नेट गेम्स

महिला एकल उपाधि सलोनीलाई, पुरुष फाईनल भोलि

पोखरा-पोखरामा दुईसाताअघि आयोजित अन्तराष्ट्रिय आईटिएफ जुनियर च्याम्पियन बनेकी सलोनी तामाङले माछापुच्छ्रे ओपन टेनिसमा दोहोरो उपाधि जितेकी छन् । आईटिएफमा सर्किट १ र सर्किट २ को च्याम्पियन बनेकी सलोनीले पोखरामा बिहीबार माछापुच्छ्रे ओपन टेनिसमा महिला एकल र डबल्सको उपाधि जित्न सफल भईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सिंगलमा उनले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पन्छाउँदै उपाधि जितिन् । डबल्सतर्फ सलोनी र माहिका राणा जोडीले सुभाङ्गी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा… पुरा पढौ

सरकारले भलिबल विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने

काठमाडाैं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान-पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा मन्त्री परिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो… पुरा पढौ

पूर्व उपप्रधान तथा गृहमन्त्री थापाको दोहोरो जित

पोखरा-पूर्व भेट्रान टेनिस च्याम्पियन कमल थापाले पोखरा रंगशाला टेनिस कोर्टमा दोहोरो जित निकाल्दै उमेर समूहमा सशक्त प्रदर्शनलाई निरन्तरता दिएका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेको थापाले ५५ वर्ष माथिको एकल तथा र डबल्स दुवै इभेण्टमा जित दर्ता गर्दै उपाधिको लागि खरो उत्रिएका हुन् । एकल स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथि ६–४, ६–० को सोझो सेटको नजिता निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङ्गको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा… पुरा पढौ

माछापुच्छ्रे ओपन टेनिस शुरु, डा. मदन दोस्रो चरणमा

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकासबहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका छन् । त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान… पुरा पढौ

महिला टोलीको लगातार तेस्रो जित

काठमाडौं । आयोजक बंगलादेशमाथि सहज जित हात पारेको नेपाली महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । सहज जित निकालेको नेपाल फाइनल नजिक पुगेको छ । आयोजक सामु निकै खुलेर खेलको नेपालले पहिलो सेटमा २५–५ को सहज जित निकालेको थियो । त्यसपछि उच्च मनोबलका… पुरा पढौ

काठमाण्डु टिम च्याम्पियनको उपाधी टेलिकमलाई

काठमाडौ- राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रणको उपाधी नेपाल टेलिकमले जितेको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए । दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजबंशीमाथि हावी भईन् । राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह… पुरा पढौ

पोखरामा १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिस

पोखरा-आईतबारदेखि पोखरा रंगशाला टेनिस कोर्टमा १८ औं सस्करणको माछापुच्छ्रे खुल्ला टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा गतवर्ष कोभिडले रोकिएको प्रतियोगितालाई यो वर्ष निरन्तरता दिदैं पुस ११ गतेदेखि पोखरा रंगशालाका ६ वटा कोर्टमा शुरु हुने छ । संघले खुल्ला महिला तथा पुरुष सहित भेट्रान्स इभेण्टलाई पनि निरन्तरता दिएको छ । महिला तथा पुरुष दुवै इभेण्टमा खुल्ला प्रतिस्पर्धा गराईने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष एवं संयोजक नविन चालिसेले जानकारी दिए । खुल्ला महिला तथा पुरुष एकल र… पुरा पढौ

सिल्क ग्रुप र टेलीकम फाईनलमा

काठमाडौं- सिल्क ग्रुप र नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रित उपाधी नजिक पुगेको छ । दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २ –० को अग्रता लिए । बिकासले बिद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले बिद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए… पुरा पढौ

महानगर खुल्ला टेबल टेनिसमा मुना र अनुशलाई स्वर्ण

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित महानगर खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि महिला तर्फ मुना थापा र पुरुष तर्फ अनुश कुँवर च्याम्पियन बनेका छन् । पोखरा रंगशाला टेबल टेनिस कोर्टमा बुधबार भएको फाईनल प्रतिस्पर्धामा महिला तर्फ मुना थापाले सुजाता पौडेललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितिन् । उनले ११–७, १२–१० र ११–८ को सेटमा पराजित गर्दै स्वर्ण जित्दा सुजाता रजत पदकमा सीमित भईन् । अनुषा गौतम र कल्पना थापाले कास्य पदक जिते । कास्की जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा… पुरा पढौ

महानगर खुल्ला टेबल टेनिस शुरु

पोखरा-महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा महानगर खुल्ला महिला तथा पुरुष टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । महानगरका विभिन्न विद्यालयका टेबलटेनिसका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगर खेलकुद विकास समितिले टेबल टेनिस प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, उपाध्यक्ष ध्वजकुमार गुरुङ, महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, टेवल टेनिस संघका अध्यक्ष… पुरा पढौ