नेट गेम्स

ब्याडमिन्टनमा नयाँ आयामको थालनी

काठमाडौ-नेपाली ब्याडमिन्टनको ईतिहासमा नयाँ आयामको थालनी भएको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीले ब्याडमिन्टन खेलको प्रर्वधन गर्ने लक्ष अनुरुप राष्ट्रिय खेलाडीहरुलाई कर्पोरेट हाउसहरुसंग जोड्दै नयाँ आयामको सुरुवात गरेको हो । एकेडेमीले पुष ६ देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गर्ने कुमारी बैंक काठमाण्डौ टिम च्यामिपयनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा नेपाली ब्याडमिन्टन खेलाडीहरुलाई कर्पोरेट हाउसहरु संग आवद्ध गर्दै ब्याडमिन्टन खेलको प्रवर्धनमा नयाँ आयामको थालनी गरेको हो । आज पत्रकारहरुको विचमा उच्च ८ बरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरुलाई सार्वजनिक गर्दै… पुरा पढौ

आयुष्मान् र सक्षमलाई स्वर्ण

काठमाडौं- नेपालका आयुष्मान् हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुष्मान् र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित ग¥यो । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा प्रशंसाको भेट सुनीरा थापासँग हुनेछ ।… पुरा पढौ

तीन सातापछि नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप

पोखरा-दुईवर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिदैं छन् । नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ । कास्की जिल्ला टेनिस संघको आयोजना र व्यवस्थापनमा नेपाल टेनिस संघको सहयोगमा नोभेम्बर २९ तारिखमा नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप हुदैं छ । पहिलो साता सर्किट १ को प्रतिस्पर्धा हुने छ । सर्किट १ सकिए लगत्तै सर्किट २को प्रतिस्पर्धा शुरु हुने छ ।पोखराको कोर्टमा प्रतिस्पर्धा गर्न नेपालसहित भारत,अमेरिका, जर्मन, स्पेन, चीन, थाईल्याण्ड, फिलिपिन्स, मलेसिया, हङकङ लगायत देशका… पुरा पढौ

आसभ र स्पन्दन फाईनलमा

काठमाडौं-आसभ सिंह हााडा र स्पन्दन उदास गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी नजिक पुगेका छन् । तदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – १० को भएको प्रतिस्पर्धाको ब्वाईज तर्फ आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । यस्तै अर्को खेलमा स्पन्दनले संम्खा हाङ्ग राईलाई ६–०, ६–१ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १४ छात्र तर्फ आयुश्मान घलेले बोरिस… पुरा पढौ

पोखराका आर्याशलाई यु-८ टेनिसमा स्वर्ण

काठमाडौं- आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी जितेका छन् । सातदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – ८ को शुक्रबार भएको फाइनलमा ब्वाईज तर्फ आर्याशले सुजन कुईकेललाई १०–५, १०–६ को जित निकाल्दै उपाधी चुमेका हुन् । यस्तै गल्र्स तर्फ अनुश्रीले सारा पन्तलाई १०–४, १०–६ को सेटमा पराजित गर्दै जित हात पारेकी हुन् । बिजयी खेलाडीहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै शुक्रबारनै सम्पन्न खेलमा शिभाली गुरुङ्गले गल्र्स यु–१० को… पुरा पढौ

मनीष र रोनिशा पहिलो

काठमाडौं- मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । सिंगल्सको पुरुषमा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् ।पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए । गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रानमा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य जिते । ४० वर्षमाथि जयराम… पुरा पढौ

गणेशमान सिंह राष्ट्रिय टेनिस ९ गते देखि

काठमाडौं-नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गते सम्म आयोजना गर्ने भएको छ । वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्ता सम्म पु¥याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्धेश्य अनुरुप टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघि एथलेटिक्स र बक्सिङ्ग आयोजना गर्दै आईरहेकोमा यस पटक टेनिसलाई पनि समावेश गरिएको पत्रकार… पुरा पढौ

पविन र सुरोजको जोडीलाई उपाधी

काठमाडौं- आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी पुरुष युगल तर्फ बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी जित्न सफल भएका छन् । उक्त जोडीले आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधी उचालेका हुन् । पविन र सुरोजको जोडीले डङ्गोल र महर्जनको जोडीमाथि २१–१४, २१–१६ को जित निकालेका हुन् । सो स्पर्धामा आयोजकका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी तथा ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडी… पुरा पढौ

पविन र सुरोजको जोडी क्वाटरफाईनलमा

काठमाडौं -आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन् । आयोजक टोलीले शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् । आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि जित निकाल्यो । उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का… पुरा पढौ

रत्न र सुनिलको जोडीको विजयी सुरुवात

काठमाडौं- ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ मा पुरुष युगल तर्फ बिजयी सुरुवात गर्न सफल भएका छन् । रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको आयोजनामा बिहिबाारदेखि सुरु भएको प्रतियोगितामा महालक्ष्मी टोल विकासका रञ्जित घतानी र सुक्र तामाङ्गको जोडी ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र… पुरा पढौ