गण्डकी

अन्तराष्ट्रिय पोखरा म्याराथनको अब नयाँ रुट

पोखरा-अबको एक महिना पछि पोखरामा अन्तराष्ट्रिय पोखरा म्याराथन हुदैं छ । प्रतियोगिताको एक महिना अघि मात्रै नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई १७ वर्षपछि फेरेको छ । १८ औं संस्करणमा आईपुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदैै म्याराथन पुरा गर्ने छन् । शुरुवात पोखरा रंगशालाबाट हुने छ । समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौर(साईट)मा हुने छ । म्याराथन आगामी फागुन ५ गते शनिबार हुने छ । भुतपूर्व खेलाडी मञ्चले एक महिना अघि मात्रै नयाँ रुटका खोजीमा अध्ययन शुरु… पुरा पढौ

पुलिस माथि एपिएफको रोमाञ्चक जित

पोखरा- डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल‌ एपिएफ क्लबले महिलातर्फको सुखद सुरुवात गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकाल्दै सुखद सुरुवात गर्यो। चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ । पहिलो सेट २५–१८ र… पुरा पढौ

दुई पुलिस क्लब बीचको उदघाटन प्रतिस्पर्धा

पोखरा-दुई विभागीय पुलिस बीचको प्रतिस्पर्धासँगै चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० शुरु सोमबारदेखि हुदैं छ । पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धामा महिला तथा पुरुषको उदघाटन प्रतिस्पर्धा दुई पुलिस बीच हुने छ । सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिता शुरु हुने छ । महिला तर्फ विहान एपीएफले नेपाल पुलिससँगै खेल्दै भलिबलको रौनकता दिने छ । दोस्रो खेलको रुपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । पुरुष… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिस्ट्रीक ३२९२ को प्रायोजन

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ ले प्रायोजन गर्ने सम्झौता गरकेो छ । दुई संस्था बीच प्रायोजनको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बीच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक… पुरा पढौ

एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष समापन

पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा शुरु भएको एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्षको समापन भएको छ । पहिलो चरणको मंसिर २० गतेदेखि २६ गतेसम्म र दोस्रो चरणको पुस २२ गतेदेखि २६ गतेम्म पोखरा रंगशालामा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणमा विभिन्न जिल्ला र क्लबका गरी २४ जनाको सहभागिता रहेको थियो । दुई चरणको प्रशिक्षणमा प्रमुख प्रशिक्षक(शिक्षा) सन्जित सिंह र प्राविधिक निर्देशक हरि खड्काले प्रशिक्षण दिएका थिए । राष्ट्रिय खेलाडी, डी लाईसेन्स प्राप्त प्रशिक्षकले(कम्युनिटी कोर्ष गरेकोले)… पुरा पढौ

रुपा गाँउपालिकाको विजयी शुरुवात

पोखरा-माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ«े गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ। माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना सञ्चालित प्रतियोगितामा रुपा गाँउपालिकाले माछापुच्छ्रेगाँउपालिका रातोलाई २८–२६, २२–२५, २६–२४, २५–१८ को सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको हो । माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता बेष्ट फाईभमा खेलाईएको छ ।नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दश देशका धावकको नाम दर्ता

पोखरा-आगामी फागुन पाँच गते पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटिरहँदा विदेशी धावकहरुले भने आफनो नाम दर्ता भने गरिसकेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने नेपालकै पुरानो म्याराथनमा दौडिनमा १० देशका धावकहरुले आफनो नाम दर्ता गराईसकेका छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार बंगलादेश, क्यानडा, चीन, जर्मनी, भारत, जापान, साउदी अरेविया, ताईवान र बेलायतका धावकहरुले नाम दर्ता गरिसकेका छन् । मञ्चले १८ औं संस्करणमा आईपुग्दा नयाँ रुट कायम गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले यो… पुरा पढौ

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप बिहीबारदेखि

पोखरा-आज बिहीबारदेखि कास्कीको माछापुच्छ्रे गाँउपालिकामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुदै छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न। वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा।विको प्राङ्गणमा पौष २६ गते देखि २८ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने छ । नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट परिवर्तन

पोखरा-नेपाल भूतपुर्व खेलाडी मञ्च पोखराले आगामी फागुनमा आयोजना गर्ने पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट परिवर्तन गरेको छ । नयाँ रुटको लागि मञ्चले एक महिना अघि मात्रै अध्ययन गरेको थियो । अध्ययन गरिएको नयाँ रुटलाई अन्तिम रुप दिने तयारीमा मञ्च छ ।पुरानो रुटमा अधिकांश क्षेत्र राजमार्गमा थियो । राजमार्गकै कारण धावकलाई हुने दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै मञ्चले सवारी साधनको आवागमन कम हुने क्षेत्रलाई नयाँ रुटको रुपमा अध्ययन गरेको छ । ताल, मठ मन्दिर हेर्दै दौडिने धावकलाई अब ग्रामीण परिवेशसँग समेत साक्षात्कार गर्ने… पुरा पढौ

प्रदेशद्वारा प्रशिक्षक, रेफ्रि र खेलाडीहरुको विमा, औषधपचार छात्रवृत्तिको प्रस्ताव

पोखरा- प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिले प्रदेशमा सूचीकृत भएका प्रशिक्षक, रेफ्रि र खेलाडीहरुको विमा, औषधपचार र छात्रवृत्तिको प्रस्ताव गरेको छ । परिषदको समेबार बसेको कार्यकारी समितिको बैठकले उक्त प्रस्ताव गरिएको सदस्य सचिव श्रीधर शर्माले जनाएका हुन् । सदस्य सचिव शर्माका अनुसार परिषदको आह्वानमा सुचिकृत भएका ११ वटै जिल्लाका ५ सय ९४ जना प्रशिक्षक र रेफ्रिहरुको आकष्मिक विमा गर्ने निर्णय गरेको जानकारी दिंदै खेलाडीहरुको समेत आकष्मिक विमा र छात्रवृत्तिको व्यवस्था गर्ने कार्य प्रस्ताव अघि बढाएका हुन् । बैठकको निर्णयका बारेमा… पुरा पढौ