विद्यालय

ट्यालेन्ट हन्टले स्याङजामा बढ्दै महिला क्रिकेट क्रेज

पोखरा-जहाँ क्रिकेट खेल्ने व्यवस्थित खेल मैदान छैन् । खोलाको किनार र फुटबल मैदान खोज्दै क्रिकेट खेल्नुपर्ने बाध्यता छ । तर जहाँ ईच्छा त्यहाँ उपाय । स्याङजामा क्रिकेटको मैदान नभएपनि महिला क्रिकेटमा छलाङ मारेको छ । स्याङजा जिल्ला क्रिकेट संघले नारा नै तय गरेको छ—‘क्रिकेटबाटै महिला सशक्तिकरण ।’ स्याङजाको क्रिकेटको मुहार फेरिएको लामो समय भएको छैन् । जतिबेला संघको नेतृत्वमा दिवाकर थापाले सम्हाले । त्यसपछि क्रिकेटको माहोल सृजना भयो । उनी आफैं पनि क्रिकेटर हुन् । त्यही भएर नै उनले स्याङजालाई… पुरा पढौ

अन्तर नगरपालिका क्रसकन्ट्री असोजमा

काठमाडौं- एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड असोज१३ गते हुने भएको छ । चन्द्रागिरी नगरपालिकामा आयोजना हुने क्रसकन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियर तर्फ महिला तथा पुरुषको ५ कि.मी. गरि ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाइ प्रतिस्र्पा गराईने जानकारी गराईयो । शिर्ष तीन स्थान हात पार्ने सिनियर ब्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।… पुरा पढौ

बेथानी र गौरीशंकर विद्यालयस्तरीय कबड्डी च्याम्पियन

पोखरा-अन्तर विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी प्रतियोगितामा बेथानी बोर्डिङ स्कुल र गौरीशंकर मा.वि च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र पोखरा महानगरपालिका कबड्डी संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देशीय कर्भड हलमा आइतबार भएको फाइनल खेल जित्दै यी दुई टोली च्याम्पियन बनेका हुन् । बेथानीले फाइनलमा कालिका मावि र गौरीशंकरले रामेश्वरी माविलाई पराजित गरेको हो । प्रतियोगितामा छात्ररछात्रातर्फ प्रथम र द्वितीय भएका टिमले क्रमशः १२र१२ हजार रुपैयाँ र ७र७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन्… पुरा पढौ

बाग्मती प्रदेशमा ओलम्पियन संघको स्कूल टु ओलम्कि कार्यक्रम

काठमाडौं-नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा ओलम्पिकका ४ पटक सहभागी कीर्तिमानी बैकुण्ठ मानन्धर, दीपक बिष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजालको सहभागिता थियो । त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ्ग पनि वृक्षारोपणमा सहभागी… पुरा पढौ

खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन् । बोगटीले ९ मिनेट ३४.७० सेकेण्डमा दौड पुरा गरेका थिए ।तनहुँका साहस पन्त दोस्रो र पोखराका तेन्जोन रोका तेस्रो भए । पन्तले ९ मिनेट ३६.४० सेकेण्डमा दौड पुरा गरेका थिए भने रोकाले ९ मिनेट ५६.६० सेकेण्डमा पुरा गरेका थिए । कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको महिला तर्फको प्रतिस्पर्धाामा तनहुँकी सुष्मिता रानाभाटले… पुरा पढौ

मदरल्याण्ड माविद्धारा महिला फुटबलर सावित्रा सम्मानित

पोखरा-पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी (सम्बा) लाई नगद सहित सम्मान गरेको छ । भण्डारीलाई नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल लगायतले सम्मान गरेका हुन् । फुटबलर भण्डारीलाई नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरिएको हो । सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा… पुरा पढौ

असार पहिलो साता विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगिता

पोखरा-कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी असारको पहिलो साता विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगिता हुने भएको छ । आगामी असार २ गते कास्की विद्यालयस्तरी छात्र तथा छात्रा एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने निर्णय कास्की जिल्ला खेलकुद विकास समितिले गरिसकेको छ । जिल्ला खेलकुदका कार्यालय प्रमुख डम्वर बहादुर(डिवी)नेपालीका अनुसार प्रतियोगितामा १०० मिटर, २०० मिटर ८०० मिटर र १५०० मिटर छात्ररछात्रा दौड प्रतियोगिता हुने छ । खुल्ला ३ किमि छात्ररछात्रा सडक दौड समावेश गरिएको छ । उनका अनुसार ट्रयाकसँगै फिल्डलाई समेट समेट्ने योजना रहेको… पुरा पढौ

बुधबारदेखि पोखरा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता

पोखरा-आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहको व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंशगालास्थित व्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा विभिन्न ९ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेण्डरी लेभल छात्र तथा छात्रा(कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको हुनुपर्ने)मा प्रतिस्पर्धा गराईने छ… पुरा पढौ

पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

पोखरा-पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् । बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् । उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् । पोखराको गण्डकी बोर्डिङमा कक्षा ७ मा… पुरा पढौ

सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण

पोखरा-पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो । बुधबारको खेलमा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको थियो । दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५–२० र २५–१७ सेटमा हरायो । जनप्रिय… पुरा पढौ