विद्यालय

कालिका र इन्द्रराज्यको विजयी शुरुवात

पोखरा-पोखरामा मंगलबारदेखि सुरु पाँचौं सृजना कप शुरु भएको छ । पहिलो दिन मंगलबार दिन छात्र र छात्रातर्फ ८–८ खेल खेलाईएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु पाँँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका छन् । छात्रतर्फ उद्घाटन खेलमा कालिका मावि विजयी भएको छ । इन्द्रराज्यलक्ष्मी माविलाई २५–२० र ३५–३३ सेटमा हराउँदै कालिका अघिल्लो चरणमा प्रवेश पाएको रेफ्री संयोजक… पुरा पढौ

सृजना कप विद्यालयस्तरीय भलिबलमा ४५ टिम

पोखरा-पोखरामा मंगलबारदेखि सृजना कप संचालन हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने छन् । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा संचालन हुन लागेको कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा विगतको तुलनामा टिम सहभागिता बढेपछि आयोजक समेत उत्साहित छ । २०७३ सालदेखि संचालित यो प्रतियोगिता कोरोना कारण बीचमा प्रभावित बनेको थियो । यसपालि पाँचौं संस्करणसम्म… पुरा पढौ

टप्स बोर्डिङलाई मेयर कप

पोखरा-राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो । सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पा¥यो । शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीये भयो । शहिद स्मृतिले कुल ११… पुरा पढौ

विद्यालयस्तरीय ह्याण्डबल उपाधि गुरुकुललाई

पोखरा-प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि गुरुकुल विद्यासदन स्कुलले जितेको छ । मन्जुबहादुर बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल खेलाडी संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा गुरुकुल विद्यासदनले विन्ध्यवासिनी माविलाई १७–१२ गोल स्कोरमा पराजित गर्दै उपाधि जितेको हो । फाईनल खेलमा गुरुकुलका पवन छन्त्यालले सर्वाधिक ८ गोलको योगदान दिएका थिए । मनकामना स्पोर्टस एण्ड फेन्सीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेता विद्यालयलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो । उपविजेताले ७ हजार रुपैयाँ… पुरा पढौ

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

पोखरा-हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई÷दुई गोल, यमबहादुर गुरुङ, राजिब पौडेल र टिएस सेनले एक÷एक गोल गरे । सगरमाथाका लागि आर्शिष गुरुङले दुई गोल गरे । अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकीलो अन्तरले हरायो । कास्की मोडनाइजले वल्ड क्यापिटलाई १०–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा… पुरा पढौ

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ । भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्रामध्ये धेरै विधाको क्वाटरफाइनल सकिएको छ । विद्यालयस्तरीय ‘खेल मेला’ मानिने राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको मंगलबार सबै खेलको सेमिफाइनल र फाइनलपछि समापन हुनेछ ।एकल कातामा प्रिन्स प्रथमकराँते एकल कातातर्फ न्युमिलिनियम एकेडेमीका प्रिन्स गुरुङ प्रथम भएका छन् । शिवशक्ति माविका अर्जुन सुनार दोस्रो र… पुरा पढौ

१३ औं राष्ट्रपति रनिङ शिल्ड फागुन दोस्रो साता

पोखरा-आगामी फागुनको दोस्रो साता पोखरा रंगशालामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको शुक्रबार बसेको बैठकले १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १४ र १५ गते आयोजना गर्ने निर्णय गरिएको कास्की जिल्ला खेलकुद विकास समिति पोखराका कार्यलय प्रमुख डि.बी नेपालीले जानकारी दिए । फागुनको दोस्रो आयोजना गर्ने निर्णयसँगै जिल्ला खेलकुद विकास समितिले फागुन ९ गतेभित्रका सबै पालिकालाई प्रतियोगिता टुग्याईसक्न आग्रह समेत गरेको छ । कास्कीका चार गाँउपालिका र पोखरा… पुरा पढौ

फागुन तेस्रो साता विद्यालयस्तरीय भलिबल प्रतियोगिता

पोखरा-पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो । लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो । आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजनाको संघारमा छ । विद्यालयबाटै भलिबलको विकास गर्ने उद्देश्य सहित सृजना विकास केन्द्रले फागुन तेस्रो साता सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा आयोजना हुने प्रतियोगिताले भलिबलमा नयाँ आयाम थप्ने विश्वास समेत लिइएको छ ।… पुरा पढौ

पोखरामा माघ २९ देखि कास्की कप ह्याण्डबल

पोखरा-खेलकुदको शहर पोखरामा यही माघ २९ गतेदेखि नवौं संस्करणको कास्की कप ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालयस्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता यही माघ २९ देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा हुने भएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी बिद्यालयका गरी छात्र तर्फ करिब १४ र छात्रा तर्फ १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । विजेताले जनही १० हजार, उपबिजेताले ५… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय हिसान फुटसल फागुन पहिलो साता

पोखरा-आगामी फागुनको पहिलो साता पोखरामा प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता हुने भएको छ । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिता हुने भएको हो । प्रदेशस्तरीय फुटसलको लागि कास्कीमा शुक्रबारदेखि छनोट प्रतिस्पर्धा शुरु भएको छ । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, पदक, ट्रफि र उपविजेताले नगद ५० हजार, पदक र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैह्रपाटनमा रहेको वि–… पुरा पढौ