कर्पोरेट

चैत पहिलो साता एनसेल बाह्रखरी गल्फ

पोखरा-आगामी चैतको पहिलो साता पोखरामा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता हुदैं छ । बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको यो दोस्रो पटक हो । यस अघि पनि पोखरामै कर्पोरेट गल्फ आयोजना गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको छ ।चैत १ गतदेखि ३ गतेसम्म विभिन्न कार्यक्रमसँगै कर्पोरेट गल्फ आयोजना गर्ने बाह्रखरी मिििडयाले जनाएको छ । एनसेलले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजक बीवाईडी रहेको छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ ।… पुरा पढौ

हिमालयन गल्फ कोर्षमा भुवन नगरकोटीको कीर्तिमान

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा बिहीबार व्यवसायिक गल्फर भुवन नगरकोटीले कीर्तिमान बनाएका छन् । उनले सुर्य नेपाल वेष्र्टन ओपन गल्फको बिहीबार ७ अण्डर ६२ को कार्ड बनाउँदै कोर्षमा नयाँ कीर्तिमान बनाएका हुन् । यस अघि सन २०१७ पार ७० को कोर्ष हुदाँ शिवराम श्रेष्ठले ६ अण्डर ६४ खेल्दै कोर्ष रेकर्ड बनाएका थिए । नगरकोटीले त्यतिमात्रै नभई शिवराम श्रेष्ठले कुल ९ अण्डर २०१ को कीर्तिमानलाई समेत तोडेका छन् । नगरकोटीले दोस्रो दिन ३६ होल समाप्ती हुदाँ १० अण्डर १२८ को कार्ड बनाउँदै… पुरा पढौ

शनिबार ६० प्लस बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा

पोखरा-साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरामा पहिलो पटक ६० प्लस उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा मुस्ताङचोकमा रहेको पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लव (सिरमोर हल) मा यही फागुनको १२ गते अर्थात शनिबार उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा देश भरबाट २४ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष रुद्र बहादुर घलेले बताए । प्रतियोगिताको विजेता जोडीले ३० हजार साथमा ट्रफी, मेडल… पुरा पढौ

भुवनको नगरकोटीलाई पछ्याउँदै एमेच्योर सदभाव

पोखरा-भुवन नगरकोटीले सुर्य नेपाल वेष्र्टन ओपनको पहिलो दिन बुधबार शीर्षता कायम गरेका छन् । उनले एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु भएको सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटीले ३ अण्डर ६६ को कार्ड बनाउँदै अग्रता लिएका हुन् । उनले फ्रष्ट नाईनमा एक अण्डर ३३ र व्याक नाईनमा दुई अण्डर ३३ को कार्ड बनाए । उनले दोस्रो होलमा हानेको बर्डी नै पहिलो बर्डी थियो । अन्य होलमा भने उनले लेभल पार खेल्दै… पुरा पढौ

बुधबारदेखि सुर्य नेपाल वेष्टर्न ओपन

पोखरा-सुर्य नेपालको सिजनको चौथो प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदंै छ । गत महिना मात्रै सुर्य नेपालको इष्टर्न ओपन च्याम्पियनसिप सकिएको थियो । सिजनको चौथो प्रतियोगिता वेष्टर्न ओपनमा ३५ जना व्यवसायिक गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । उपाधिको लागि सेन्ट्रल ओपन विजेता सदभाव आचार्य सहितका गल्फरले प्रतिस्पर्धा गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो नेपाल व्यवसायिक गल्फर संघका महासचिव दिपक आचार्यका अनुसार प्रतियोगितामा ३५ जना व्यवसायिक र १५ जना एमेच्योर… पुरा पढौ

मधेश प्रदेश मनमोहन स्मृति यु १६ क्रिकेट च्याम्पियन

पोखरा-पोखरामा आयोजित मनमोहन स्मृति यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको सुुदुरपश्चिम केवल ८६ रनमा अलआउट हुन पुग्यो । २०.२ ओभर मात्रै खेलेको सुदुरपश्चिमले २८ रनमा पहिलो विकेट गुमायो । पहिलो विकेट झरेपछि लग गुमाएको सुदुरका लागि अन्य व्याटरको उल्लेख्य योगदान भने देखिएन । मध्य क्रमका व्याटर सस्तैमा आउट भएपछि मधेशले जितको लागि सामान्य लक्ष्य पाएको थियो । ओपनर सचिन साउदले १४, विशाल विष्टले… पुरा पढौ

पार्की लण्डन म्याराथनमा दौडिने

काठमाडौं- नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लण्डन म्याराथनमा दौडने पक्का भएको छ । नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको छ । गोपीले आफ्नो लागि नेपालगन्ज म्याराथन सधै लक्की रहँदै आएको बताएका छन् । पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो । यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ उनले भने,‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ । लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु ।’ लण्डन म्याराथन… पुरा पढौ

ते¥हौं पुष्पलाल स्मृती ब्याडमिनटन अर्को साता

काठमाडौं- ते¥हौ संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किग ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेश्रो साता हुने भएको छ ।खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म संचालन हुनेछ । नेकपा एमाले निकट भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा काठमाण्डौको महांकाल ब्याडमिन्टन क्लब, चन्द्रगिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ बिधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शिर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल,… पुरा पढौ

इन्जिनियर सन्तोष हिमालयन गल्फ क्बल च्याम्पियन

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित वर्षको क्लब गल्फ च्याम्पियनको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा ग्रस तर्फ ७ ओभर ७६ खेल्दै उपाधि जिते । उनको ह्याण्डी क्याप ९ हो । प्रतियोगिता स्ट्रोक प्लेको आधारमा खेलाईएको थियो । नेट तर्फको उपाधि क्याप्टेन हरि राईले जिते । उनले ४ अण्डर ६५ को स्कोर बनाउँदै उपाधि जिते । उपविजेता भने इन्सपेक्टर जीवाराम गुरुङ भए । उनले ७१ को कार्ड बनाए । तेस्रो स्थानमा क्याप्टेन बद्री राई भए ।… पुरा पढौ

विदेशी धावकको सहभागितासँगै म्याराथनको पुरस्कार विदेशियो

पोखरा-पोखरा म्याराथनमा विदेशी धावकहरुको सहभागितासँगै उपाधि पनि विदेशिन थालेको छ । पछिल्लो तीन संस्करणमा विदेशी धावकले उपाधि उचाल्दै पोखरा म्याराथनको पुरस्कार विदेशीको हातमा परेको हो । जापानीज धावकले एक पटक उपाधि लैजादाँ दुई पटक केन्याली धावकले लगेका छन् । शनिबार आयोजित १८ औ सस्करणको पोखरा म्याराथनको उपाधि पनि केन्याली धावकको नाममा रह्यो । उपाधि मात्रै नभई शीर्ष तीनको उपाधि नै केन्याली धावकको नाममा लेखियो । चौथो स्थानमा मात्रै नेपाली धावकले प्राप्त गे । केन्याली धावक जुलियस मुरियाली वाहोमले निर्धारित ४२.१९५… पुरा पढौ