कर्पोरेट

आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

नेपालगन्ज-आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीवार नगद पुरस्कार घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गरे । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई… पुरा पढौ

पोखरा म्याराथन विजेताले ५ लाख पाउने

पोखरा-आगामी फागुनमा हुने पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ५ लाख रुपैयाँ पाउने छन् । गतवर्षको भन्दा यो संस्करणमा पुरस्कार राशी १ लाख रुपैयाँ बढाइएको हो । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी थियो । नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा आगामी फाुगन ६ गते शनिबार आयोजना हुने ४२.१९५ किमि म्याराथनका उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । तेस्रो स्थानमा आउने धावकले २ लाख रुपैयाँ, चौथो हुनेले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार… पुरा पढौ

पुस दोस्रो साता मेयरकप साईकल दौड

पोखरा-‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूलमन्त्र हो । मन्त्र लाई आत्मसात गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो । पोखराले पनि छैटौं पटक ‘टुर दि पोखरा’ अभियान सञ्चालन गर्दै छ । अभियान ७२ किलोमिटरको हुने छ । बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्मको यात्रा तय गरिने छ । धार्मिक पर्यटन… पुरा पढौ

पूर्व राष्ट्रिय खेलाडी गौचनको फुटबल एकेडेमी सञ्चालनमा

रिठेपानी, पोखरा-लामो समय जापान बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरा २७ रिठेपानीमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् । व्यक्तिगत १५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर गौचनले बि.जी फुटबल एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीको शनिबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो । एकेडेमीको उदघाटन गर्दै अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले फुटबल एकेडेमीलाई एन्फाले आवश्यक प्रशिक्षक तथा खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले एकेडेमीले आवश्यक पर्ने प्रशिक्षक र खेल सामाग्री माग गरे उपलब्ध गराउने स्पष्ट… पुरा पढौ

नवौं राष्ट्रियमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई महानगरद्वारा सम्मान

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ । महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो ।aशुक्रबार पोखरा महानगरपालिकाले १२५ जना खेलाडीलाई सम्मान गर्यो । ३५ जना प्रशिक्षक र २५ जना व्यवस्थापकलाई समेत सम्मान गरेको हो । महानगरले नवौं राष्ट्रिय प्रतियोगिता चलिरहेकै अवस्थामा ४१ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको थियो । राष्ट्रिय खेलुकद प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्णपदक जित्ने खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्नेलाई १०… पुरा पढौ

आहा राराको २१ औं सस्करण पुस १२ गतेदेखि

पोखरा-आहा रारा गोल्डकपको २१ औं सँस्करण आगामी पुसको दोस्रो साताादेखि पोखरा रंगशालामा शुरु हुने छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मोफसलका नकाउट फुटबल प्रतियोगितालाई मिति तय गर्ने सन्दर्भमा नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई पुसको १२ गतेदेखि आयोजना गर्ने गरी घोषणा गरेको हो । कास्की जिल्ला फुटबल संघले क्लबको पत्रलाई आधार मान्दै गोल्डकपको लागि पुस १२ गतेदेखि आयोजना गर्ने गरी मागेको मितिलाई नै एन्फा समक्ष पत्रचार गरेको थियो । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने अभियानका… पुरा पढौ

बगरभाइ खलक र हिमालयन ब्रअरी बीच पाँच वर्षे सम्झौता

पोखरा-पोखरामा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको शुरुवात गरेको बगर भाइखलकले झण्डै एकदशकपछि मुख्य प्रायोजक पाएको छ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम’ अभियानसँगै भेट्रान्स फुटबल प्रतियोगिताको जग बसालेको बगर भाइखलकलाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ । ब्रुअरी र बगर भाइखलक बीच पाँच वर्षे सम्झौता भएको हो । मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । बगर भाइखलकले उमेर ढल्कदै गएपछि स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने सन्देशसँगै युवापुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्दै आएको छ । चौधरी ग्रुपको मुख्य उत्पादन हिमालयन… पुरा पढौ

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपको उपाधि बद्रीलाल नेपालीलाई

काठमाडौं-पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना… पुरा पढौ

‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं– मेयर बिष्ट

नेपालगन्ज–नेपालन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफु प्रतिबद्ध रहेको बताएका छन् । नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभुति भएको बताउँदै प्रमुख बिष्टले नेपालगन्ज म्याराथन सहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार रहेको बताए । ‘आर्थिक, नैतिक र प्राविधिक हरेक पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार छ ।’ प्रमुख बिष्टले भने–‘म्याराथनलाई सामान्य दौडका रुपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो रहेछ, सम्भावना रहेछ, हामी हरेक पाटोमा… पुरा पढौ

नेपालले जित्यो ५९ लाख पुरस्कार

पोखरा-नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख ९३।६ मिलियन० र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख ९२।३ मिलियन० जितेका हुन् । ४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।… पुरा पढौ