कर्पोरेट

अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व

पोखरा-पोखरामा आयोजित अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व रहेको छ । शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली टोली प्रथम भएको छ । ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम भएको हो । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ । ४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ । श्रीकास राई, तिलक सुनुवार… पुरा पढौ

इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल

पोखरा-पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित नोभेम्बर मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा लेभल पार खेल्दै उपाधि जितेका हुन् । स्टेबल फोर्ड फूल ह्याण्डीक्यापमा शनिबार खेलाइएको प्रतिस्पर्धामा ईन्जिनियर गुरुङले ३६ अंकसहित मन्थ्ली मेडल जितेका हुन् । १८ होलको कोर्षमा क्याप्टेन हरि राई दोस्रो बने । उनले ३५ स्कोर गरेका थिए । तेस्रो स्थानमा भने बलराम थापा आए । उनले कोर्षमा ३४ स्कोर गरेका थिए । प्रतिस्पर्धामा २२ जना गल्फरले सहभागिता जनाएका थिए… पुरा पढौ

पार्कीलाई उपाधि, सन्तोषीको ह्याट्रिक

नेपालगन्ज-सशस्त्र प्रहरीबलका धावक गोपीचन्द्र पार्कीले दोस्रो पटक नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दा सन्तोषी श्रेष्ठले भने उपाधिमा ह्याट्रिक गरेकी छन् । शनिबार नेपालगन्जमा आयोजित म्याराथनमा पार्कीले गतवर्षका विजेता नेपाली सेनाका धावक खड्कबहादुर खड्कालाई पछि पार्दै नगद दुईलाख राशीको पुरस्कार थापे । पार्कीको यो दोस्रो उपाधि समेत हो । उनले यसअघि छैटौं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख पुरस्कार पाएका छन् । तेस्रो स्थान एपिएफकै किरणसिंह बोगटीले हासिल गर्दै नगद ५० हजार हात पारे… पुरा पढौ

कर्णालीको जितमा रावतको अविजित इनिङ

पोखरा-दिपेन्द्र रावतको उत्कृष्ट इनिङमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा आयोजक एकेडेमी रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाईनल प्रवेश गरिसकेको छ ।छैटौं नम्बरमा आएका रोशन गौतमले २० बलमा ३० रन हिर्काउँदै आयोजक रातोलाई सम्मानजनक स्कोर तर्फ अग्रसरता दिलाए । उनले १ चौका र ३… पुरा पढौ

सशस्त्रमाथि गण्डकीको रोमाञ्चक जित

पोखरा-अन्तिम दुई बल बाँकी हुदाँ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरको ३ बलमा जितको लागि ४ रनको खाँचो थियो । अन्तिम ओभरमा लगातार दुई विकेट गुमाएपछि धर्मराएको गण्डकी प्रदेशको स्ट्राईकमा अमृत गुरुङ थिए । गुरुङले फेस गरेको पहिलो बलमा अर्जुन ऐरीलाई सिधा छक्का प्रहार गर्दै शसस्त्र प्रहरी बलमाथि केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सनसनीपूर्ण जित निकाले । सशस्त्र प्रहरीले दिएको १०२ रनको लक्ष्यलाई गण्डकी प्रदेशले पुरा गर्न निकै सकस व्यहोर्यो । अन्तिम ओभरमा… पुरा पढौ

दोस्रो जितसँगै बागमती सेमिफाईनल प्रवेश

पोखरा-रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको बागमती प्रदेशले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल लक्ष्य दिएको थियो । ओपनर सुभ कन्साकार ४ रनमै पभेलियन फर्किएपछि बागमतीको इनिङलाई गौतम र पाण्डेले सम्हाल्दै उच्च स्कोरको योगफल तयार पारे । ५९ बल खेल्ने क्रममा गौतमले १० चौका र… पुरा पढौ

बागमती प्रदेशको विजयी शुरुवात

पोखरा-सन्दीप लामिछानेको बलिङ र रित गौतमको व्याटिङ प्रेरित बागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ । पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरुभएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गर्ने क्रममा बिहीबार मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई १०९ रनले पराजित गर्यो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शुरुभएको टी–२० क्रिकेट प्रतियोगितामा रित गौतमको अर्धशतकीय पारीको महत्वपूर्ण इनिङ्समा आयोजक रातोलाई सस्तैमा समेट्दै १०९ रनको जित सुनिश्चित गर्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेको… पुरा पढौ

पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस शुरु

पोखरा-एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा(महाप्रभु धाम)मा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरकाखेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उलने… पुरा पढौ

विपिनको कप्तानीमा गण्डकी प्रदेशको टोली घोषणा

पोखरा-पोखरामा चारवर्षपछि पुरुष राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवसर जुरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बिहीबारदेखि केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । पोखरामा आयोजना गरिएको पे्रmन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगपछिको राष्ट्रिय प्रतियोगिता हो । आवश्यक तयारी पुरा भईसकेको छ । केपी ओली टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा रोविन तिमिल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समीर कँडेल, करण… पुरा पढौ

नेपालगन्ज म्याराथनको पुरस्कार राशीमा बृद्धि

नेपालगन्ज-नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार वृद्धि गरिएको छ । नवौं धारा नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउनेछन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५÷५ हजारबाट पुरस्कृत हुनेछन् । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिनेछ । हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई… पुरा पढौ