गण्डकी

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता… पुरा पढौ

पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४… पुरा पढौ

होराईजन आदर्श कपको अन्तिम चारमा

पोखरा-आयोजक आदर्श क्लबको यात्रा पहिलो खेलबाटै टुगिदा वालिङको होराईजन क्लब भने अन्तिम चारमा प्रवेश गरेको छ । २६ औं आदर्श कप अन्तर्गत शनिबार भण्डारढीक खेल मैदानमामा भएको प्रतिस्पर्धामा होराईजनले आयोजको चुनौतिलाई १–० गोलले पन्छायो । होराइजनका विश्व थापाको गोल निर्णायक बन्यो । उनले खेलको ८१ औ मिनेटमा गरेको गोलले होराईजनलाई अन्तिम चारमा प्रवेश पर्याप्त बन्यो । आयोजक भने निराश बन्न पुग्यो । विश्व थापा म्यान अफ द म्याच बन्न सफल भए । आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६… पुरा पढौ

आजदेखि आर्दश कप, कास्की र नेपाल प्रहरी बीच उदघाटन

पोखरा-भण्डारढीक खेल मैदानमा आजदेखि छब्बीसौं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । आदर्श क्लबको आयोजना तथा फष्ट च्वाईस फुड्स प्रालिको मुख्य प्रायोजन तथा आदर्श हार्डवयर एवं छत्रधर आत्रेयको सह प्रायोजनमा हुने प्रतियोगिताको उदघाटन कास्की ११ ले नेपाल प्रहरीको गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । कास्की ११ साविक विजेता समेत हो । प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको मुख्यालयको टोली प्रतिस्पर्धा गर्ने छ । राष्ट्रियस्तरको… पुरा पढौ

गण्डकी प्रदेश च्याम्पियन

पोखरा -नेपाल क्योकुशिन(कान कराते संघ कास्कीको आयोजनामा माघे संक्रान्तिको अवसरमा ढुङ्गेसाँघु टुटुङ्गा पोखरामा सम्पन्न पचिस्सौं माछापुच्छ्रे राष्ट्रिय फुल कन्ट्याक्ट कराते तथा सातौं क्योकुशिन(कान कराते प्रतियोगितामा तौल समुहमा पुरुषतर्फ गण्डकी प्रदेशका मोशस कुमाल र महिला तर्फ बाग्मती प्रदेशकी बिनिता घर्तिमगर च्याम्पियन बनेका छन् । पुरुष खुल्ला तौल समुहको फाईनल खेलमा मोशेस कुमालले मधेश प्रदेशका सबिन वाईबालाई पराजित गर्दै च्याम्पियन बने । गण्डकीका अनिश बि।क र मधेश प्रदेशका एलेक्स थापा मगर तृतीय भए । महिला खुल्ला तर्फ बाग्मतीकि बिनिता घर्तिमगरले मधेश प्रदेशकी… पुरा पढौ

बैशाख १८ गते दशौैं पोखरा स्पोर्टस अवार्ड

पोखरा-आगामी बैशाख तेस्रो साता पोखरामा दशौं पोखरा स्पोर्टस अवार्डको मिति तय गएिको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले… पुरा पढौ

फेन्सिङ संघको तेस्रो साधारण सभामा कार्यालय उदघाटन

पोखरा-पोखरामा एक दशक अघि मात्रै फेन्सिङ खेल भित्रियो । भित्रिएको छोटो समयमै फेन्सिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाईसकेको छ । फेन्सिङको युथ वल्र्ड च्याम्पियनसिपमा पोखरेली कृपा गुरुङको सहभागिताले फेन्सिङ खेललाई अझ उचाईमा पुर्रयाईदिएको छ । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितासँगै सर्वत्र चर्चामा रहेको फेन्सिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ कास्य पदक जित्दै नयाँ इतिहास कोर्यो । सहभागिता जनाएसँँगै चार कास्य पदकले फेन्सिङ खेलप्रतिको उत्साह झल्काईदिएको थियो । डा. मघुसुदन सुवेदी फेन्सिङ संघको संस्थापक अध्यक्ष हुन् । उनै… पुरा पढौ

टी २० विश्वकप क्रिकेटको ट्रफी पोखरामा

पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनवारण गर्दै विश्वकप क्रिकेटमा सहभागित नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गरे । ट्रफी टुर कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रादेशिक क्रिकेट संघका पदाधिकारी एवं खेलकर्मीको उपस्थिति रहेको थियो ।… पुरा पढौ

माघ ९ गते देखि छैटौं टाईगर कप अन्तर्राष्ट्रिय भलिबल

पोखरा-आगामी माघ ९ गतेदेखि पोखरामा छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ शुरु हुदैं छ । पोखरालाई भ्रमण वर्ष घोषणा गरेसँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित टाईगर ग्रुप अफ पोखरा नेपालले अन्तर्राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने अन्तिम तयारीमा जुटेको छ । प्रतियोगितामा भारत र माल्दिभ्सबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल रेफ्रीको सहभागिता रहने छ । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले मंगलबार आयोजित पत्रकार सम्मेलनमा छैटौं संस्करणमा… पुरा पढौ

पुस दोस्रो साता नवलपुरमा आलोक स्मृति म्याराथन

पोखरा-दौडिन्छ नवलपुर भन्ने नारासहित पहिलो पटक नवलपुरमा आलोक स्मृति राष्ट्रिय खुल्ला म्याराथन प्रतियोगिता हुदैं छ । यही पुस १२ गते जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा पहिलो पटक म्याराथन प्रतियोगिता हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीले प्रवद्र्धन गरेको छ । १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला समेत दौडिन्छ नवलपुरमा समावेश गरिएको छ । नवलपुर जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमका अनुसार आलोक चक्रपथमा हुने म्याराथनमा सातै प्रदेश र तीन विभागीय क्लबका धावकहरुले सहभागिता जनाउने पाउने छन् ।… पुरा पढौ