कर्पोरेट

आहा राराको २१ औं सस्करण पुस १२ गतेदेखि

पोखरा-आहा रारा गोल्डकपको २१ औं सँस्करण आगामी पुसको दोस्रो साताादेखि पोखरा रंगशालामा शुरु हुने छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मोफसलका नकाउट फुटबल प्रतियोगितालाई मिति तय गर्ने सन्दर्भमा नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई पुसको १२ गतेदेखि आयोजना गर्ने गरी घोषणा गरेको हो । कास्की जिल्ला फुटबल संघले क्लबको पत्रलाई आधार मान्दै गोल्डकपको लागि पुस १२ गतेदेखि आयोजना गर्ने गरी मागेको मितिलाई नै एन्फा समक्ष पत्रचार गरेको थियो । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने अभियानका… पुरा पढौ

बगरभाइ खलक र हिमालयन ब्रअरी बीच पाँच वर्षे सम्झौता

पोखरा-पोखरामा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको शुरुवात गरेको बगर भाइखलकले झण्डै एकदशकपछि मुख्य प्रायोजक पाएको छ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम’ अभियानसँगै भेट्रान्स फुटबल प्रतियोगिताको जग बसालेको बगर भाइखलकलाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ । ब्रुअरी र बगर भाइखलक बीच पाँच वर्षे सम्झौता भएको हो । मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । बगर भाइखलकले उमेर ढल्कदै गएपछि स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने सन्देशसँगै युवापुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्दै आएको छ । चौधरी ग्रुपको मुख्य उत्पादन हिमालयन… पुरा पढौ

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपको उपाधि बद्रीलाल नेपालीलाई

काठमाडौं-पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना… पुरा पढौ

‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं– मेयर बिष्ट

नेपालगन्ज–नेपालन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफु प्रतिबद्ध रहेको बताएका छन् । नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभुति भएको बताउँदै प्रमुख बिष्टले नेपालगन्ज म्याराथन सहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार रहेको बताए । ‘आर्थिक, नैतिक र प्राविधिक हरेक पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार छ ।’ प्रमुख बिष्टले भने–‘म्याराथनलाई सामान्य दौडका रुपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो रहेछ, सम्भावना रहेछ, हामी हरेक पाटोमा… पुरा पढौ

नेपालले जित्यो ५९ लाख पुरस्कार

पोखरा-नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख ९३।६ मिलियन० र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख ९२।३ मिलियन० जितेका हुन् । ४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।… पुरा पढौ

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपमा नविन तण्डुकारको एकल अग्रता

काठमाडौं-पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नवीन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर ९भेट्रान० चेस च्याम्पियनशीपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका खेलाडीहरुको सहभागीता रहेको च्याम्पियनशीपको दोश्रो दिन आईतबार तेश्रो, चौथो तथा पाचौं चरणका खेल खेल सम्पन्न भए । शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेश्रो चरणमा भक्तपुरका बलराम नापीत तथा चौथो चरणमा… पुरा पढौ

ए.बि.सी एटए साईडको उपाधि फ्रिडम ढोलाहिटीलाई

पोखरा,-प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको फ्रिडम ढोलाहिटीले जितेको छ । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको शनिबार पोखराको अमरसिंह माविको खेलमैदानमा सम्पन्न फाईनलमा फ्रिडमले नाईटकिंग्स सानो गौचरनलाई २–० गोल अन्तरले पराजित गर्दै १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहितको उपाधि जितेको हो । अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल निकै प्रतिस्पर्धात्मक बन्ने अपेक्षा दर्शकले गरेका थिए । पहिलो हाफमै पाएको पेनाल्टीले फ्रिडमलाई अग्रताको लियो । ६ मिनेटमा सानो गौचरनका प्रदीप लामाले फ्रिडमका… पुरा पढौ

सेमिफाईनल समीकरण पुरा

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल समीकरण पुरा भएको छ । शुक्रबार पोखराको अमरसिंह माविको खेल मैदानमा भएको पहिलो क्वार्टरफाईनलमा एक्स पोखरालाई १–० गोलले पराजित गर्दै हेटौडा भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लामाको गोल निर्णयक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।दोस्रो क्र्वाटर फाईनल खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले चितवन भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाईनल सुरक्षित गर्यो । खेलमा… पुरा पढौ

आयोजकका दुबै टोली पराजित

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट आयोजकका दुवै टोलीले सुखद नजिता आत्मसात गर्न सकेनन् । दुवै टोली बाहिरिदाँ अन्तिम आठमा प्रवेश गर्ने सपना अधुरै रह्यो । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एटए साईड फुटबलमा आयोजकका दुबै टोली पराजित हुन पुगे । बलियो टोली मानिएको ए.बि.सी निलो पेनाल्टी सुटआउटमा पराजित हुदैं बाहिरिन पुग्यो । उदघाटन खेलमा आयोजक ए.बि.सी निलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको… पुरा पढौ

सहारा एकेडेमीलाई केसी परिवारद्वारा सहयोग हस्तान्त्रण

पोखरा-स्व. सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो । गत वर्ष पनि केसी परिवारले एकेडेमीलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरणसँगै सहारा एकेडेमीको नाम ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राखिएको थियो । बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाईसहयोग गरेको हो । केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ… पुरा पढौ