चितवन-नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनामा बार्षिक कार्यक्रम अनुरुपको १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ । चितवनको फिस्लिङ्ग, त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङ्गले स्वर्ण पदक प्राप्त गरे । गुरुङ्गले १२३.३२ अंक ल्याइ स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेको गोरखाका रविन चेपाङ्ग १५०.६१ अंकका साथ रजत र तेश्रो स्थानमा रहेको चितवनकै विक्रम गुरुङ्ग १५४.४५ अंकका साथ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । बिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथ प्रथमले १५ हजार, दोश्रोले…
पुरा पढौ