कर्पोरेट

फुटबलर देवकोटालाई बगर भाइखलको लाख सहयोग

पोखरा-फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो । फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए । ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि… पुरा पढौ

महानगरद्वारा नवौंमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले कास्य पदक जितेका छन् । उनले कास्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ । व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन रुवरुप नगद १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बिहीबार विहान खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गर्दै थोरै रकम भएपनि महानगरपालिकाले खेलाडीलाई उत्साहित र प्रोत्साहित गर्ने प्रयास गरेको बताए । घोषणा अनुसार व्यक्तिगत विधामा रजत पदक… पुरा पढौ

बाणिज्य बैंक र राखेपविच सम्झौता

पोखरा- नेपालको अग्रणी बैंक राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच प्रायोजन सम्वन्धि सम्भौता भएको छ । नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजार राख्दै बाणिज्य बैहले प्रायोजन सम्झौता गरेको हो । सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे । बाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न पाउनेछ । जसमा खेल स्थल ओरीपरि होर्डिङ्गबोर्ड, स्टल, ब्यानर लगायत बिज्ञापनका सामाग्रीहरु प्रयोग गर्न पाउने छ भने… पुरा पढौ

नेपालगन्ज म्याराथन र सारमंग देहरादुन म्याराथन बीच म्याराथन सम्झौता

नेपालगन्ज-धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि सारमंग देहरादुन म्याराथन रेश डाइरेक्टर अनिल मोहनले खुशी व्यक्त गरेका छन्… पुरा पढौ

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाको अपराजित यात्रा कायमै

काठमाडौं-नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आईतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे । च्याम्पियनशीप अन्र्तगत सोमबार मध्यान्ह हुने छैटौं चरणको खेलमा थापाले दोश्रो… पुरा पढौ

महानगर १० किलोमिटर दौडमा विभागीय हावी

पोखरा-निर्धारित समयभन्दा झण्डै एकघण्टा ढिलो गरी शुरु गरिएको १० किलोमिटर खुल्ला दौडको उपाधि नेपाली सेना(बैतडी)का मोहनदेव जोशी प्रथम भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित दौडमा जोशीले ३५ मिनेट ३१.४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । उनले नगद २५ हजार राशीको पुरस्कार थापे । त्यसैगरी गोरखाका निराजन भट्टराई दोस्रो हुने क्रममा ३६ मिनेट ०४.२ सेकेण्डमा पुरा गरेका थिए । गोरखाकै नवराज गुरुङ तृतीय भए । उनले ३६ मिनेट ५०.४ सेकेण्डमा दौड पुरा गर । चौथो स्थानमा गोरखाकै… पुरा पढौ

मेजर डा. शुक्ललाई गल्फ उपाधि

पोखरा,-नवौं राष्ट्रिय खेलकुदमा चार पुरुष र तीन महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई साथ दिएका छन् । प्रतिस्पर्धा पोखरा–१४ हिमालयन गल्फ कोर्षमा भएको थियो । युवा खेलाडीको मनोबल उच्च बनाउने ध्येय सहित पोखराका पाका गल्फरहरु बीच मन्थली मेडल प्रतिस्पर्धा गरिएको थियो । प्रतिस्पर्धामा पाका सहभागिता जनाउँदा नवौंको लागि छनोट भएका खेलाडीहरु भने उनीहरुको स्ट्रोक हेर्न व्यस्त थिए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धाको उपाधि मेजर डा. अम्रिश शुक्लले जिते । २४ ह्याण्डीक्यापका उनले ३६… पुरा पढौ

नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय मान्यता

नेपालगन्ज-नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । ‘गएको बिहीवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भएको हो ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने–‘चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’ एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर… पुरा पढौ

खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि बास्केटबल संघ कास्कीलाई

पोखरा-राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिकाको २ नं. वडा कमिटीद्वारा आयोजित बास्केटबल प्रतियोगितामा पुरुष तर्फ कास्की बास्केटबल एसोसिएसन बिजयी भएको छ । पोखरा १३ भद्रकाली खेलमैदानमा सम्पन्न पुरुषतर्फको फाइनल खेलमा ताङतिङ ए लाई ५८ – ५४ स्कोरले पन्छाउँर्दै बास्केटबल संघ कास्कीले उपाधि हात पारेको हो । उपाधि संगै कास्की जिल्ला बास्केटबल संघले नगद ८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरि उपविजेता ताङतिङ ए ले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो । प्रतियोगितामा कास्की… पुरा पढौ

तीन श्रीलंकन खेलाडीसहित पोखरा एभेन्जर्सको स्क्वाड

पोखरा-केहीदिन अघि मात्रै मार्की खेलाडी सार्वजनिक गरेको पोखरा एभेन्जर्सले आफनो नेपाल टी-२० को लागि स्क्वाड तयार गरेको छ । मार्की खेलाडीमा मोहम्मद आसिफ शेख रहेका छन् । ए ग्रेडमा शरद भेषवाकरलाई टिममा समावेश गरिसकेको छ । बी ग्रेडमाा कुशल मल्ल, प्रतिश जिसि र आरिफ शेख रहेका छन् । सी ग्रेडमा तुलबहादुर थापा, विशालविक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीमा मोहम्मद हाफेज(पाकिस्तान), सलमन इरसाद(पाकिस्तान), निरोसान डिकवेल्ला(श्रीलंका), सेकुज प्रसन्ना(श्रीलंका), र सेहान मधुसन्का(श्रीलंका) रहेका छन्… पुरा पढौ