कर्पोरेट

सहारा र हिमश्री फुड्स बीच पुनः दशवर्षे सम्झौता

पोखरा-सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालि बीच दशवर्षे सम्झौता भएको छ । क्लब र फुड्स बीचको सम्झौता यो तेस्रो पटक हो । हिमश्री फुड्ससँग पहिलो दशवर्षे सम्झौता भएपछि पोखरामा क्लबले आहा गोल्डकप शुरु गरेको थियो । आहा गोल्डकपको दशवर्षे सम्झौता सकिएपछि फुड्स प्रालिले दोस्रो पटक दशवर्षे सम्झौता गर्यो । दोस्रो सम्झौतापछि क्लबले आहा! रारा गोल्डकपको नामबाट फुटबल प्रतियोगिता सञ्चालन गर्यो । दुई दशकको सम्झौता टुंगिएपछि सहारा क्लब र हिमश्री फुड्स बीच तेस्रो पटक दशवर्षे सम्झौता भएको छ । सम्झौतापत्रमा… पुरा पढौ

गल्फ मन्थ्ली मेडल, गौचनलाई उपाधि

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । ६९ पारको हिमालयन कोर्षमा भएको प्रतिस्पर्धा फूल ह्याण्डीक्यापमा प्रतिस्पर्धा गराईएको थियो । प्रतिस्पर्धामा गौचनले बलराम थापालाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले ५ ओभर ७४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्दा थापा भने काउण्ट व्याकमा पराजित हुन पुगे । समान ७४को कार्ड बनाएपनि थापा काउण्ट व्याकमा पछि परेका हुन् । ग्रस तर्फको पुरस्कार भने लेफ्टिनेन्ट कर्णेल याम रानाले जिते ।… पुरा पढौ

यु १६ फुलकन्ट्याक्ट लेखनाथ जुनियर च्याम्पियनसिप

पोखरा-लेखनाथ क्योकिशन(कान कराते डोजोको आयोजनामा मंसिर १७ गते दोस्रो लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप लेखनाथ पावरहाउसमा हुने भएको भएको छ । लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका सोह्र वर्ष मुनिका ६०जना भन्दा बढि खेलाडीहरुले विभिन्न १० तौल समुहमा प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा पुरुष तर्फ २५ के.जी, ३० के.जी,३५ के.जी, ४० के.जी, ४५ के.जी र ५० के।जी तौल समुह रहेका छन भने महिला तर्फ ३० के.जी मुनि ४० के.जी मुनि र ५० के।जी तौल समुहमा… पुरा पढौ

छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा-पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो। पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरि १६ वटा विद्यालयले भाग लिएका थिए। ती मध्ये आठ वटा सरकारी र आठवटा निजी विद्यालय प्रतिश्पर्धामा भाग लिएका थिए। शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त माविलाई २५–२३, २५–१४ र… पुरा पढौ

सेनाका पविन दोश्रो चरणमा

काठमाडौं- नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्य विजयी खेलाडीहरुमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका… पुरा पढौ

आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

नेपालगन्ज-आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीवार नगद पुरस्कार घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गरे । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई… पुरा पढौ

पोखरा म्याराथन विजेताले ५ लाख पाउने

पोखरा-आगामी फागुनमा हुने पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ५ लाख रुपैयाँ पाउने छन् । गतवर्षको भन्दा यो संस्करणमा पुरस्कार राशी १ लाख रुपैयाँ बढाइएको हो । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी थियो । नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा आगामी फाुगन ६ गते शनिबार आयोजना हुने ४२.१९५ किमि म्याराथनका उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । तेस्रो स्थानमा आउने धावकले २ लाख रुपैयाँ, चौथो हुनेले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार… पुरा पढौ

पुस दोस्रो साता मेयरकप साईकल दौड

पोखरा-‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूलमन्त्र हो । मन्त्र लाई आत्मसात गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो । पोखराले पनि छैटौं पटक ‘टुर दि पोखरा’ अभियान सञ्चालन गर्दै छ । अभियान ७२ किलोमिटरको हुने छ । बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्मको यात्रा तय गरिने छ । धार्मिक पर्यटन… पुरा पढौ

पूर्व राष्ट्रिय खेलाडी गौचनको फुटबल एकेडेमी सञ्चालनमा

रिठेपानी, पोखरा-लामो समय जापान बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरा २७ रिठेपानीमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् । व्यक्तिगत १५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर गौचनले बि.जी फुटबल एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीको शनिबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो । एकेडेमीको उदघाटन गर्दै अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले फुटबल एकेडेमीलाई एन्फाले आवश्यक प्रशिक्षक तथा खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले एकेडेमीले आवश्यक पर्ने प्रशिक्षक र खेल सामाग्री माग गरे उपलब्ध गराउने स्पष्ट… पुरा पढौ

नवौं राष्ट्रियमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई महानगरद्वारा सम्मान

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ । महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो ।aशुक्रबार पोखरा महानगरपालिकाले १२५ जना खेलाडीलाई सम्मान गर्यो । ३५ जना प्रशिक्षक र २५ जना व्यवस्थापकलाई समेत सम्मान गरेको हो । महानगरले नवौं राष्ट्रिय प्रतियोगिता चलिरहेकै अवस्थामा ४१ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको थियो । राष्ट्रिय खेलुकद प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्णपदक जित्ने खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्नेलाई १०… पुरा पढौ