राखेप

सदस्य–सचिव र विभागीय प्रमुखको बैठक

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो । बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा… पुरा पढौ

खेलकुद नियमावली अघि नै जिल्ला गठन अबैधानिक–मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि बजेट छुट्टाएको छ । छुट्टाएको बजेट सम्बन्धित जिल्लालाई भने पठाइएको छैन् । प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बजेट नपठाउनुको एउटै कारण छ–‘गठित जिल्ला खेलकुद विकास समिति अवैध ।’ तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको गण्डकी प्रदेशका ११ जिल्लाको जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्त अवैध ठहर्याउँदै युवा तथा खेलकुद मन्त्रालयले बजेट पठाउन नसकेको उल्लेख गरेको छ । छुट्टाइएको बजेट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । केवल ५० लाख रुपैयाँ मात्रै छ । ५०… पुरा पढौ

‘पोखरा रंगशाला संरक्षणसँगै भोगाधिकार प्रदेशलाई दिनुपर्छ’

पोखरा-कास्की जिल्लामा खेलकुदका धेरै पूर्वाधार थपिएको छन् । पोखरा रंगशालाभित्रै राष्ट्रिय खेलकुद परिषदले अर्बौ लगानी गरेको छ । संघहरुले पनि पूर्वाधार निर्माण गरेका छन् । कतिपय पूर्वाधार संघ र परिषद बीच साझेदारीमा बनेका छन् । पोखरा रंगशालाभित्र फुटबल मैदानसहित प्यारापिट निर्माणको क्रममै छ । १ अर्ब २८ करोडको लागत छ । चार वर्ष अघि देशकै ठूलो बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । झण्डै १६ करोड लागतमा बनाईएको हो । त्यो बाहेक पोखरा–१९ लामाचौरमा राष्ट्रिय खेलकुद परिषद मार्फत फुटबल मैदान… पुरा पढौ

संघहरु सामानको लागि आतुर

पोखरा-दुईवर्ष अघि देखि नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा शुरु भएको थियो । कोरोनासँगै थलिएको खेलकुद पछिल्लो समय खेलाडीलाई कोरोना विरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ । खोपको पहँुचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा शुरु भएको हो । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पूर्वाधार र आवश्यक खेल सामाग्रीको लागि बजेट छुट्टाईसकेको छ । पूर्वाधारको लागि दुई करोड रुपैयाँ छ । संघहरुलाई आवश्यक सामाग्री उपलब्ध गराउन मन्त्रालयले ५० लाख रुपैयाँ राखेको गण्डकी… पुरा पढौ

पुरानो नहट्दै नयाँ नियुक्ति गर्न लबिङ

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीमा नयाँ कार्यसमितिको लागि चर्चा शुरु भएको छ । संघीय सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएकाहरुलाई हटाउने चर्चा शुरु भएको हो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले दशैं लगत्तै अघिल्लो सरकारले निर्णय गरेर राजनीतिक नियुक्त भएका खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाउने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् । मन्त्री गुरुङले दशैं अघि नै खेलकुदमा नियुक्त भएका सदस्य एवं पदाधिकारी हटाउने कार्यविधी तयार भईसकेको… पुरा पढौ

खेलुकद समिति हटाईने—मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गत जेठमा नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाइने बताएका छन् । उनले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये १० जिल्लाको कार्यसमितिलाई हटाउने कार्यविधि नै तयार भएको उल्लेख गरे । ‘हटाउने कार्यविधि तयार भईसकेको छ ।’उनले भने—‘लमजुङ बाहेक प्रदेशका अन्य जिल्लाको खेलकुद समिति हट्छ ।’ राजनीति नियुक्त भएका खेलकुद विकास समितिलाई दशैं अघि सम्भव नभएको जनाउँदै मन्त्री गुरुङले तिहार अघि नै हटाउने स्पष्ट पारे । पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका… पुरा पढौ

क्रिकेट टोलीले मनायो संविधान दिवस, पदकधारी खेलाडी पदकबाट विभूषित

काठमाडौं-सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभिन्न पदकबाट विभुषित गरेको छ । नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गरेका खेलाडीहरुलाई समेत पदकबाट विभुषित गरिएको छ । संविधान जारी भएको सातौं वर्षका अवसरमा नेपाल सरकारले आइतबार विभिन्न क्षेत्रका ९ सय ३ जना व्यक्ति र संस्थालाई सम्मान गर्दा नेपाली खेलकर्मी पनि विभिन्न पदकबाट विभुषित भएका हुन् । संविधान दिवसका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल सहित १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा… पुरा पढौ

राखेपका पूर्व सदस्यसचिवको निधन

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई दुई पटक नेतृत्व गरेका पूर्व सदस्य सचिवन रुक्मशमशेर राणाको निधन भएको छ । राणाको गए राति निधन भएको उनको पारिवारिक श्रोतले पुष्टि गरेको छ । लामो समयदेखि राणाको स्वास्थ्यमा समस्या देखिएको थियो । राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगले ग्रसित थिए । राणा पहिलो पटक २०५० सालदेखि २०५१ सालसम्म र दोस्रो पटक २०५४ सालदेखि २०५५ सालसम्म राखेपको सदस्य सचिव बनेका थिए । राजनीतिक पृष्ठभुमी भए पनि राणाले जिवनको अधिकांश समय… पुरा पढौ

लेखनाथ बहुउद्देश्यीय कभर्ड हलको लागि बजेट माग

पोखरा-पोखरा रंगशालाको बैकल्पिक रंगशालाको उपमा दिइएको लेखनाथ रंगशाला भने सरकारी निकाय तथा खेलकुदको सरोकारवालको ध्यान नपुग्दा पूर्वाधारले फड्को मार्न सकेको छैन् । भएको फुटबल मैदान र लेखनाथ बहुउद्देश्यीय कभर्डहलको स्तारोन्नति हुन सकेको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाको तयारी गरिरहँदा लेखनाथ क्षेत्रमा समेत राष्ट्रिय खेल आयोजना गर्न स्थानीय क्लबका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद तथा गण्डकी खेलकुद परिषदका पदाधिकारीसँग आग्रह गरे । ‘नवौं पोखरामा आयोजना हुने हुदाँ केही खेल लेखनाथ क्षेत्रमा पनि आयोजना गरिए भौतिक पूर्वाधारको विकास हुने थियो… पुरा पढौ

खेलाडीलाई कोरोना विरुद्धको खोप

पोखरा-लामो समयको प्रतिक्षापछि कास्कीका विभिन्न खेलका खेलाडीहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा संघले सिफारिस गरिएको खेलाडीहरुले कोरोना विरुद्धको खोप लगाएका हुन् । झण्डै ४ सय ५० खेलाडीले खोप लगाएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा यसै वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदैं छ । आयोजनाको संघारमा रहँदा खेलाडीले खोपको अभावमा प्रशिक्षण लिने बातावरण बनेको थिएन् । राष्ट्रिय खेलकुद परिषदले समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । भदौ भित्रमा खेलाडीलाई खोप… पुरा पढौ