कर्पोरेट

हिक्मत र लक्ष्मीलाई दोस्रो मेयर कप साईकल रेस उपाधि

पोखरा-दोस्रो मेयर कप साईकल रेसको पुरुष तर्फको उपाधि हिक्मत विकले जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा लक्ष्मी मगरले जित्न सफल भईन् । विक नवौं राष्ट्रिय खेकलुद प्रतियोगिताका रोड रेस विजेता समेत हुन् । पोखरा–२१ कमेरेबाट शुरु भएको साईकल रेस रामदी, मट्टिखान, धुवाँरकोट, ठकुरीगाँउ, कृष्ति, बाघखोर, भालुडाडाँ हुदैं कमेरेमा दुरी तय गरिएको छ । दुरी २५ किलोमिटरको छ । तय गरिएको रुटलाई दुई फन्को लगाउँदै ५० किलोमिटरको दुरी गरेका थिए । महिला र पुरुष प्रतिस्पर्धीले ५० किलोमिटरको दुरी पुरा गरेका थिए… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको पुरस्कार राशी बृद्धि

पोखरा-मुख्य प्रायोजकले तेस्रो पटक सम्झौता नविकरण गरेसँगै सहारा क्लबले यही पुस १४ गतेदेखि पोखरा रंगशालामा खेलाउने आहा रारा गोल्डकपको २२ औं सस्करणको पुरस्कार राशीमा बृद्धि गरेको छ । मुख्य प्रायोजक रहँदै आएको हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले दशवर्षे सम्झौता गरेसँगै क्लबले गोल्डकपको नाम समेत परिवर्तन गरेको छ । आहा रारा गोल्डकपबाट आहा रारा पोखरा गोल्डकप बनाउँदै क्लबले पुरस्कार राशी बढाएको हो । सहारा क्लबले २२ औं संस्करणको विजेतालाई १२ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दश… पुरा पढौ

मुम्बईमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

काठमाडौं-भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको मुम्बइबाट प्रतियोगिता रेफ्रि एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराएका छन् । मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएको टोली नेता समेत रहेका मानन्धरले जानकारी गराए ।नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम… पुरा पढौ

छोम्रोङ ‘सेन्चुरी ल्होसार मेला’मा बास्केटबल, भलिबल प्रतियोतिगा

पोखरा-अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले २१ औं सेन्चुरी ल्होसार मेलामा मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिने छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । उनका अनुसार मेलामा मनोरन्जनसँगै खेलकुद प्रतियोगिताले युवा पुस्तालाई आकर्षण गर्ने छ । उनले पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र… पुरा पढौ

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन(एम्स) सदस्यता

पोखरा-पोखरा म्याराथनले आन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ । नेपालकै जेठो म्याराथन प्रतियोगिता भएपनि यसभन्दा अघि पोखरा म्याराथनले अन्तराष्ट्रिय म्याराथनको मान्यता भने पाईसकेको थिएन् । विश्वका दौड ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेको छ । सदस्य प्राप्तसँगै पोखरा म्याराथन एम्सको सदस्य बनेको हो । यसअघि नेपालगन्ज म्याराथनले एम्सको सदस्यता प्राप्त गरेको थियो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन… पुरा पढौ

मेयरकप साईकल दौडको लागि खेलाडीको दर्ता शुरु

पोखरा-आगामी दुईसातापछि पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको लागि खेलाडी दर्ता शुरु भईसकेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रुट पोखरा २१ स्थित युवावर्ष आधार विद्यालय फुस्रेखोलाको पुल नजिकबाट शुरु हुने छ । पुलबाट सिधै मट्टीखान रिसोर्ट पुग्नुपर्ने छ । पुलदेखि रिसोर्टसम्म २५ किलोमिटरको दुरी छ । ईलाटई तर्फको प्रतिस्पर्धीले दुई ल्याप गर्नुपर्ने छ । भने ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीलाई एक ल्याप मात्रै गर्नुपर्ने साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । विजेतालाई… पुरा पढौ

पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि

पोखरा-अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै… पुरा पढौ

रोशन र पल्लबी च्याम्पियन

पोखरा- लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण जितेका छन् । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुप ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्य जिते । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपसमिति गठन

पोखरा-आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ । आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भए भने मूल आयोजक समिति सदस्यसचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी छन् ।यस्तै, अर्थ संकलन समिति संयोजकमा सुनिल गुरुङ, प्रचारप्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश शेरचन, शन्तिसुरक्षामा खेमबहादुर गुरुङ, खेलमैदान व्यवस्थापनमा तोरणबहादुर बानियाँ, आवास व्यवस्थापनमा मुछेत्र गुरुङ, अतिथि सत्कारमा… पुरा पढौ

आगामी पुस १३ गते पोखरामा स्पानिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता

पोखरा-पोखरामा आगामी पुस १३ गते स्पेनिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुदैं छ । स्पानिस फुटबल क्लब(सिपी कासेरेनो) र गण्डकी प्रदेशको टिम बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । स्पानिस फुटबल क्लबलाई पोखरामा ल्याउने पहल कास्की जिल्ला फुटबल संघले गरेको हो । नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता प्रस्ताव भने स्पेनस्थित लुम्बिनी गार्डेन फाउण्डेशनले गरेको हो । शान्तिका लागि फुटबल भन्ने नारासहित आगामी पुस १३ गते पोखरा र आगामी पुस १५ गते काठमाडौंमा नेपाली राष्ट्रिय टोली विरुद्ध मैत्रीपूर्ण खेल हुने तय भएको… पुरा पढौ