बागमती

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी र वाग्मती प्रदेश दोस्रो सेमिफाइनल खेल खेल्दै

काठमाण्डाैं, माघ १५ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ । आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ । हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ  ।   पुरा पढौ

आर्मी एपीएफसँग पराजित

काठमाडौं-त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।- एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योनजन र सरुलिम्बुले पहिलो हाफमा गोल गरेका… पुरा पढौ

सेमिफाइनल समिकरण पूरा

काडमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रववेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८… पुरा पढौ

चन्द्रपुर नगरपालिकाको पहिलो जित

काठमाडौं-चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दिल कुमारी राना मगर र सनिता भोलाले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्कान् । पुरा पढौ

महिला राष्ट्रिय लिगः चौदण्डीगढी VS चन्द्रपुर (लाईभ भिडियो)

काठमाडौं । महिला राष्ट्रिय लिगमा अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ । यस अघिका खेलमा पराजय भोगेका टोलीद्वय चौदण्डीगढी र चन्द्रपुर जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । दुबै टोलीको समूह तालिकामा अंक विहिन छन् । चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६–० ले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो । पुरा पढौ

नवीन र आयशा सम्मानित

काठमाडौं-सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे । नवीन र आयशालाई बागमती प्रदेश र सुमेरु ग्रुपले छुट्टाछुट्टै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो… पुरा पढौ

विमलाको ह्याट्रिकमा आर्मीको सहज जित

काठमाडौं-विमला चौधरीको ह्याट्रिक प्रेरित नेपाल आर्मीले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आईतबार वालिङमाथि फराकिलो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा आईतबार भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकामाथि ७–० को फराकिलो जित निकालेको हो । यो सँगै आर्मीले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मोफसलको टोली वालिङमाथि सुरुआतबाट नै दबाब राखेको आर्मीका लागि विमला चौधरीले ह्याट्रिक गरिन् । दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजुङ्गा राईले एक–एक गोल आफ्नो नाममा लेखाए । पहिलो पटक… पुरा पढौ

अच्युत र करिशालाई क्रस दुवाथोलनको उपाधि

पोखरा-क्रस दुवाथोलनको दोस्रो संस्करणको उपाधि अच्युत कृष्ण खरेल र करिशा महर्जनले जितेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा जम्प नेशनको संयुक्त आयोजनमा शनिबार भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणको उपाधि खरेल र महर्जनले जितेका हुन् ।ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डमा पुरा गर्दै खरेलले उपाधि आफनो नाममा लेखाउँदा ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए । खरेलले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार… पुरा पढौ

चौदण्डीगढीको पोस्टमा पुलिसको आधा दर्जन गोल

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार मोफसलको टोली चौदण्डी नगरपालिकालालाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबलमा विजयी शुरुवात गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेसको मैदानमा भएको दिनको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालीका उदयपुरलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो । एक तर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २÷२ गोल गर्दा अमृता जैशी र निर्मला बिकले एक÷एक गोल आफ्नो नाममा लेखाए । तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध… पुरा पढौ

दुवाथनल सिरिजको दोश्रो संस्करण शनिबार किर्तिपुरमा

काठमाडौं-नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार काठमाण्डौको प्राचिन ऐतिहासिक शहर किर्तिपुरको जखामा हुने भएको छ । स्थानिय स्तरमा स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने लक्षका साथ संचालन गरिएको सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगिय प्राचिन शहर टोखामा सम्पन्न भईसकेको छ । प्रत्येक दुई हप्तमा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ चोभारमा… पुरा पढौ