कर्पोरेट

म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।१८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई मंगलबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चिप्सको सौजन्य गरेका हुन । साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर… पुरा पढौ

आत्मघाती गोलमा अभागी सहारा

पोखरा-दोस्रो हाफमा आत्मघाती गोलले थ्रीस्टारलाई क्वार्टरफाईनल प्रवेश गराउँदा आयोजक सहारा क्लब भने उदघाटन खेलबाट विट मार्यो । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा सहाराले पहिलो हाफमा कमब्याक गर्दै बराबरी गरेर रोमाञ्चक बनायो । तर दोस्रो हाफमा थ्रीस्टारलाई आत्मघाती गोलको उपहार दिँदा २-१ गोलले पराजित हुदै सहारा क्लबको यात्रा उदघाटनबाट अघि बढ्न सकेन् । खेलको ६ औं मिनेटमा गोल गर्दै थ्रीस्टारले सहारालाई दबावमा राख्यो । पहिलो फ्रिकिकलाई सदुपयोग गर्ने क्रममा दिपेश आलेमगरको क्रसपासलाई थ्रीस्टारका कप्तान योगेश गुरुङले सिक्सयार्ड बक्सबाट गोल… पुरा पढौ

रंगशालाको जीममा ट्रेनिङ गर्दै राष्ट्रिय महिला क्रिकेट टोली

पोखरा-जीम खेलकुदको अनिवार्य सर्त हो । त्यसैले त सबै खाले खेलसँग सम्बन्धित खेलाडीले जीम गर्नुपर्छ । खास गरी जीम पावर टे«निङको लागि गर्ने गर्छन । पोखरा रंगशालाभित्र रहेको बुल्समेन प्ले ग्राउण्ड जीम सेन्टर छ । त्यही जीम सेन्टरको सदुपयोग महिला राष्ट्रिय क्रिकेट टोली गर्यो । पोखराको बन्द प्रशिक्षणमा रहेको महिला राष्ट्रिय क्रिकेट टोलीले सोमबार झण्डै दुई घण्टा विभिन्न फिजिकल प्रशिक्षण गरेका थिए । जीम सञ्चालक नुना गुरुङले निशुल्क प्रशिक्षण उपलब्ध गराएका थिए । रंगशालाभित्रै जीमको व्यवस्था भएकोले पनि क्रिकेट टोलीले… पुरा पढौ

सहारा र थ्रीस्टार भिडदै

पोखरा-वर्षदिनको पखाईपछि पोखरा रंगशालामा फुटबलको रौनक शुरु हुदैं छ । सहारा क्लबद्वारा आयोजित २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवात हुदैं छ । सहारा क्लब आफैं उदघाटन खेल खेल्दै गोल्डकपको यात्रा थाल्ने छ । सहारा क्लबले उदघाटन खेलमै थ्रीस्टार क्लबसँग खेल्दै छ । दुवै टोलीले जितको खोजीमा रहने छन् । यद्यपी थ्रीस्टारले उदघाटन खेल जित्दै सहारालाई घरेलु मैदानमा निराश बनाउने लक्ष्यमा हुदाँ आयोजक सहारा क्लबले पनि उत्कृष्ट नजितासँगै क्वार्टरफाईनल खेल्ने अभिलाषा बोकेको छ । क्लबले आफनै एकेडेमीसहित राजधानीका खेलाडीलाई… पुरा पढौ

उदघाटनमै थ्रीस्टारको सामना गर्दै सहारा

पोखरा-सहारा क्लबले उदघाटन खेलमै थ्रीस्टार क्लबसँग खेल्दै २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवात गर्ने छ । दुवै टोलीले जितको खोजीमा रहने छन् । यद्यपी थ्रीस्टारले उदघाटन खेल जित्दै सहारालाई घरेलु मैदानमा निराश बनाउने लक्ष्यमा हुदाँ आयोजक सहारा क्लबले पनि उत्कृष्ट नजितासँगै क्वार्टरफाईनल खेल्ने अभिलाषा बोकेको छ । क्लबले आफनै एकेडेमीसहित राजधानीका खेलाडीलाई टोलीमा समावेश गरेको छ । कप्तान सुशिल लामाले गर्ने छन् । गोलकिपरको भूमिकामा सुदुर पश्चिमका टेकेन्द्र थापा देखिने छन् । अमृत तामाङ, पासाङ(काठमाडौं), आशिष गुरुङ(बुटवल)सहित मुकुन्द… पुरा पढौ

