नेपाल र भारत भिड्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २४ गते २०७८ मा प्रकाशित



काठमाडाैं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आफ्नो तेस्रो खेजलमा चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्न चाहन्छ ।

माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज भारतविरुद्ध खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको दोस्रो खेलमा पनि श्रीलंकालाई हराउँदै साफ च्याम्पियनसिप तालिकाको शीर्षता कायम राख्न सफल भयो ।

नेपाल विरुद्ध सधै भारत हावी हुने गरेको इतिहासमा आज नेपालले इतिहास तोड्ने लक्ष्यमा हुनेछ । किन कि नेपालमा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले एक खेलमा बराबरी र एक खेलमा नतिजा सुम्पिएको थियो । सोही खेल नेपालका लागि कमी कमजोरी केलाउने मौका मिलेको छ भने त्यसपछिको कतार भ्रमणमा नेपालले सोही कमीकमजारी सुधार गर्ने मौका पाएको छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले भारतसँगको खेलका लागि टोलीले राम्रो तयारी गरेको तथा चरण अनुसार नै अगाडि बढेकाले भारतविरुद्धको खेल अर्को चरण भएको भन्दै सुखद नतिजाका लागि खेल्ने बताए ।

नेपाल र भारतबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । अघिल्ला दुई खेलमा निकालेको जितलाई निरन्तरता दिने लक्ष्यका साथ टोली मैदान उत्रिनेछ । भारतविरुद्धको खेल नेपालका लागि कठिन हुने भन्दै प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफको सर्वाधिक सफल टोली भारतविरुद्ध जितका लागि खेल्ने बताए ।

प्रतियोगितामा यस अघिका दुई खेलमा बराबरी खेलेको भारत पनि नेपालविरुद्ध जित निकाल्दै अगाडि बढ्ने लक्ष्यमा हुने छ । फुटबल प्रतिस्पर्धा अन्तर्गत नेपाल र भारत हालसम्म २१ पटक आमने सामने भएका छन् ।

यी प्रतिस्पर्धाको गणितामा नेपाल विरुद्ध भारत पुर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।