नेट गेम्स

तामाङ र जेलकोस्की च्याम्पियन

पोखरा-नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को फष्र्ट सर्किट च्याम्पियन बनेकी छन् । उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा भारतीय खेलाडी नेहा नागपाललाई ७–५ र ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । पहिलो सेटमा केही कठिनाई भएपनि दोस्रो सेट भने सलोनीले सहजै आफनो पक्षमा पारेकी थिईन् । पुरुष तर्फको भने स्वीडेनका एमिलियो जेलकोस्कीले भारतीय खेलाडी दाकस प्रसादलाई पराजित गर्दैै च्याम्पियन बनेका हुन् । एमिलियोले दासकलाई ६–२, ५–७ र… पुरा पढौ

बाह्रबिसे कपको रत्न, नविन, प्रफुल र दीपेश सेमिफाईनलमा

काठमाडौं-सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ्ग, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाईनलमा प्रफुल महर्जनसंगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका नविन श्रेष्ठले सेनाकै… पुरा पढौ

सलोनी फाईनलमा

पोखरा-पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत महिला तर्फ शीष बरियताकी नेपाली खेलाडी सलोनी तामाङ फाईनल प्रवेश गरेकी छन् । शुक्रबार पोखरा रंगशाला टेनिस कोर्टमा झरीले ढिलो गरी शुरु भएको प्रतिस्पर्धामा सलोनीले भारतीय खेलाडी सोझो तर प्रतिस्पर्धात्मक जित निकाल्दै फाईनल प्रवेश गरेकी हुन् । सलोनीले भारतीय खेलाडी सुखमणि भण्डारीलाई ७-६-(४), ७-६(४) को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । सलोनीले भारतीय खेलाडी हेनाह नागपालसँग शनिबार प्रतिस्पर्धा गर्ने छिन् । नागपालले आफनै देशकी मेहेर मिश्रालाई ६-१,६-२ को सेटमा… पुरा पढौ

प्रकाशको मिश्रित प्रदर्शन

काठमाडौं-नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित÷हार आत्मसात् गरे । एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे । दोश्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए । अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानी विरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २… पुरा पढौ

गोल्डेनगेटलाई सफलता

काठमाडौं-गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित ग¥यो । नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा नेपाली सेना ‘ए’ ले नखिपोट ‘ए’ लाई २१–८, बूढानीलकण्ठ ‘ए’ ले युलेन्सलाई १९–१७, कीर्तिपुर ‘बी’ ले नखिपोट ‘सी’ लाई २१–६, टाइम्स ‘ए’ ले गोल्डेनगेट ‘बी’ लाई १९–१४, रोयल्सले कीर्तिपुर ‘सी’ लाई २१–६ तथा विशाल मिलन… पुरा पढौ

बास्केटबलमा २० टिम

काठमाडौं- ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक संघका महासचिव शरद विष्टले जनाएका छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरसकृत गरिने छ । नेपाल बास्केटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल शनिबार हुने छ । पुरा पढौ

डबल्स तर्फ नेपालीको उत्कृष्ट प्रदर्शन

पोखरा-नेपालकी महिला शीर्ष बरियताकी सलोनी तामाङले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै च्याम्पियन बन्ने लक्ष्यमा उभिएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत बिहीबार तामाङले भारतीय खेलाडी तनुश्री पाण्डेलाई सोझो सेटमा पन्छाईन् । पहिलो सेटमा ६–३ले आफनो पक्षमा पारेकी उनले दोस्रो सेट ६–१ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढिन् । यसैगरी डबल्स तर्फ नेपाली जोडीले सफलता प्राप्त गर्ने क्रममा महिला र पुरुष दुवै टोलीले भारतीय टोलीले पराजित गरेको थियो… पुरा पढौ

नेपाली खेलाडी एकलमा पराजित हुदाँ डबल्स तर्फ सुखद नजिता

पोखरा-नेपालका उमेर समूहका शीर्ष बरियताका आरभ सम्राट हाडा पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिपबाट बुधबार बाहिरिएका छन् । उनी भारतीय खेलाडी हितेश चौहानसँग सोझो सेटमा पराजित हुन पुगे । बुधबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतिस्पर्धामा हाडा चौहानसँग ६–२, ६–३ को सेटमा पराजित भए । बुधबार नेपालकै शीर्ष बरियताकी सलोनी तामाङले भने भारतीय खेलाडीलाई पराजित गर्दै अगाडि बढेकी छन् । सलोनीले भारतीय खेलाडी सोहनी सन्जय मोहन्तीलाई टाईब्रेक सेटमा पराजित गरिन् । पहिलो सेट गुमाउँदै दबावमा परेकी सलोनीले… पुरा पढौ

हाडा र सलोनीको जित

पोखरा-पोखरामा आयोजित आईटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ मा दुई नेपाली खेलाडीले मंगलबार जित आत्मसात गरेका छन् । उमेर समूहमा शीर्ष बरियताका आरभ सम्राट हाडाले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै जित दर्ता गरे । कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र आईटिएफको स्वीकृतिमा पोखरा रंगशाला टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा हाडाले भारतीय खेलाडी निखिल मित्तललाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । पहिलो सेटमा ३–३ को अवस्थामा हाडाले सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट आफनो… पुरा पढौ

तीन नेपाली महिला खेलाडीको सुखद शुरुवात

पोखरा-घरेलु कोर्टमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदै तीन नेपाली महिला खेलाडीले सुखद शुरुवात गरेका छन् । पोखरामा सोमबारदेखि शुरु भएको जुनियर ५ आईटिएफ विश्व टेनिस टुर अन्तर्गत नेपालकी शीर्ष बरियताकी अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ र अध्या पौडेलले जित आत्मसात गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र विश्व टेनिस महासंघको स्वीकृतिमा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको प्रतिस्पर्धामा अभिलाषा विष्टले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात… पुरा पढौ