
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ ।
अल अमिरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई नतिजा सुम्पिएको नेपालल आज जितको खोजीमा मैदान उत्रिनेछ । यस अघिका भेट सुखद बनाउन नसकेको नेपालल सुखद बनाउने लक्ष्य राखेको छ ।
सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । ओमान भने नेपालविरुद्ध जारी सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । यस्तै ओमान नेपाललाई लगातार चौंथो भेटमा पनि अघिल्ला खेलमा प्राप्त नतिजालाई निरन्तरता दिन चाहन्छ । यस अघि लिग–२ को सिरिज अन्तर्गत नै २०२० मा भएका दुई खेलमा पनि नेपाल पराजित भएको थियो । भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो ।
ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो । ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।
यस्तै शुक्रबार भएको दोस्रो भेटमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो । लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…