संघ

प्रज्वललाई ग्रस र थमेशलाई नेट तर्फको उपाधि

पोखरा-चौथो होलमा होल ईन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रस तर्फको उपाधि जितेका छन् । नेट तर्फका उपाधि भने थमेश राईले जितेका छन् । कास्की जिल्ला गल्फ संघको आयोजनामा पार ६९को पोखरा १४ स्थित हिमालयन गल्फ क्लबमा शनिबार प्रतिस्पर्धामा पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोरसहित उपाधिसहित नगद पुरस्कार प्राप्त गरे । उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे । ग्रस तर्फ काठमाडौं गोकर्ण गल्फ क्लबका… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा- मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुदैं छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एकसय भन्दा बढी एमेच्योर गल्फरको सहभागिता हुने कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए… पुरा पढौ

पोखरा आइटिएफ जे३० प्रतियोगिता सुरू

पोखरा- कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा विश्व नं १ बरियता जापानका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतीय खेलाडी शौनक चटर्जीलाई ६–४, ३–६ र ६–३ ले जित दर्ता गरे । त्यस्तै आजबाट सुरू… पुरा पढौ

सोमबारदेखि आईटिएफ वर्ल्ड टेनिस टुर जे ३०

पोखरा-पोखरा रंगशालाभित्र ६ वटा क्ले कोर्ट छन् । त्यही छ वटा क्ले कोर्टमा वर्षेनी आईटीएफ वल्र्ड टेनिस टुर हुदैं आएको छ । सोमबारदेखि पोखरामा जे—३० को पोखरा सर्किट १ र २ हुदैं । वर्षेनी आयोजना हुने यो प्रतियोगितामा सहभागि टेनिस खेलाडीको संख्या घट्दै गएको छ । कुनैबेला २५ देशका दुईसय भन्दा बढी खेलाडी पोखराको टेनिस कोर्टमा ¥याङकिङको लागि प्रतिस्पर्धा गरेका थिए । ६ वर्षयता सोमबारदेखि शुरु हुने प्रतिस्पर्धामा केवल ७ देशका १०५ जना महिला तथा पुरुष टेनिस खेलाडीको सहभागिता रहने… पुरा पढौ

विराटनगरमाथि जनकपुरको सहज जित

पोखरा-विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले गर्दै सुखद शुरुवात गरेको छ । जितको हकदार बनाउने क्रमममा मिलान्था र हर्स ठाकरको महत्वपूर्ण साझेदारी रह्यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाएपछि विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको… पुरा पढौ

आजदेखि दोस्रो पोखरा एन्ड्युरो रेस

पोखरा-कास्की जिल्ला साईक्लिङ संघको सहकार्यमा आजदेखि दोस्रो संस्करणको पोखरा एन्ड्युरो(साईक्लिङ रेस)शुरु हुदैं छ । आज बुधबार पहिलो दिन साईक्लिष्टहरुलाई रुटको बारे जानकारी दिने उद्देश्यसहित प्रशिक्षण रहने छ । पोखरा १३ आर्वाविजयमा हुने प्रतिस्पर्धा बिहीबार र शुक्रबार दुईदिन प्रतिस्पर्धा हुने छ । विभिन्न ५ स्टेजमा हुने प्रतिस्पर्धामा १३ देशका ६० जना साईक्लिष्टहरुले प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ एक नेपालीसहित चारजनाले सहभागिता जनाएका छन् । प्रतिस्पर्धाको पूर्व सन्ध्यमा मंगलबार साँझ सहभागि साईक्लिष्टहरुलाई प्रतिस्पर्धाको बारे जानकारी गराईएको थियो । रेस निर्देशक सुनिलचन्द्र… पुरा पढौ

रचनालाई महानगर क्रिकेटको सम्मान

पोखरा-भर्खरै मलेसियामा सम्पन्न यु १९ क्रिकेट प्रतियोगिताबाट विश्वकपको यात्रा तय गर्दा क्रिकेट टोलीकी सदस्य रचना चौधरीलाई सम्मान गरिएको छ । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरीलाई पोखरा महानगर क्रिकेट संघले सम्मान गरेको हो । उनलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । पोखरा महानगर खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे । सो अवसरमा बोल्दै अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुलेनै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको… पुरा पढौ

प्रदीप र अभिषेक डेविस कपको लागि बहराईन प्रस्थान

पोखरा-यही नोभेम्बर २० देखि २३ तारिखसम्म बहराईनमा सञ्चालन हुने डेविस कप टेनिसको लागि पोखराका अभिषेषक बास्तोला प्रस्थान गरेका छन् । उनलाई एक समारोह बीच विदाई गरिएको हो । हराइनमा उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुजकुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा क्षेत्रिय विमानस्थलबाट बिदाई गरेका हुन् । आगामी नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेकसँगै प्रदिप खड्का, प्रणव खनाल,, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् । एसिया ओसियाना अन्तर्गतका १५ राष्ट्रले सो… पुरा पढौ

राइजिङ पोखरालाई क्लबस्तरिय क्रिकेटको उपाधि

पोखरा-अनिल गुरुङको शतकीय पारीमा पोखरा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लबस्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि उचाल्यो । ओपनिङमा आएका अनिलले १०१ रनको शतकिय पारी खेल्दै नटआउट रहे । ११९… पुरा पढौ

पोखरा क्रिकेट क्लब फाइनलमा

पोखरा-अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै पोखरा क्रिकेट क्लब क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङ क्रिकेट क्लबसँगको भेट पक्का गरेको हो । १५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट भएपछि पोखरा क्रिकेट क्लबको फाईनल सहज बन्यो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर… पुरा पढौ