गण्डकी

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका… पुरा पढौ

क्रिकेट मैदानमा दुईवटा पीच निर्माण शुरु

पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा दुई नयाँ पीच निर्माण शुरु गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले भईरहेको पीचको पूर्व र पश्चिम तर्फ एक एक पीच थप्ने गरी काम शुरु गरेको छ । नयाँ दुई पीच तयार भएपछि छ वटा हुने छ । अहिले चार वटा पीच छन् । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलका अनुसार पोखरामा फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएलं शुरु हुनुभन्दा अघि दुईवटा पीच थिए । चार वटा पीचको बेस(आधार) भएपनि संघले दुईवटा मात्रै निर्माण गरेको… पुरा पढौ

पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा अनमोल च्याम्पियन

पोखरा-पोखरामा आयोजित छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम च्याम्पियन बने । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोसैो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए । ५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन… पुरा पढौ

राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा विभागीय टोली हावी

पोखरा-पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् ।पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए । यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लाग… पुरा पढौ

गिरिजाप्रसाद कोईराला स्मृति हक्की भोलिदेखि पोखरामा

पोखरा-पोखरामा पछिल्लो समय हक्कीको गतिविधि बढेको छ । नियमित प्रशिक्षण हुदैं आएको छ । प्रतियोगिता पनि निरन्तर छ । प्रदेश खेलकुद परिषद गण्डकीकै आयोजनामा दुई दिन अघि मात्रै गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न भईसकेको छ । पोखरामा यही असारको १० गतेदेखि राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुदैं छ । शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको स्मृती राष्ट्रिय पुरुष हक्कि प्रतियोगीताको पाचौ संस्करणको आवश्यक तयारी पुरा भएको छ । प्रतियोगिता असार १० गते देखी १२ गतेसम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा संचालन हुने छ… पुरा पढौ

कास्कीद्वरा प्रदेश स्तरीय हक्की प्रतियोगिताको उपाधी रक्षा

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुईदिनसम्म भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । पोखराको रामवजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाईनलमा वागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी रक्षा गरेको हो । गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधी जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद २० हजार, उपविजेता वागलुङ्ले… पुरा पढौ

कास्की गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पोखरा- पोखरामा आयोजित तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन बनेको छ । शनिबार पोखरा रंगशाला आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा कास्कीले तीन स्वर्ण दुई रजत र दुई कास्य पदक जित्दै च्याम्पियन बन्यो । बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । रिकर्भ पुरुष एकलतर्फ कास्कीका अशिम शेरचनले फाइनलमा कास्कीकै सुमन गुरुङलाई फाइनलमा ६–२ अंकले पराजित गरी स्वर्ण पदक जिते भने सुमन रजत पदकमा सिमित बने । सोही इभेन्टमा भने म्याग्दीका अमरेश… पुरा पढौ

स्याङजाले उचाल्यो टि–२० क्रिकेटको उपाधि

पोखरा-घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै स्याङजाले गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि उचालेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९.३ ओभरमा १०७ रनमा समेटियो । स्याङजा ३९ बल बाँकी रहदाँ ४ विकेटको क्षतीमा जित पक्का गर्दै उपाधिमा आफनो नाम लेखायो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । कास्कीको पारी सुखद बन्न सकेन । यु १९ का… पुरा पढौ

फुटबल संघद्वारा अभिभावकहरुलाई पोषण सम्बन्धी एकदिने कार्यशाला

पोखरा-कास्की जिल्ला फुटबल संघले उमेर समूहको फुटबल एकेडेमी शुरु गरेको वर्षदिनको समय वित्यो । एकेडेमीमा उमेर समूहको बालकहरुको उपस्थिति बाक्लिदैं गएको छ । एकेडेमीमा यु ८ देखि यु १८सम्मका झण्डै डेढसय खेलाडीहरुले नियमित प्रशिक्षण लिदैं आएका छन् । उनीहरुलाई पोखरा रगशाला बैकल्पिक फुटबल मैदानमा प्रशिक्षण संघले गराउँदै आएको छ । फुटबलको ग्रास रुट बलियो बनाउने अभियानलाई मूर्त दिन कास्की जिल्ला फुटबल संघले दैनिक प्रशिक्षण गराउँदै आएको छ । संघमा आवद्ध क्लबहरुले समेत प्रशिक्षण गराउँदै आएका छन् । प्रशिक्षण गराउने क्लबलाई… पुरा पढौ

एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

पोखरा-पोखरामा आयोजित यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन बन्न सफल भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन बन्यो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्का अधिकारीले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण पदक दिलाईन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान… पुरा पढौ