ट्रायथलन

हिमाल र हिराकुलाई दुवाथलनको उपाधी

पोखरा-नेपालका हिमाल टमाटाले आफनै समयलाई सुधार्दै पोखरामा आयोजित दुवाथोलनको उपाधी जितेका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरीलाई हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । सन २०१९ मा आयोजित दुवाथोलनमा उनले ५७ मिनट १४.३० सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका थिए । दुवाथोलन महिला तर्फको उपाधी जापानकी हिराकु फुकुओकाले जित्न सफल भईन् पोखरामा आयोजित एशिया ट्रायथोलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत आईतबार दुवाथोलन आयोजना… पुरा पढौ

युचिदा र शाबालिनालाई एशिया कपको उपाधि

पोखरा-तीन वर्ष अघिको समयलाई सुधार्दै जापानीज खेलाडी जेन्ता युचिदा ट्रायथोलन एशिया कपको उपाधि जितेका छन् । ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडमा जापानीज एथ्लेट ले ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् । उनले पहिलो संस्करणका विजेता माकोतो ओदाकुराको समयलाई समेत पछि पार्दै नयाँ टाईमिङसहित च्याम्पियन बन्न सफल भए । ओदाकुराले ५४ मिनेट १७ सेकेण्डको समय लगाएका थिए । जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

एशिया कप ट्रायथोलन भोली शनिबार

पोखरा -नेपाल ट्रायथोलन संघको आयोजनामा एशिया ट्रायथोलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि संम्पूर्ण तयारी भएको संघले जनाएको छ । संघले खेलाडीहरुलाई रुट तथा खेलको नियमबारे पूर्ण रुपमा जानकारी गराईसकिएको जनाएको छ । प्रयोग गरिने साईकल, जर्सी समेत संघले अन्तराष्ट्रिय ट्रायथोलन युयिननको नियमानुसार परीक्षण गरी फाराम भरिएको उल्लेख गरेको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि… पुरा पढौ

एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप

पोखरा-आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको दोस्रो संस्करण शुरु हुदैं छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा दोस्रो पटक हो । पहिलो संस्करण सन २०१९ मा आयोजना गरिएको थियो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप समेत हुने छ । यही चैत १९ गते शनिबार ट्रायथोलन तथा २० गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । च्याम्पियनको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ ।… पुरा पढौ

ट्रायथोलनको प्रशिक्षण कार्यक्रम

काठमाडौं- नेपाल ट्रायथोलन संघले स्कुलका बालबालिकालाई ट्रायथोलन सम्वन्धि विविध प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । लिटिल डलफिन स्वीम स्कुलसंगको सहकार्यमा प्रदान गर्दै आईरहेको प्रशिक्षण कार्यक्रमको दौरान वेष्ट भेन्यु, कालोपुलमा शनिबार खेलकुद संग सम्वन्धित सैद्वान्तिक पक्षका साथै खेलाडीहरुलाई आवश्यक खुराक र त्यसको उचित प्रयोगको बारेमा ज्ञान प्रदान गरियो । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्ने उद्वेश्यले ट्रायथोलन संघले लिटिल डलफिन स्वीम स्कुलसंगको सहकार्यमा बिद्यालयका बालबालिकाहरुलाई विगत लामो समयदेखि सैद्धान्तिक तथा प्राविधिक ज्ञान प्रदान गर्दै आईरहेको छ । त्यही क्रममा खेलकुदसंग सम्वन्धित ज्ञान… पुरा पढौ

टिशा र प्रारम्भले जिते यु १६ उपाधी

काठमाडौं-टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु १६ तर्फ बिजयी भएका छन् । नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा भएको प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनट ५६ सेकेन्डका साथ टिशाले र पुरुष तर्फ २३ मिनट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् । महिला तर्फ आजमी श्रेष्ठले २६ मिनट ३९ सेकेन्डका साथ दोश्रो र रोशा न्यौपानेले ३१ मिनट २६ सेकेन्डका साथ तेश्रो… पुरा पढौ

दुवाथोलनको सिरिज फाईनल पोखरामा

पोखरा-नेपाल ट्रायथोलन संघले क्रस दुवाथोलनको सिरिज पोखरा गर्ने निर्णय गरेको छ । तीन संस्करण काठमाडौंमा सम्पन्न भईसकेको छ । थप दुई संस्करण आयोजनापछिको अन्तिम संस्करण पोखरामा आयोजना गर्ने संघले निर्णय गरेको हो । क्रस दुवाथोलन सिरिज अन्तर्गत तेस्रो संस्करणको उपाधि धरानका किरण लिम्बुले जितेका छन् । २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् । लिम्बुले पुरा गरेको समय तेश्रो संस्करण सम्मको सबै भन्दा छोटो समय हो ।… पुरा पढौ

अच्युत र करिशालाई क्रस दुवाथोलनको उपाधि

पोखरा-क्रस दुवाथोलनको दोस्रो संस्करणको उपाधि अच्युत कृष्ण खरेल र करिशा महर्जनले जितेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा जम्प नेशनको संयुक्त आयोजनमा शनिबार भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणको उपाधि खरेल र महर्जनले जितेका हुन् ।ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डमा पुरा गर्दै खरेलले उपाधि आफनो नाममा लेखाउँदा ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए । खरेलले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार… पुरा पढौ

व्यास अल्ट्रा दौडको पुरस्कार राशी बढ्यो

तनहुँ,– व्यास नगरपालिकाले आयोजना गर्ने व्यास अल्ट्रा दौड आयोजना गर्दै छ । यही माघ १६ गते शहीद दिवसको अवसरमा आयोजना दौडको पुरस्कारमा यसपाली चार हजार एक रुपैयाँका दरले ृबृद्धि गरिएको छ । विगत चार बर्षदेखि पर्यटन प्रर्बद्धनका लागि व्यासले दौड आयोजना गर्दै आएको छ । प्रथम हुने धावकले ८५ हजार ७७ रुपैयाँ प्राप्त गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार दोस्रोले ६५ हजार ७७ रुपैयाँ, तेस्रोले ५५ हजार ७७ रुपैयाँ र सान्त्वना हुने पाँच जनाले १६ हजार ७७… पुरा पढौ

दुवाथनल सिरिजको दोश्रो संस्करण शनिबार किर्तिपुरमा

काठमाडौं-नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार काठमाण्डौको प्राचिन ऐतिहासिक शहर किर्तिपुरको जखामा हुने भएको छ । स्थानिय स्तरमा स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने लक्षका साथ संचालन गरिएको सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगिय प्राचिन शहर टोखामा सम्पन्न भईसकेको छ । प्रत्येक दुई हप्तमा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ चोभारमा… पुरा पढौ