कर्पोरेट

नेपालगन्ज म्याराथनको तयारी शुरु, खेलाडी दर्ता आह्वान

नेपालगन्ज- धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु गरिएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । खेलाडी अनलाईन मार्फत दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । गत… पुरा पढौ

सहारालाई २० औं संस्करणको गोल्डकपमा साढे तीनलाख घाटा

पोखरा-सहारा क्लबले आयोजना गर्दै आएको गोल्डकपकै इतिहासमा पहिलो पटक आहा रारा गोल्डकपबाट १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । २०७६ साल चैत ११ गतेदेखि शुरु भएको कोरोनाको महामारीसँगैको लकडाउनको प्रत्यक्ष असर पोखराको खेलकुद क्षेत्रमा परेको प्रष्टिएको छ । कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । क्लबले ठूलो नोक्सानी व्यहोरेपछि क्लबका विदेशी शाखाहरुबाट आर्थिक सहयोग जुटाइएको छ ।… पुरा पढौ

चेस ओलम्पियाड टिमको अभिमुखिकरण

काठमाडौं-मित्रराष्ट्र भारतको चेन्नई शहरमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा शुरु भएको कार्यक्रममा ओलम्पियाड टोलिका खेलाडी तथा अफिसियल हरुको सहभागीता रहेको छ । मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ । कार्यक्रमको पहिलो दिन मनोविद डा। नरेन्द« ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा… पुरा पढौ

पोखरामा एयर स्पोर्टसको विकल्प ‘वाटर स्पोर्टस’

पोखरा-पोखराबाट एयर स्पोर्ट्स भविष्य औन्यलमा छ । कारण, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन । जनवरी १ सम्म एयर स्पोर्टसलाई पोखराबाट हटाउन निर्देशन भईसकेको छ । अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखराको साहसिक ‘प्रडक्ट’ पोखराबाट गुमनाम बन्ने जोखिम छ । एयर स्पोर्ट्स (प्याराग्लाईडिङ, अल्ट्रालाईट) लाई व्यवसायीले विस्थापन होईन व्यवस्थापन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’को रुपमा छ । एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्ने सम्भावना छ । अब वाटर स्पोर्टसलाई साहसिक ‘प्रडक्ट’ रुपमा विकास गर्नुपर्ने त्यससँग सरोकार… पुरा पढौ

लोमान्थाङमा गल्फको प्रवद्र्धनात्मक खेल

पोखरा-उकाली ओराली छैन । हिड्दा श्वासप्रश्वास बढ्ला भन्ने चिन्ता छैन । मैदान फराकिलो र समथर छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङको त्यही फराकिलो समथर मैदानमा पोखरेली गल्फरले प्रवद्र्धनात्मक गल्फ खेले । ४ हजार ६ सय ४५ मिटरको उचाईको अल्टिच्युडमा गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टसहित पोखराका चार गल्फरले शनिबार गल्फ खेल्दै कोर्षको स्केच गरेका छन् । ‘आज ९ होल खेल्यौं ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भुबहादुर गुरुङ(भुवन)ले भने–‘अल्टिच्युडमा गल्फको मजा बेग्लै रह्यो । अब… पुरा पढौ

हाईअल्टिच्युड लोमान्थाङमा गल्फको पहिलो ड्राइभ

पोखरा-समुद्रीसतहबाट ४६४५ मिटरको उचाईको लोमान्थाङको लोवाथाङमा ईन्द्रधारा विष्टले पहिलो ड्राईभ हिर्काए । उनको ड्राइभसँगै लोमान्थाङमा गल्फको शुरुवात हुन पुग्यो । विष्टले पार ४ (३५० यार्ड) हिर्काउँदै गल्फको शुरुवात गरे । योसँगै लोमान्थाङमा सर्वाधिक उचाईको गल्फ कोर्ष बनाउने सपनाले साकार रुप लिएको छ । पहिलो दिन शुक्रबार पोखराबाट पुगेका चार गल्फरसँगै विष्टले ६ होलको प्रतिस्पर्धा गरे । प्रतिस्पर्धाले नयाँ आयाम थप्यो । पोखराका प्रो.गल्फर भुबहादुर गुरुङ(भुवन)ले फाईभ उडको प्रयोग गरे । त्यस्तै एमेच्योर गल्फर राजु थकालीले ड्राइभ हिर्काए । एमेच्योर बलराम… पुरा पढौ

श्रृष्टि, शाहिल र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

पोखरा-‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ । अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदियमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ… पुरा पढौ

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली… पुरा पढौ

छैटौं पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले यही असार १८ गते आयोजना गर्ने छैटौं पोखरा स्पोर्टस अवार्डको लागि मनोनयन सार्वजनिक गरेको छ । मञ्च गण्डकीले सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षणक गरी चार विधाको मनोनयन सार्वजनिक गरेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको मनोनयनमा महिला तर्फ सर्वोत्कृष्ठ खेलाडीको सूचीमा अरुण शाही(भलिबल), मनिष उपाध्याय(क्रिकेट) र सरगम कुमाल(क्योकुशिन कराँते) परेका छन् । त्यसैगरी पुरुष सर्वोत्कृष्ठ वर्ष खेलाडीमा प्रदीप खड्का(टेनिस), विधान अधिकारी(व्याडमिन्टन) र बुद्ध लामा(कराँते) रहेका छन् । त्यस्तै उदीयमान… पुरा पढौ

इण्डोर टि(१० क्रिकेट शुरु

काठमाडौं-काठमाण्डौमा आजबाट टि-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा काठमाण्डौका ११ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन शुक्रवार ब्रदर्स ११ ले दोहोरो जित दर्ता गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ब्रदर्स ११ ले ट्वान्टी फर्स्ट रेस्ट्रोलाई ४२ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग रोजेको ब्रदर्स ११ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०२ रन जोडेको थियो। उसका दुर्गेश थापाले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। जवाफमा १०३ रनको लक्ष्य… पुरा पढौ