कर्पोरेट

अवार्ड वितरण पारदर्शितामा जोड

पोखरा-पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शिता बनाउन सुझाव दिएका छन् । जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहो¥याएका छन् । उनीहरुले विगतमा अवार्ड वितरण भएपनि गुनासो रहित बनाउने तर्फ खेलकुद पत्रकार मञ्च गण्डकीले तदारुकता नदेखाएको गुनासो गरेका थिए । यद्यपी कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । छलफलमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने… पुरा पढौ

रुदेन्द्र र सुदिक्षाले जिते बेन्च प्रेस र स्क्वाट प्रतियोगिता

काठमाडौं-नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिता पुरुषतर्फ रुदेन्द्र नारायण श्रेष्ठ र महिलातर्फ सुदिक्षा शाहले जितेका छन् । नयाँ वर्ष २०८० को अवसरमा हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगिता यसपटक रुदेन्द्र र सुदिक्षाले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार जित्न सफल भएका हुन् । क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने रुदेन्द्रले बेन्च प्रेस… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने राखेपको प्रतिवद्धता

पोखरा-सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा राखेप सदस्य सचिव टंकलाल घिसिङले सहयोगको प्रतिवद्धता जनाएका हुन् । सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला,… पुरा पढौ

पोखरा स्पोर्टस अवार्ड,उत्कृष्ट संघ पुरस्कार प्रायोजन टाईगर ग्रुप

पोखरा-पोखरा स्पोर्टस अवार्डको सातौं सस्करणलाई पोखराको टाईगर ग्रुपले उत्कृष्ट संघ पुरस्कार प्रायोजन गरेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाख २३ गते सातौं सँस्करणको पोखरा स्पोर्टसको उत्कृष्ट संघ विधालाई टाईगर ग्रुपले प्रायोजन गरेको हो । बुधबार ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार राशी ३५ हजार रुपैयाँ रहेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सासंद प्रकाश बराल, प्रदेश… पुरा पढौ

पोर्चुगलको नेशनल क्रिकेट टिममा पोखराका घिमिरे

पोखरा-पोर्चुगलले आगामी शनिबार साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दै छ । टी–२० सँगै यी तीनदेश बीच टी–१० प्रतिस्पर्धा हुने छ । मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन । चारवर्ष अघि मात्रै पोर्चुगल पुगेका घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन् ।पोर्चुगलस्थित गोर्खा–११ बाट क्रिकेट खेल्दै आएका घिमिरेले सन २०२० मा पहिलो युरोपियन क्रिकेट सिरिज खेले । जहाँ उनी म्यान अफ दि म्याच बने । सन २०१९ मा उनी पोर्चुगल गएका हुन्… पुरा पढौ

हिमालयन गल्फ कोर्ष टिमलाई उपाधि

पोखरा-पोखराको हिमालयन गल्फ कोर्ष टिमले एक्स एस्टाफोर्ड स्वीङ टिम बेलायतलाई ८९ अंकले पराजित गरेको छ ।पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा आईतबार भएको प्रतिस्पर्धा टिम हिमालयनले बेलायती पाहुनाटोलीलाई पराजित गर्दै च्याम्पियन बन्यो । टिम हिमालयनले कुल ३३६ स्कोर बनाउँदा एक्स स्टाफोर्ड स्वीङ टिम बेलायतले २४७ स्कोर बनाएको थियो । स्टेफल फोर्ड फूल ह्याण्डीक्यापको म्याच प्लेमा दुवै तर्फबाट ११ जना गल्फरको सहभागिता रहेको थियो । पोखराको हिमालयन गल्फ कोर्षको नेतृत्व गल्फर ले. कर्णेल यामबहादुर राना र पाहुना बेलायती टोलीको… पुरा पढौ

पन्चासे ट्रेल रेसको उपाधि अर्जुन र प्रियालाई

पोखरा-कोभिडले रोकिएको तीन वर्षपछि शनिबार पोखरामा आयोजित छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ को उपाधि पुरुष तर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राईले जितेका छन् । महिला तर्फको उपाधि भने खोटाङकी प्रिया राईले जित्न सफल भईन् । ‘पोखरा ट्रेल रेस सिरिज’ रनिङ क्लबको आयोजनामा भएको ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन भएको थियो । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना गरिएको थियो । ५५ किलोमिटरको दौड कुलुङ राईले ६… पुरा पढौ

सहारा एकेडेमीको चौथो व्याच बैशाखदेखि

पोखरा-सहाराले क्लबले फुटबल एकेडेमी शुरु गरेको पनि दुई दशक पार गरेको छ । दुई दशक अवधिमा क्लबले तेस्रो व्याचका खेलाडीलाई एकेडेमीबाट विदाई गर्दै छ । आगामी बैशाखदेखि एकेडेमीमा भएक प्रशिक्षर्थीलाई विदाई गर्दै चौथो व्याच राख्ने योजना बनाएको छ । क्लबले अब चौथो व्याचको एकेडेमीमा ३० जना अनाथ(प्रशिक्षार्थी बालक)लाई राख्ने निर्णय गरेको छ । यसअघि एकेडेमीमा पहिलो व्याचमा २०, दोस्रो व्याचमा २० र तेस्रो व्याचमा २८ जना प्रशिक्षार्थी थिए । तेस्रो व्याचमा ११ जनाले दशजोड दुई अध्ययन पुरा गर्दै एकेडेमीबाट विदाई… पुरा पढौ

एमलाइफ नेपालगन्जले जित्यो केपीएल क्रिकेट उपाधि

नेपालगन्ज-एमलाइफ क्रिकेट क्लबले खैरी प्रिमियम लिग २०२३ (केपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ४२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो । टस जितेर ब्याटिङ रोजेको एमलाइफले निर्धारित २० ओभरको खेलमा १७२ रन जोड्न सफल भयो । त्यसक्रममा रनियापुरले ६ विकेट लिएको थियो । १७३ रनको विजयी लक्ष्य लिएको रनियापुर १३० रनमै सिमित भएको थियो । एमलाईफका लागि सर्वाधिक ४७ रनको योगदान गरेका रविन्दर म्यान अफ द सिरिज… पुरा पढौ

शनिबार ५५ कि.मीको ट्रेल रेस

पोखरा-कोभिडले रोकिएको तीन वर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ शनिबार शुरु हुदैं छ । ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुने छ । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना हुने छ । ‘पन्चासे ट्रेल रेस’मा ६० जना धावकले प्रतिस्पर्धा गर्ने छन् । ७ किलोमिटरको फन रेसमा ३१ ज्नाको सहभागिता रहने आयोजक पोखरा ट्रेल रेस सिरिजका संस्थापक विकास गुरुङले जानकारी दिए । ‘५५ किलोमिटरमा… पुरा पढौ