संघ

पोखरा मेयर कप ब्याडमिन्टनको उपाधि प्रिन्स र रशिलालाई

पोखरा-दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नं ३ ¥याकिङ… पुरा पढौ

शीर्ष बरियताका प्रदीप माछपुच्छ्रे कप टेनिसको फाईनलमा

पोखरा-उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष बरियता टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाईनल प्रवेश गरेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित २० औं माछपुच्छ्रे कप टेनिस प्रतियोगिताको सेमिफाईनलमा प्रदीपले भारतीय खेलाडी अभिनंशु बोर ठाकुरलाई पराजित गर्दै फाईनल सुरक्षित गरे । उनले अब उपाधिको लागि संरक्षक भुषण बज्रचार्यसँग खेल्ने छन् ।पहिलो सेटमा ३–६ ले गुमाएका खड्काले दोस्रो सेट आफनो पक्षमा लिदैं उत्कृष्ट कमब्याक गरे । पहिलो सेटमा आफनो सर्भिस प्वाइन्टलाई भारतीय खेलाडी ठाकुरले ब्रेक गरेपछि खड्का पहिलो सेट… पुरा पढौ

भोलिदेखि पोखरामा माछापुच्छ्रे ओपन टेनिस

पोखरा-माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भोलि मंगलबारदेखि टेनिस कोर्टमा “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजना पौष १० गतेबाट १४ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा १३ महिला र २०३ जना पुरुष खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । भारत, बेलायत… पुरा पढौ

रसिला र प्रिन्सद्वारा उपाधी रक्षा

काठमाडौं-युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधी रक्षा गरेका छन् ।ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजय प्राप्त गर्दै उपाधी रक्षा गरेका हुन् । महिला एकल तर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरेका हुन् । महिला तर्फ… पुरा पढौ

सेनाका प्रफुल र रसिला सेमिफाईलनमा

काठमाडौं-नेपाली सेनाका प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईलनको पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१–७, २१–६ ले र रसिलाले एपिएफकी सुनयना मुखियालाई २१–१२, २१–१० ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् । अव प्रफुलले फाईनल प्रवेशका लागि नेपाल पुलिसका बिष्णु कटुवालको सामना गर्ने भएका छन् । बिष्णुले सेनाका अभय महरालाई २१–११, २१–१५ मा पराजित गर्दै सेमिफाइनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । यस्तै रसिलाले फाईलन प्रवेशका लागि सेनाकी… पुरा पढौ

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको बिदाइ ।

पोखरा–नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते काठमाडौंमा सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका बीच टोलीलाई विदाई गरेकी छन् । मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई… पुरा पढौ

सुमित र सुरोजको जोडी दोश्रो चरणमा

काठमाडौं-बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपूर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोश्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न उच्च २० बरियता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि आफ्ना प्रतिद्वन्दि सुनाकोठीका अनिल कुमार… पुरा पढौ

पोखरामा फुटबलको सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु

पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा बुधबारदेखि पोखरामा सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ । कोचिङ कोर्ष एन्फाको वर्षेनी कार्यक्रम अन्तर्गत हो । एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई जिम्मेवारी दिएपनि एएफसीबाट स्वीकृति नहुदाँ कोचिङ कोर्ष कार्यान्वयनमा आउन सकेको थिएन् । एन्फाकै अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि कोचिङ कोर्ष अन्यौलमा परेको थियो । केही दिन अघि मात्रै हेटौडामा सम्पन्न भएको विशेष अधिवेशनले एन्फा अध्यक्ष नेम्वाङको पक्षमा विश्वासको मत प्राप्त भएपछि कोचिङ… पुरा पढौ

आइटीएफ जे ३० दोस्रो सर्किट

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ पहिलो चरणको खेल जारी छ । डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ । बुधबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३,६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२,६–२ ले, भातरका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१,७–६ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ नेपालका आयुषमान हजुर घले र भारतका एस पञ्चासरीले… पुरा पढौ

पोखरामा आइटीएफ जे–३०, नेपाली सक्षमको सोझो सेटमा जित

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ भारतीय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावा माथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षमविक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई पराजित गरे । मंगलबार भएको महिला एकलतर्फ भारतकी… पुरा पढौ