गण्डकी

पोखरा स्पोर्टस् अवार्डलाई होटल टास्क इनटरनेशनलको सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन पोखराको अमरसिंहचोक नजिकै रहेको होटल टास्क इन्टरनेशनलले सहयोग गर्ने भएको छ । भोली वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न होटल टास्कले मञ्चको होटल पार्टनरको रुपमा सहयोग गर्ने जनाएको छ । होटल टास्कका सञ्चालक मिन गुरुङ र मञ्चका अध्यक्ष एमबि आस्था मगर, महासचिव परशुराम शर्मा, कोषाध्यक्ष विमल तिवारी, सदस्यद्वय प्रविन मगर र गिता रानालगाएतको टिमबिच समझदारी पत्र आदानप्रदान गरिएको छ ।… पुरा पढौ

जनप्रिय र हिमालयनको सहज जित

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु १६ विद्यालयस्तरी टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हावर्ड एकेडेमीलाई ११० रनको पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङको आमन्त्रणसँगै क्रिज छिरेको हिमालयनले १४६ रनको योगफल तयार पार्यो । सफल थापाले सर्वाधिक ४३ रनको योगदान दिदाँ आयुष पनेरु २० रन मात्रै जोडे । व्याटरको भन्दा बढी रन अतिरिक्त खातामा चढ्यो । ५१ रन अतिरिक्त थपिदाँ हिमालयनले विशाल योगफल बनायो । लजिन पुर्जाले… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको ५० हजार सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु धिं युकेले सहयोग गरेको छ । तमु धिं युके नेपाल प्रतिनिधि मेजर लछिमी प्रसाद गुरुङले अवार्डका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, मञ्चका अध्यक्ष एमबि आस्था मगर, मञ्चका सदस्य कृष्णप्रसाद दवाडीलगाएतको टिमलाई मंगलबार सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै प्रतिनिधि गुरुङले अन्य… पुरा पढौ

हिमश्री फुड्सद्वारा मञ्चलाई सहयोग

पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हिमश्री फुडले सहयोग गरेको छ । हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष मगर बिच अवार्डलाई सफल बनाउन सहयोग गर्ने समझदारी भएको हो । त्यसैगरि भूपू बक्सिङ संघ पोखराले पनि नगद ५ हजार सहयोग गरेको… पुरा पढौ

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

पोखरा – गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्वीकृतसंगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त प्रतियोगितामा कुल ८ टिमको… पुरा पढौ

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

पोखरा-‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । म्याग्दी जिल्ला भलिवल संघ विसं। २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिसँगै… पुरा पढौ

बैशाख २३ गतेदेखि यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट

पोखरा-यही बैशाख २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । प्रतियोगिताको उदघाटन हावर्ड एकेडेमी विरुद्ध सृजना स्कुलले खेल्ने छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईने छ । शीर्ष दुईले फाईनल खेल्ने छन् । विजेता तथा उपविजेता विद्यालयले ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन् । आगामी जुन (२०२५)मा एशियन क्रिकेट काउन्सिलको आयोजनामा एसिसी मेन्स यु १६ इष्टजोन कप हुने छ । त्यसको पूर्व तयारी स्वरुप कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय यु १६… पुरा पढौ

शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

पोखरा -नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेको हो । खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितिसकेकी छिन् । उनले नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम,… पुरा पढौ

लायन्स कप भलिबलः इरानी अन्तिम चारमा, आर्मी पराजित

पोखरा-पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो । भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २८–२६… पुरा पढौ

प्रथम लायन्स कप भलिबलःइरानी र नेपाल पुलिस बिजयी

पोखरा-पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आमन्त्रित टोली इरानी र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । उद्घाटन खेलमा इरानी टोलीले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५—२० ले आफ्नो पक्षमा पारेको… पुरा पढौ