाल सहित २२ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपाल सहित भारत, अमेरिका, थाईल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया, ईन्डोनेशिया, ईरान, ईटाली, युनाईटेड अवर ईमिरेट,… पुरा पढौ

बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि

पोखराः पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज ९शनिबार० सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ६७–५५ अङ्कले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो र दोस्रो क्वाटरमा पछि परेको बेनी नगरपालिकाले उत्कृष्ट पूनरागमन गर्दै उपाधि जितेको हो । पहिलो क्वाटरमा १४–२१, दोस्रो क्वाटरमा २६–३७ तेस्रो क्वाटरमा ४५–४९ ले पछि परेको बेनीले चौथो क्वाटरमा ४९–४९ को बराबरी ग¥यो ।… पुरा पढौ

ह्याट्रिकका साथ प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधी

ललितपुर-ललितपुरमा जारी तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । आज शनिबार भएको पुरुष एकल तर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल महर्जन माथी २१–८, २१–९ को जित निकाल्दै उपाधी रक्षाका साथ ह्याट्रिक गर्न सफल भएका हुन् । एपिएफका देवराज राना र क्षितिज खनाल तेश्रो स्थानमा खुम्चिन बाध्य भए । महिला एकल तर्फ… पुरा पढौ

पोखरा आइटिएफ जे३० प्रतियोगिता सुरू

पोखरा- कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा विश्व नं १ बरियता जापानका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतीय खेलाडी शौनक चटर्जीलाई ६–४, ३–६ र ६–३ ले जित दर्ता गरे । त्यस्तै आजबाट सुरू… पुरा पढौ

सोमबारदेखि आईटिएफ वर्ल्ड टेनिस टुर जे ३०

पोखरा-पोखरा रंगशालाभित्र ६ वटा क्ले कोर्ट छन् । त्यही छ वटा क्ले कोर्टमा वर्षेनी आईटीएफ वल्र्ड टेनिस टुर हुदैं आएको छ । सोमबारदेखि पोखरामा जे—३० को पोखरा सर्किट १ र २ हुदैं । वर्षेनी आयोजना हुने यो प्रतियोगितामा सहभागि टेनिस खेलाडीको संख्या घट्दै गएको छ । कुनैबेला २५ देशका दुईसय भन्दा बढी खेलाडी पोखराको टेनिस कोर्टमा ¥याङकिङको लागि प्रतिस्पर्धा गरेका थिए । ६ वर्षयता सोमबारदेखि शुरु हुने प्रतिस्पर्धामा केवल ७ देशका १०५ जना महिला तथा पुरुष टेनिस खेलाडीको सहभागिता रहने… पुरा पढौ

प्रदीप र अभिषेक डेविस कपको लागि बहराईन प्रस्थान

पोखरा-यही नोभेम्बर २० देखि २३ तारिखसम्म बहराईनमा सञ्चालन हुने डेविस कप टेनिसको लागि पोखराका अभिषेषक बास्तोला प्रस्थान गरेका छन् । उनलाई एक समारोह बीच विदाई गरिएको हो । हराइनमा उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुजकुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा क्षेत्रिय विमानस्थलबाट बिदाई गरेका हुन् । आगामी नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेकसँगै प्रदिप खड्का, प्रणव खनाल,, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् । एसिया ओसियाना अन्तर्गतका १५ राष्ट्रले सो… पुरा पढौ

सुदेश र स्वरिनले जिते मिनी टुर्नामेन्ट

काठमाडौं-नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको नेपाल सटल टाईम मिनी टुर्नामेन्ट २०२४ मा यु–१५ पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिला तर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले जित हात पार्दै स्वर्ण पदक प्राप्त गरे । ब्याडमिन्टन खेल प्रति आकर्षण गर्दै बिश्वब्यापी रुपमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले बिश्व ब्याडमिन्टन महासंघले संचालन गरेको सटल टाईम मिनी टुर्नामेन्ट २०२४ एकदिने प्रतियोगितामा पुरुष तर्फ भोजपुरका सदीप राई दोश्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेश्रो हुँदै रजत तथा कास्य… पुरा पढौ

यूू–१५ खेलकुद, टेबल टेनिसमा बागमती च्याम्पियन

पोखरा-पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश च्याम्पियन बनेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमती च्याम्पियन मात्रै बनेन स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको… पुरा पढौ