बागमती

प्रिन्स प्रधानमन्त्री कपको अन्तिम चारमा

चितवन- नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । बिश्व जुनियर बरियतामा तेश्रो नम्बरमा रहेका एपिएफका प्रिन्सले सेमिफाइनल प्रवेश गर्ने क्रममा सेनाका हिमाल चन्दलाई २१-४, २१-९ को सोझो सेटमा पराजित गर्दै भोजपुरका पूर्व नम्बर एक खेलाडी बिकास श्रेष्ठ संगको भेट पक्का गरेका छन् । श्रेष्ठले एपिएफका प्रफुल महर्जन माथि २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरेका थिए । यस्तै सेमिमा स्थान बनाउने क्रममा सेनाका नविन श्रेष्ठ… पुरा पढौ

अन्तराष्ट्रिय कभर्डहल बनाउने प्रतिबद्धता

चितवन-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले चितवनमा अन्तराष्ट्रिय ब्याडमिन्टन कभर्डहल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथीको रुपमा उपस्थित खेलसमुदायलाई सम्वोधन गर्दै सदस्य सचिव सिलवालले चितवनमा अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्नका लागि जग्गा उपलब्ध गराएमा राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । पुरा पढौ

प्रिन्स अन्तिम १६ मा

चितवन-नेपालका शीर्ष बरियताका व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रत्नजित तामाङमा चितवनमा आयोजित योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको लागि अन्तिम १६ मा प्रवेश गरेका छन् । त्रिभुवन आर्मीका रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४, २१–१२ ले तथा शसस्त्र प्रहरी बलका प्रिन्सले आर्मीका पविन लिनथेपलाई २१–५, २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । रत्न र प्रिन्सले भोली हुने प्रिक्वाटरमा जित निकालेमा क्वाटरफाईनलमा एक अर्काको सामना गर्ने भएका छन् । रत्न माथी लगातार दुई प्रतियोगितामा जित निकालेर… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता

चितवन-प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ चितवनमा बुधबारदेखि सुरु भएको छ । बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले उदघाटन गरेका थिए । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला… पुरा पढौ

एपिएफको अपराजित यात्रा कायमै

काठमाडौं-सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ । फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गर्दा अनु… पुरा पढौ

पहिलो संस्करणको उपाधि आयोजक विजय युथलाई

हेटौंडा-आयोजक विजय युथ क्लबले पहिलो संस्करणको हेटौडा गोल्डकपको उपाधि उचालेको छ । शुक्रबार बनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा आयोजक विजय युथ क्लबले उत्कृष्ट पुनरागमन गदैै उपाधि लेखाउँदाँ सेन्ट्रल कलेज बिएफसी भरतपुर उपविजेतामा चित्त बुझायो । फाइनलमा भरतपुरलाई २–१ गोलअन्तरले स्तव्ध पार्दै आयोजकले उपाधि सिजनको पहिलो उपाधि आफनो पोल्टामा राख्दै प्रतियोगितालाई विट मार्यो । भरतपुरले रुपन्देहीमा सम्पन्न आठौं फर्साटिकर कपको फाइनल तथा चितवनको बसन्तपुरमा सम्पन्न दोस्रो माडी गोल्डकपको फाइनल खेलेको थियो । यद्यपि, दुवै फाइनलमा भरतपुर दुर्भाग्यपूर्णरुपमा उपविजेतामै सीमित बन्न पुगेको… पुरा पढौ

आयोजक विजय युथ क्लब गोल्डकपको फाइनलमा

हेटौंडा-आयोजक विजय युथ क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्बल सर्लाहीको चुनौती ५–१ गोलअन्तरले पन्छाउँदै विजय युथ फाइनल पुगेको हो । फाइनलमा विजय युथले भरतपुरको बीएफसीसँग ग प्रतिस्पर्धा गर्नेछ । फाइनल पुग्ने क्रममा विजय युथका तर्फबाट बिमल रानाले ५, र ४३ औं मिनेट, सन्त गुरुङले ३७, हिसब थपलियाले ५८, रुपेश केसीले ८८ औं मिनेटमा गोल गरेका थिए । सर्लाहीका लागि विदेशी खेलाडी फोफनाले ६७ औं मिनेटमा गोल गरे । खेलको… पुरा पढौ

टिभीलाई मिडिया कप

हेटौंडा-हेटौंडामा सञ्चालन भएको रेडियो मकवानपुर कप (मिडियास्तरीय)फुटसल प्रतियोगिताको उपाधि टिम टिभीले जितेको छ । बुधबार भएको फाइनलमा रेडियो सन्देशलाई टाइब्रेकरमा हराउँदै टिमले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरी भएपछि टाइब्रेकरमार्फत् निर्णय लिइएको हो । टाइब्रेकरमा टिम टिभी ३–२ गोलअन्तरले विजयी भएको हो । खेलमा टिम टिभीका तर्फबाट मनिष खड्काले र रेडियो सन्देशको तर्फबाट विपुल भण्डारीले दुई÷दुई गोल गरेका हुन् । विजेता टिभीले ट्रफीसहित नगद १५ हजार रुपियाँ प्रँप्त गर्यो । उपविजेताले ७ हजार रुपिया प्राप्त गरे ।… पुरा पढौ

पुलिसविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं-पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेटमा पार्वतीको गोलबाट… पुरा पढौ

फाइनल पुग्यो बीएफसी

हेटौंडा- सेन्ट्रल कलेज बिएफसी भरतपुर हेटौडा गोल्डकपको फाईनल प्रवेश गरेको छ । मंगलबारको खेलमा हर्दी युवा समाज राप्तीलाई १–० गोलअन्तरले पराजित गर्दै भरतपुर फाइनल पुगेको हो । भरतपुरको जितमा विदेशी खेलाडी ग्लोरीले निर्णायक गोल गरेका थिए । उनले खेलको दशौं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा उनी ५ गोल गर्दै हालसम्म सर्वाधिक गोलकर्ताको सूचीमा छन् । खेलमा राप्तीका गोलरक्षक प्रदीप भण्डारीले एक दर्जनभन्दा बढी प्रहार विफल बनाएपनि अन्तत हार टार्नबाट सकेनन् । खेलमा अधिकांश समय भरतपुरले आफ्नो नियन्त्रणमा राखेको थियो… पुरा पढौ