
काठमाडाैं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो । जितसँगै ३ खेलमा ५ अंक जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब बंगलादेशसँगको खेल नेपालका लागि गर या मरको अवस्थामा हुने छ । नेपालले बंगलादेशसँग बराबरी गरे वा जित निकालेमा फाइनल पुग्नेछ ।


बंगलादेशलाई भने जित्नै पर्ने दबाब छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौथाे स्थानमा छ । नेपाल र बंगलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलंका भने बाहिरिसकेको छ ।



पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…