कर्पोरेट

१३ राष्ट्रका ५० विदेशीको सहभागिता

पोखरा-पछिल्लो संस्करणमा पोखरा म्याराथनमा विदेशी घावकहरुको सहभागिता बढ्दै गएको छ । आगामी शनिबार हुने १८ औं संस्करणको पोखरा म्याराथनमा १३ देशका धावकहरुले सहभागिता जनाएका छन् । यो पोखरा म्याराथनको इतिहासमै सर्वाधिक देशका धावकको सहभागिता रहेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार आयोजित पत्रकार सम्मेलनमा १३ देशका ५० धावकको सहभागिता रहेको छ । यद्यपी म्याराथनमा १ सय ८ धावकले प्रतिस्पर्धा गर्ने छन् । महिला हाफ म्याराथनमा १७, १० किलोमिटरमा पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को… पुरा पढौ

म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

पोखरा- पोखरामा रहेका यातायातहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन विहान तीन घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल भुतपुर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बीच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रा.लिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए… पुरा पढौ

जोरपाटी र संगमलाई भेट्रान फुटबलको उपाधि

पोखरा- बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो… पुरा पढौ

फेब्रुअरी २१ देखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित जनवरी महिनाको मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा ३ अण्डर ६६ को स्कोर सहित उपाधि जितेका हुन् । १८ जना सहभागिता जनाएको प्रतियोगितामा इन्जिनियर सन्तोष गुरुङ उपविजेता बने । त्यस्तै ग्रस तर्फको पुरस्कार इन्स्पेक्टर जीवाराम गुरुङले पाए । क्लबमा आगामी शनिबार क्लब च्याम्पियनसिप शुरु हुने छ । त्यसैगरी सुर्य नेपालद्वारा प्रायोजित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता भने यही फेब्रुअरीको २१ तारिख देखि… पुरा पढौ

६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा-पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ… पुरा पढौ

फागुन १ देखि सातौ विरेन स्मृति १७ औं ‘बिटी कप’

पोखरा-पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं… पुरा पढौ

आर्मी आहा रारा पोखरा गोल्डकप च्याम्पियन

पोखरा-थ्रीस्टार क्लबलाई ३-० गोलले पराजित गर्दै त्रिभुवन आर्मीक्लबले पोखराको मैदानमा पहिलो उपाधि जित्दै उपविजेताको ट्यागलाई अन्त्य गरेको छ । सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि उचाल्दै आर्मीले पाँच वर्ष अघि थ्रीस्टारसँग फाईनलमा व्यहोरेको हारको बदला समेत लिएको छ । आर्मी यस अघि चार पटक उपविजेता बनेर रित्तै फर्किएको थियो । आर्मीले उपाधि उचाल्न झण्डै डेढदशककाो समय लगायो । अन्य दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलले आहा राराको उपाधिमा नाम लेखाईसकेका थिए… पुरा पढौ

म्याराथनमा सहभागि धावकको संख्या तोकियो

पोखरा-यही माघ २८ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने जनाउँदै नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी फागुन ५गते हुने १८ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा १६० जना धावकलाई मात्रै दौडाउने निर्णय गरेको छ । पुरुष तफको प्रतिस्पर्धामा १६० जना मात्रै दौडाउने गरी कोटा निर्धारण गरिएको मञ्चले उल्लेख गरेको छ । मञ्चले म्याराथनसँगै महिला हाफ म्याराथनसहित अन्य विभिन्न विधामा समेत धावकको संख्या तय गरेको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा… पुरा पढौ

उपविजेताको ट्याग हटाउने आर्मीको लक्ष्य,इतिहास दोहोर्याउने थ्रीस्टारको योजना

पोखरा-थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ । फरक यत्ति छ कि उपाधि उचालेर पोखराको मैदानमा दुईदशक देखिको खडेरी तोड्ने लक्ष्यमा आर्मी छ । उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ । दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ ।… पुरा पढौ

पुनहिल कप भलिबलः महिलातर्फ कावासेती र माछापुच्छे्र फाइनलमा

पोखरा-पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् । महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो ।… पुरा पढौ