संघ

राईजिङ र लेकसाईड विजयी

पोखरा-लेकसाईड क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ६५ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिगमा पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लबलाई ४७ रनमा समेट्दै लेकसाईडले पहिलो जित दर्ता गर्यो । टस जितेर व्याटिङ रोजेको लेकसाईडले निर्धारित २० ओभरमा ११२ रन बनायो । ओपनर सन्तोष जोशी गोल्डेन डकआउट भए । अर्का ओपनर केशव सुनारले २० रन बनाए । पाँचौ नम्बरमा आएका नविन खनालले २९ रन बनाउँदै टोलीलाई उकास्ने प्रयास गरे । दोर्जे… पुरा पढौ

सांग्रिला र कास्की विजयी

पोखरा-सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमश अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन् ।बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिब्रिन श्रेष्ठको कसिलो बलिङ प्रेरित सांग्रिला क्रिकेट क्लबले अरण्यज्योतिलाई १०४ रनको फराकिलो अन्तरले गरेको छ । टस जितेको सांग्रिलाले निर्धारित २० ओभरमा १५५ रनको स्कोर खडा गर्यो । विराट दुवाडीले ओपनरको रुपमा २६ रन बनाए । अर्का ओपनर ६ रनमा पभेलियन फर्किएपछि दबावमा परेको सांग्रिलालाई सुदिप पौडेलले सम्हाले । दोस्रो… पुरा पढौ

राईजिङ र माछापुच्छ्रे क्रिकेट क्लब विजयी

पोखरा-माछापुच्छ्रे क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा बिहीबार लेकसाईड क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग अन्तर्गत बिहीबार टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े क्रिकेटले १७५ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । ओपनर मनोज कोईरालाईले पहिलो विकेट गुमाएपछि इनिङ सम्हाल्दै ३२ बलमा ६१ रनको पारी खेले । उनले १० चौका र एक छक्का प्रहार गरे । सुमित श्रेष्ठले २२ रन बनाईआउट हुदाँ प्रमोद बास्तोलाले भने १८ रनको योगदान दिए… पुरा पढौ

सांग्रिला र कास्की क्रिकेट विजयी

पोखरा-कास्की क्रिकेट क्लबले अर्जुन कुमालको अविजित ९४ रनको योगदानमा अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योतिले चौथो नम्बरमा आएका प्रविन पौडेलले अविजित शतकीय पारीको योगदानमा १६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । १० चौका र ८ छक्काको सहयोगमा ५२ बल खेलेका पौडेलले १०५ रनको शतकीय पारी खेले । तर उनको शतक हारले ओझेलमा पार्यो । प्रिजन श्रेष्ठले २४ रन बनाए । अन्य व्याटरको योगदान खासै राम्रो रहेन् । नितेश गिरीले ४ओभरमा ३… पुरा पढौ

राईजिङ र माछापुच्छ्रेको सुखद शुरुवात

पोखरा-साविक विजेता राईजिङ क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लबले कास्की जिल्ला टी —२० लिग क्रिकेट प्रतियोगितामा जितसँगै सुखद शुरुवात गरेका छन् । राईजिङले लेकसाईड क्रिकेट क्लबलाई पराजित गर्दा माछापुच्छ्रे क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई पराजित गरेको थियो । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार विहान भएको उदघाटन खेलमा अनिल गुरुङको शतकीय पारीमा राईजिङले लेकसाईडलाई विशाल लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर व्याटिङ गरेको राईजिङका लागि अ‍ेपनर अनिलले ६९ बलमा १२५ रनको महत्वपूर्ण इनिङ खेले । कृष्ण पौडेलले २१ रन… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरुष बास्केटबलको उपाधि गण्डकीलाई

पोखरा-पोखरामा पहिलो पटक आयोजित पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ८१( ७८ स्कोरमा पराजित गर्दै उपाधि आफनो नाममा लेखायो । प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा सञ्चालित प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको थियो । पहिलो क्वार्टरदेखि नै अग्रता लिएपनि गण्डकीले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । विजेता बनेको गण्डकीले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको बागमतीले भने ६६ हजार… पुरा पढौ

पोखरा कप राष्ट्रिय बास्केटल प्रतियोगिता

पोखरा-पोखरामा आजदेखि पोखरा कप राष्टिय पुरुष बास्केटबल प्रतियोगिता शरु भएको छ। प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा शुरु भएकोप्रतियोगितामा ६ प्रदेशले सहभागिता जनाएका छन्। प्रतियोगिताको सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उदघाटन गरेका थिए। प्रतियोगिताको बिजेतालाई एक लाख ११ हजार ११ सय रुपैयाँ प्राप्त गर्नेछ। उपबिजेताले ६६ हजार रुपैयाँ प्राप्त गर्ने प्रदेश बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले जानकारी दिए । पुरा पढौ

पोखरामा फेन्सिङको लेभल वान तालिम

पोखरा-गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको आयोजनामा पोखरामा पहिलो पटक लेभल वानको दुई दिने तालिम गरिएको छ । तालिममा नवलपुर, गोरखा, स्याङ्जा र कास्की जिल्लाका १६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । तामिलका सहभागीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रमाण पत्र बितरण गरेका थिए । उपाध्यक्ष गुरुङले श्रोत साधनको कमिका बाबजुत पनि यस फेन्सिङ संघले खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिईरहेको बताए । उनले प्रदेश खेलकुद परिषदको साथ सँधै रहने भएकोले दशौं राष्ट्रिय खेलकुदको लागि… पुरा पढौ

गण्डकी प्रदेश टेबलटेनिस संघको अध्यक्षमा जोशी

पोखरा-गण्डकी प्रदेश टेबलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरी सम्पन्न भयो । संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भिममाया गुरुङ (ज्योति), सहसचिवमा शिव प्रसाद न्यौपाने ९नवलपुर०, सदस्यहरुमा क्षितिज गुरुङ (मनाङ), विकासकृष्ण नकर्मी (कास्की), दिपकराज गिरी (कास्की), अविश्चल भुजेल (स्याङजा), खुमबहादुर कार्की (तनहुँ) र दर्पण श्रेष्ठ .(स्याङ्जा) सर्वसम्मत रुपमा चयन भएका थिए । संघमा रिक्त एक उपाध्यक्ष र एक सदस्य पदमा प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरी संघ १३ सदस्यीय हुने… पुरा पढौ

मोसेस र विनिता फुलकन्ट्याक्ट कराँते च्याम्पियन

पोखरा-मोसेस कुमाल र विनिता घर्तीमगर २४ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियन बनेका छन् । क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा ढुंगेसाँघुको मेलामा आयोजित प्रतियोगितामा मोसेसले म्याग्दीका जलन पुनलाई पराजित गर्दै च्याम्पियन बने । उता विनिता घर्तीमगरले म्याग्दीकै दिक्षा रानामगरलाई हराउँदै ट्रफी उचालिन् । ४० केजी पुरुष तर्फ कास्कीका सत्कार प्रतेल, कास्कीका सयम कुमाल दोस्रो हुदाँ सर्लाहीका प्रेम साह र बाग्लुङका रक्यान मगर तेस्रो स्थानमा रहे । ४५ केजी तौल समूहमा जनकपुरका अरमान साफीले स्वर्ण पदक जित्दा कास्कीका रिजन मगरले रजत… पुरा पढौ