ट्रायथलन

सुरेश र अनिशा क्रस दुवाथोलन च्याम्पियन

पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा काठमाडौंको टोखामा आयोजित पुरुष क्रस दुवाथोलनको उपाधि सुरेश भुजेलले जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले उपाधि आफनो नाममा लेखाईन् । शनिबार टोखा गणेशस्थानदेखि चण्डेश्वरीसम्म आयोजित क्रस दुवाथोलनमा भुजेलले ३५ मिनेट ४० सेकेण्डमा पुरा गदैै उपाधि जिते । त्यसैगरी प्रेमसिंह मोयालले ३७ मिनेट ०८ सेकेण्डमा पुरा गर्दै दोस्रो र ३७ मिनेट १३ सेकेण्डमा पुरा गर्दै आईतसिंह तामाङ तेस्रो स्थानमा रहे । त्यसैगरी महिला तर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले ४३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनिन्… पुरा पढौ

एशियन कप ट्रायथलन जापानीज माकोतो र महिला तर्फ कोरियाकी पार्कलाई उपाधि

पोखरा(खेलाडी न्युज-पोखरामा आयोजित प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानीज खेलाडी माकोतो ओदाकुराले जितेका छन् । उनले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् । उनी विश्व वरियतामा ६३ औं र एयिशन क्षेत्रमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् । पोल्याण्डका खेलाडी डान मेसिन्तोशले ५४ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै रजत पदकमा चित्त बुझाए । तेस्रो स्थानमा भने कोरियाका जी ह्वान किमले ५५ मिनेट… पुरा पढौ

एशियन कप ट्रायथलन जापानीजले जित्दा साउथ एशियन च्याम्पियनसिपमा नेपालका थारुलाई स्वर्ण

पोखरा(खेलाडी न्युज)-अन्तराष्ट्रिय ट्रायथलन युनियनको प्राविधिक सहयोग र नेपाल ट्रायथलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानीज खेलाडी माकोतो ओदाकुराले जितेका छन् । उनले ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् । पोल्याण्डका खेलाडी डान म्याकटोसले ५४ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै रजत पदकमा चित्त बुझाए । तेस्रो स्थानमा भने कोरियाका जी ह्वान किमले ५५ मिनेट ०२ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाएका छन् । [caption id="attachment_6796" align="aligncenter" width="594"] Pokhara-Asia Cup triatholan[/caption] साउथ… पुरा पढौ

एशियन कप ट्रायथलनमा सहभागि खेलाडीको ‘डोपिङ टेष्ट’ गरिने

पोखरा(खेलाडी न्युज)-भोलि शनिबार हुने एशियन कप ट्रायथलन च्याम्पियसिपमा सहभागी खेलाडीको डोपिङ परीक्षण(टेष्ट) गरिने छ । नेपालमा आयोजित ट्रायथलन च्याम्पियनसिपमा पहिलो पटक खेलाडीको डोपिङ टेष्ट गरिने नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । प्रतिबन्धित औषधीको प्रयोगलाई निरुत्साहित गर्न डोपिङ टेष्ट गरिने उनको भनाई थियो । ‘हामीले क–कसको डोपिङ टेष्ट गर्ने निर्णय गरिसकेका छौं । त्यही अनुसार खेलाडीको टेष्ट गर्न स्याम्पल लिन्छौं,’ अध्यक्ष श्रेष्ठले भने–‘टेष्टको लागि लिईने स्याम्पल भने भारत पठाउँछौं । रिपोर्ट आएपछि त्यही अनुसारको निर्णय गर्छौ ।’ भारतबाट टेष्ट… पुरा पढौ

शनिबार एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप ट्रायथलन

पोखरा(खेलाडी न्युज)-पोखरामा भोलि शनिबार फेवाताल किनारमा ट्रायथलनको एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप शुरु हुदैै छ । त्यसको लागि सहभागि खेलाडीहरु पोखरा आईपुगेका छन् । ‘एक वर्ष अघि नै फिक्स भईसकेको कार्यक्रम हो । त्यसैले आवश्यक तयारीलाई पुरा गरेका छौं ।’ कास्की ट्रायथोलन संघका सचिव प्रकाश बरालले बताए । च्याम्पियनसिपको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ । स्वीकृतिको लागि १ हजार डलर खर्च गरिएको संघले जनाएको छ । ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत… पुरा पढौ

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा आयोजित ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व कायम गरेको छ । ट्रायथलन पुरुष तर्फको प्रतिस्पर्धमा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । एक मिनेटले पछि परेका आर्मीकै खेलाडी बसन्त थारु रजत पदकमा चित्त बुझाए । थारुले १ घण्टा ९ मिनेट ९ सेकेण्डको समयमा पुरा गरेका थिए । तेस्रो स्थानमा भने शसस्त्र प्रहरी बलका नितेश मानन्धर रहे । उनले १ घण्टा १५ मिनेट ९ मिनेटमा… पुरा पढौ