राखेप

पोखराको खेलकुद इतिहासमा २८ अन्तराष्ट्रिय पदक

पोखरा-पोखराको खेलकुद इतिहास सात दशकको छ । सात दशक अघि फुटबलको जग बसेको थियो । त्यसपछि मात्रै अन्य खेलले प्रवेश पाएको थियो । राणाकालिन समयमा फुटबलको शुरुवात भएको थियो । सेतीनदीलाई साँध मानेर सेती वारी र सेती पारी बीचको प्रतिस्पर्धासँगै फुटबलको शुरुवात भएको इतिहास छ । २००९साल ताका नै फुटबल शुरु भएको हो । देहरादूनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्र्याएको इतिहास भेटिन्छ । त्यसपछि नै फुटबलमा विस्तारै व्यवसायिकता शुरु भएको थियो । फुटबलपछि अन्य खेलको थालनी भएको थियो ।… पुरा पढौ

संघ गठनमा परिषदको बलमिच्याँई–एनएफबीएफ उपाध्यक्ष गुरुङ

पोखरा-नेपालको खेलकुद संघ राजनीतिको उल्झन फसेको छ । एकै प्रकृतिका दुई संघलाई एउटै बनाई अगाडि बढ्ने निर्देशन राष्ट्रिय खेलकुद परिषदको छ । तर परिषदले बलमिच्याँई ढंगले आफनो अनुकुल हुने गरी संघ गठन गर्ने प्रवृत्ति देखिएको छ । यसको पछिल्लो उदाहरण हो नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ । नेपालमा दुई वटा शारीरिक सुगठन संघ थिए । अन्तराष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ(आईएफबीबी) र विश्व शारीरिक सुगठत तथा फिटनेस महासंघ(डब्लुएफबीबी) थिए । नेपालमा ती दुवैका संघ थिए । अन्तराष्ट्रिय मान्यता प्राप्त… पुरा पढौ

पोखराका खड्का र बास्तोला एशियन गेम्सको लागि छनोट

पोखरा-मित्रराष्ट्र चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट सम्पन्न भएको छ । एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने दुई पुरुष र दुई महिला गरी चारजना खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा पोखराका प्रदीप खड्का र अभिषेक बास्तोला हुन् । महिला तर्फ अभिलाषा विष्ट र माहिका राणा रहेका छन् । विष्ट नेपालकी महिला टेनिसकी शीर्ष बरियताकी खेलाडी समेत हुन् । पुरा पढौ

प्रीन्स र रसिला एशियन गेम्सकालागि छनोट

काठमाडौं- प्रीन्स दाहाल र रसिलामहर्जन यसै बर्षको सेप्टेम्बरमाचीनको गाङ्गजाउमाआयोजनाहुने १९ औ एशियन गेम्सकालागि छनोट भएका छन् । नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमाआयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिलजोशी र जेशिकागुरुङ्ग छनोट भएका छन । बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् । चारै खेलाडीको एशियन गेम्सको यात्रापहिलो हो । एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको छ… पुरा पढौ

प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरा-पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो । गण्डकी प्रदेश दोस्रो स्थानमा रह्यो । गण्डकीले दुई स्वर्ण पदकमा चित्त बुझायो । एपीएफले एक स्वर्ण पदक जितेको छ । जुनियर मेन्स ईपीमा गण्डकीका नवराज कार्कीले स्वर्ण पदक जितेका छन् । उनले बागमती प्रदेशका अक्चेत शेरचनलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सोही इभेण्टमा कोशी प्रदेशका सन्देश… पुरा पढौ

असार पहिलो साता विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगिता

पोखरा-कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी असारको पहिलो साता विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगिता हुने भएको छ । आगामी असार २ गते कास्की विद्यालयस्तरी छात्र तथा छात्रा एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने निर्णय कास्की जिल्ला खेलकुद विकास समितिले गरिसकेको छ । जिल्ला खेलकुदका कार्यालय प्रमुख डम्वर बहादुर(डिवी)नेपालीका अनुसार प्रतियोगितामा १०० मिटर, २०० मिटर ८०० मिटर र १५०० मिटर छात्ररछात्रा दौड प्रतियोगिता हुने छ । खुल्ला ३ किमि छात्ररछात्रा सडक दौड समावेश गरिएको छ । उनका अनुसार ट्रयाकसँगै फिल्डलाई समेट समेट्ने योजना रहेको… पुरा पढौ

पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ शुरु

पोखरा-आज शुक्रबारदेखि पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको छ । प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमका खेलाडीहको… पुरा पढौ

शुक्रबार र शनिबार पोखरामा राष्ट्रिय जुनियर फेन्सिङ प्रतियोगिता

पोखरा-आगामी शुक्रबार र शनिबार पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ २६ र २७ गते हुने भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश,… पुरा पढौ

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षकलाई ‘गण्डकी खेलकुद पदक’

पोखरा-गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी, पशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने निकाय एवं व्यक्तिहरुलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने छ । आईतबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलाडी तथा प्रशिक्षक एवं खेलकुदमा योगदान पुर्याउनेलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने उल्लेख गरेका छन् । विगतको नीति तथा कार्यक्रममा झैं प्रदेश सरकारले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण… पुरा पढौ

प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगितामा स्याङजा च्याम्पियन

पोखरा- प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगितामा प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा आयोजित प्रतियोगितामा उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे । ४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का… पुरा पढौ