
काठमाडौं । दुबईमा सुचारु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा चेन्नेई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

कोरोना महामारी पछि सुचारु भएको विश्वको सबै भन्दा महंगो फ्रेन्चाईज प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो ।

चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए । एडम मिल्नेले १५ रनमा बनाए । चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चाहरले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय पारी खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २÷२ विकेट लिए ।

यस जितसँगै चेन्नईले ८ खेलमा १२ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।



पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…