दर्शकको उपस्थितिले हौसला थपेको भलिबल प्रतियोगिता

पोखरा-खेलकुद आफैमा उर्जाशिल हो । खेल्ने र हेर्ने दुवैलाई उर्जा थप्ने खेलकुद नै हो । दुईमत छैन् । अर्को खेलकुदको लागि उर्जा भर्ने काम दर्शकले गर्छन् । आयोजकलाई उर्जा पनि दर्शकको उपस्थितिले गर्छ । चौथो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताको फाईनलमा दर्शकको उपस्थितिले आयोजकलाई हौसला थप्यो नै पोखरालाई स्पोर्टस टुरिज्म सिटी बनाउने अभियानलाई सार्थक समेत बनायो । पोखराको भलिबल कोर्टमा इतिहासमै पहिलो पटक यतिधेरै दर्शकको उपस्थिति भएको थिएन् । दर्शकले कोर्टलाई चारैतिरबाट घेरेका थिए । उभ्यिएर भएपनि भलिबल हेर्न दर्शक… पुरा पढौ

पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन, सशस्त्रद्वारा उपाधिमा ह्याट्रिक

पोखरा-गण्डकी प्रदेश भलिबल संघ तेस्रो पटक टाईगर कप भलिबल प्रतियोगिताको उपाधि जित्नबाट चुकेको छ । घरेलु कोर्टमा दर्शकको समर्थन पाएको गण्डकीले पहिलो पटक फाईनलमा प्रवेश गरेको हेल्प नेपाल स्पोर्टस क्लबको चुनौतिलाई पन्छाउन सकेन् । चुनौति पन्छाउन नसक्दा गण्डकीले तेस्रो पटक उपाधिबाट विमुख रह्यो । हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी थिए । गण्डकीमा तीन भारतीय खेलाडी थिए । गण्डकीले पहिलो पटक भारतीय खेलाडीलाई टोलीमा समावेश गरेको थियो । हेल्प नेपालको पाकिस्तानी खेलाडी भने नियमित प्रतियोगितामा टोलीमा समावेश हुदैं आएका छन् ।… पुरा पढौ

उपाधिमा एपीएफको ह्याट्रिक

पोखरा-चीरपरिचित क्लब चन्द्रगिरी न्यु डायमण्डसँगको भेटमा सशस्त्र प्रहरी बलले पोखराको भलिबल कोर्टमा सोझो सेटको जित निकाल्दै टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ । टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला भलिबल प्रतियोगितामा न्यु डायमण्डको चुनौतिलाई सशस्त्रले सोझो तीन सेटको नजिता निकाल्दै उपाधिमा ह्याट्रिक गर्ने पहिलो टोली बन्यो । शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा दर्शकको उपस्थिति निकै बाक्लो थियो । यसले खेलकुद अनि भलिबलप्रतिको क्रेजलाई दर्शाएको छ । दर्शकको उपस्थितिले आयोजकलाई हौसला र उर्जा थपिदिएको… पुरा पढौ

गण्डकी र हेल्प नेपाल चौथो टाईगर कप भलिबलको फाईनलमा

पोखरा-विभागीय क्लब सशस्त्र प्रहरी बलको चुनौतिलाई पन्छाउँदै गण्डकी प्रदेश भलिब संघ तेस्रो पटक टाईगर कप भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले शुक्रबार सशस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै घरेलु कोर्टमा उपाधि निकट पुगेको हो । तेस्रो पटक उपाधिको लागि गण्डकी पदेशले हेल्प नेपाल स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप हेल्प नेपालले पाहुना टोली श्रीलंका… पुरा पढौ

महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

पोखरा-पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले जित्दै तेश्रो… पुरा पढौ