संघ

प्रदेशद्वारा दर्ता र नविकरण नभएका खेल संघ खारेज गर्न जिल्लालाई निर्देशन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले खेल संघहरुलाई अनिवार्य दर्ता गर्न परिपत्र परेको छ । परिषदले एघारवटै जिल्लामा खेल संघहरुलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा दर्ता एवं नविकरण गर्न ३५ दिने सूचनासहित पत्रचार गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले यही भदौ ११ गते संघहरुको नाममा जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरिसकेको छ । पत्रचार गरेपनि विदाकै कारण केहीदिन ढिलाई भएको प्रदेशले जनाएको छ । भदौ ११ गते सूचित पत्र अनुसार ३५ दिनभित्रमा सम्बन्धित संघलाई खेलकुद विकास समितिमा दर्ता हुन आग्रह… पुरा पढौ

बिशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं- बिशाल पौडेल र सनम मुलगुठीले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन् । एशियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा बिशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा थाईल्याण्डका बालान्कन पठानसिरावत रहे । याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले… पुरा पढौ

आजदेखि एशियाली शारीरिक सुगठन, २३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं -एशियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको ब्यवस्थापनमा काठमाण्डौमा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड,… पुरा पढौ

बिहीबारदेखि विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

पोखरा-कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा आगामी बिहीबारदेखि १९ औं संस्करणको अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुदैं छ । संघले वर्षेनी संस्थापक अध्यक्ष समेत रहेका इन्द्रबहादुर गुरुङको स्मृतिमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता भदौ २१, २२ र २३ गते पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा हुने छ । विद्यालयस्तरीय प्रतियोगिताको लागि कास्कीस्थित प्याब्सन तथा एनप्याब्सनलाई पत्रचार गरिसकिएको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार छात्र तथा छात्राको एकल र युगल इभेण्टमा प्रतिस्पर्धा गराईने छ ।अध्यक्ष श्रेष्ठका… पुरा पढौ

गण्डकी प्रादेशिक हक्की संघ गठन

पोखरा-गण्डकी प्रादेशिक हक्की संघको भेलाले दिपकबहादुर थापाको अध्यक्षतामा सात सदसस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पुजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन् । यसैगरी सदस्यहरुमा चनमन श्रीमल, दिपक थापा, अजय क्षत्री रहेका छन् । केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको उपस्थिति रहेको थियो । प्रदेश खेलकुद परिषद गण्डकीको प्रतिनिधिको रुपमा सदस्य केशव पाठकको रोहबलमा नयाँ समिति सर्वसम्मत गरिएको हो ।प्रदेशको कास्की, स्याङजा, तनहुँ, पर्वत र बाग्लुङमा नयाँ कार्यसमिति गठनपछि… पुरा पढौ

प्रादेशिक क्रिकेट संघ गण्डकीको अध्यक्षमा सिग्देल

पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार भएको अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।समितिको उपाध्यक्षमा प्रकाश पौडेल(नवलपुर), सचिवमा सुमनराज कार्की(तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा(स्याङ्जा) रहेका छन् । यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी,विद्यादेवी भट्टराई,भोजराज बराल र सन्तोष शर्मा रहेका छन् । कार्यसमितिको कार्यकाल चारवर्षको हुने छ । अध्यक्ष सिग्देलले सपथ ग्रहणपछि कुराकानी… पुरा पढौ

५५ औं एशियाली शारीरिक सुगठन प्रतियोगिता भाद्र तेश्रो साता

काठमाडौं-नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भाद्र १५ गते बाट काठमाण्डौमा हुने भएको छ । नेपालमा पहिलो पटक अहिले सम्मकै ठुलो रहेको प्रतियोगितामा एशियाली राष्ट्रका २५ मुलुककाले प्रतिस्पर्धामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । दरवारमार्गस्थित याक एण्ड यती होटलमा करिव ३०० खेलाडीहरुले पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । सात दिन सम्म संचालन हुने प्रतियोगिताको… पुरा पढौ

पोखरा काठमाडौंपछिको अन्तराराष्ट्रिय क्रिकेट भेन्यु– अध्यक्ष चन्द

पोखरा-नेपाली क्रिकेट टोली यतिबेला एशिया कपको तयारीको लागि पाकिस्तान गएको छ । तर यता नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीहरु भने चुनावी सरगर्मीमा छन् । चुनावी सरगर्मीमै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता जनाएका छन् । ‘नेपालले यु–१९ महिला विश्वकप आयोजना गर्दै छ । अबको तीन वर्षभित्रमा पोखरालाई काठमाडौंपछिको अन्तरराष्ट्रिय भेन्यु बनाउन प्रतिबद्धता गर्छु’ अध्यक्ष चन्दले भने । नेपाल क्रिकेट संघको चुनावी अभियानले क्रिकेटमा आँच आउन नहुने उनले स्पष्ट पारे । उनले चुनावी सरगर्मी शुरुभईसकेको… पुरा पढौ

कविर र अभय रजतमै सिमित

काठमाडौं-नेपालका कविर के।सी। र अभय महरा काठमाण्डौमा जारी ब्याडमिन्टन एशिया ९दक्षिण एशिया० क्षेत्रीय जुनियर च्याम्पियनसिपको यु १७ पुरुष युगल तर्फ रजतमै सिमित भएका छन् ।ब्याडमिन्टन एशियाको आयोजनामा भएको च्याम्पियनसिपको फाईनलमा कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एस।एस।एम।सिफत उल्लाहसंग २१–११, २१–११ को सोझो सेटमा पराजित भएका हुन् । नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यु १७ को पुरुष एकल तर्फ पनि बंगलादेशका एस।एस।एम। सिफत उल्लाहले स्वर्ण हात पारे । पुरुष युगलमा स्वर्ण जितेका उल्लाहले एकलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१–१६,… पुरा पढौ

दिलासा र रेहाना फाईनलमा

काठमाडौं-ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा दिलासा राना र रिहाना शेरचनको जोडी फाईनलमा प्रवेश गरेका छन् । राना र शेरचनको जोडीले यु १५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । अहिले सम्मको नतिजामा अन्य खेलाडीहरु सेमिफाईनलबाट अगाडी बढ्न सकेनन् । यु १५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग… पुरा पढौ