कोरोना कहरमै आईपिएल मालामाल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित


आईपिएलमा १० टिमको स्वीकृति

एजेन्सी-नेपालमा कोरोना कहरले खेलकुद क्षेत्र शून्यतामा छ । आर्थिक कारोबार मन्द छ । तर कोरोना कहरमै आयोजना गरिएको भारतीय फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल)ले भने अर्बौ रुपैयाँ कमाएको छ ।

कोरोनाको ग्राफ उकालिरहेको अवस्थामा भारतीय क्रिकेट बोर्ड(बिसिसीआई)ले आईपिएल संयुक्त अरब इमिरेटस(युएई)मा आयोजना गर्ने निर्णय गरेको थियो ।

मार्च अप्रिलमा आयोजना गर्ने कार्यतालिका भएपनि नोभेम्बर दोस्रो साता टुंगियो । झण्डै एक महिने लामो आईपिएलमा बिसिसीआईले ४ हजार करोड रुपैयाँ कमाएको छ । आईपिएलले कोरोनाको जटिल अवस्थामा पनि ऐतिहासिक आम्दानी गरेको बिसिसीआईका कोषाध्यक्ष अरुण धुमलले एक अन्र्तवार्तामा सुनाए । उनले बोर्डले अघिल्लो प्रतियोगितामा भन्दा ३५ प्रतिशत लागत कम भएको जनाए ।

टिभीबाट हेर्ने दर्शकको संख्या २३ प्रतिशतले बृद्धि भएको छ । बोर्डका अनुसार मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स बीचको खेलमा सर्वाधिक दर्शकले हेरेका थिए । प्रतियोगिता नभएको भए क्रिकेट खेलाडी तथा प्रायोजकको लागि एक वर्ष त्यसै खेर जाने अवस्था थियो । बोर्डका अध्यक्ष सौरभ गांगुलीले कठिन तर चुनौतिपूर्ण अवस्थामा निर्णय गर्दै आईपिएल युएईमा खेलाउने निर्णय गरेका थिए ।

प्रतियोगिता शुरुवातमै चेन्नईका खेलाडी तथा बिसिसीआईका पदाधिकारी नै कोरोना संक्रमित भएपछि झनै त्रासको अवस्था सृजना भएको थियो । आईपिएलकै दौरानमा बोर्डले ३० हजारको कोरोना भाईरस परीक्षण गरेको थियो ।