मुख्य समाचार

सदस्य सचिव शर्मा पदमुक्त

पोखरा- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्तिक १८ गते बसेको मन्त्रीपरिषदको बैठकले सदस्य सचिवलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सदस्य सचिवको बर्खास्तसँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट अन्योलमा परेको छ । “प्रस्तुत विषयमा प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य सचिवको हैसियतमा तपाईले पदीय जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह नगरेको, कार्यसम्पादन सन्तोषजनक नहरेको तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएकोमा सम… पुरा पढौ

कार्तिक १८ गतेदेखि राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

पोखरा- गण्डकी प्रदेश टेनिस संघ, पोखराको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रंगशाला टेनिस कम्प्लेक्समा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ हुने छ । नेपाल टेनिस संघको स्वीकृति तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट ८ देखि १८ वर्षमुनिका ४३ जना गल्र्स तथा ब्वाइज खेलाडीहरूको सहभागिता जनाउने छन् । प्रतियोगितामा विभिन्न उमेर समूहमा सिंगल्स तथा डबल्स विधाका प्रतिस्पर्धा आयोजना हुने छ । राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीहरूको पहिचान, टेनिस खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा… पुरा पढौ

जिल्लास्तरीय छैंटौं लेखनाथ कप कराँते

पोखरा-छैटौँ लेखनाथ कप तथा ११औँ कास्की जिल्ला स्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा बागमारा डोजोले ७ स्वर्ण, ५ रजत र १० कांस्य गरी कुल २२ पदक जित्दै च्याम्पियन बनेको छ । लेखनाथ पावरहाउस डोजोले ४ स्वर्ण, ३ रजत र ४ कांस्य गरी ११ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै, लामगादी डोजोले २ स्वर्ण र २ कांस्य गरी ४ पदकसहित तेस्रो, लेखनाथ रंगशाला डोजोले १ स्वर्ण, २ रजत र ६ कांस्य गरी ९ पदकसहित चौथो स्थान पिएन क्याम्पस डोजोले १ रजत… पुरा पढौ

हमालको नेतृत्वमा आर्दश युवा क्लबको नयाँ कार्यसमिति

लेखनाथ-पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिकस्थित आदर्श युवा क्लबको अध्यक्षमा विष्णु हमाल सर्वसम्मत चयन भएका छन् । आईतबार भएको क्लबको २९ औं साधारणसभा तथा १४ औँ अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसैगरी समितिको उपाध्यक्षमा सन्तोष गुरुङ सचिवमा ओमप्रसाद कुमाल कोषाध्यक्षमा कृष्ण कुमाल सहसचिवमा राजीव भण्डारी चयन भएका छन् । सदस्यहरूमा भीषण गुरुङ ,राहुल गुरुङ, बेलप्रसाद गुरुङ, सञ्जय कुमाल, सुवास गुरुङ र जीवन तामाङ चयन भएका छन्। कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको निर्वाचन संयोजक मदन तिवारीले… पुरा पढौ

पोखरामा एघारौं राष्ट्रिय सेपाक ताक्रो प्रतियोगिता

पोखरा-पोखरा भित्रिएको झण्डै साढे दुई दशकपछि सेपाक ताक्रोको राष्ट्रिय प्रतियोगिता आयोजना हुदैं छ । प्रतियोगिताको लागि सहभागित विभागीय तथा प्रदेशका टोलीहरु शनिबार पोखरा आईपुगेको गण्डकी प्रदेश सेपाक ताक्रो संघले जनाएको छ । यो खेल सिंगापुरका रिटायर्ड पुलिसले पोखरा भित्र्याएका हुन् । शुरुवाती चरणमा यो खेलप्रति निकै चासो थियो । तर पछिल्लो समय पोखरामा सेपाक ताक्रोको खासै खेल देखिदैन् । बेत र बाँसको चोयाबाट बुनेर बनाइएको खोक्रो बल प्रयोग हुने यो खेल पछिल्लो समय प्लाष्टिकको बल प्रयोग हुदैं आएकोछ । दशौं… पुरा पढौ

जेसिज सप्ताहमा सडक दौड, श्रेष्ठ प्रथम

लेखनाथ । नेतृत्व विकास र सामाजिक सेवामा काम गर्दै आएको संस्था लेखनाथ जेसीजको जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जुनियर जेसीजको समेतको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सडक दौडमा २७ मिनेट ५८ सेकेण्डमा पूरा गरी गौतम श्रेष्ठ प्रथम हुन सफल भए । कुल साढे आठ किलो मिटर दुरीको सडक दौड तालचोकबाट पावरहाउस, तागाकोमुख हुँदै शिसुवासम्म गरिएको प्रतियोगितामा २८ मिनेट १६ सेकेण्डमा पूरा गरी प्रित राईले द्धित्तीय तथा २८ मिनेट ५८ सेकेण्डमा पूरा गरी तेजन मगरले तृतीय स्थान हाँसिल गरेका थिए । निर्धारित… पुरा पढौ

शारीरिक सुगठनका खेलाडी छनोट

धन बस्नेत,कास्कीप्रदेश शारीरिक सुगठन संघ गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न इभेण्टमा शारिरीक सुगठनका खेलाडीहरु छनोट गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले कार्तिक १७ गतेभित्र प्रदेशका खेलाडी छनोट गरिसक्नुपर्ने परिपत्र गरेपछि शारीरिक सुगठनका खेलाडीहरु छनोट गरिएको हो । छनोट भएका खेलाडीहरुमा अम्मर थापा(पुरुष ५५ केजी), चनबहादुर थापा(६० केजी), आकाश गुरुङ(६५ केजी), शिशिर थापा(७० केजी) रहेका छन् । त्यस्तै अशोक शेरचन(७५ केजी), कुलबहादुर श्रेष्ठ(८० केजी) र युक्तराज दुरा(८० केजीमाथि)को तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।पुरुष स्पोर्टस फिजिक तर्फ निरज… पुरा पढौ

अन्योलमा छनोट प्रतियोगिता

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्थानीय तहदेखि नै खेलाडी छनोटको परिपत्र राष्ट्रिय खेलकुद परिषदले सबै प्रदेश परिषदलाई पठाएको छ । राखेपले प्रदेश खेलकुद परिषदलाई ४९ लाख रुपैयाँ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट तथा बन्द प्रशिक्षणको लागि बजेट पठाईसकेको छ । स्थानीय तहदेखि नै छनोट गर्ने परिपत्र अनुसार गण्डकी प्रदेशको खेलकुदको हब कास्कीमा पाँच स्थानीय तह छन् । चार गाँउपालिका र एक महानगरपालिका । पालिकाबाट छनोट भएका खेलाडी जिल्ला तहमा छनोटका लागि आउने हुन् । तर कास्कीका कुनैपनि स्थानीय तहबाट खेलाडी… पुरा पढौ

माघ ५देखि १६सम्म आहारारा पोखरा गोल्डकप

पोखरा-सहारा क्लब पोखराले २६ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा जुटेको छ । क्लबले आगामी माघ ५ गतेदेखि १६ गतेसम्म गोल्डकप आयोजना गर्ने सार्वजनिक गरेको छ । हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहने गोल्डकपको आयोजना मिति मात्रै तय भएको क्लबले जनाएको छ । मिति तयसँगै प्रतियोगिताको आन्तरिक तयारीसहित गृहकार्य अगाडि बढाईएको क्लबले जनाएको छ । अखिल नेपाल फुटबल संघ फुटबलको सर्वोच्च संस्था फिफाबाट प्रतिबन्ध भएपछि नेपाली फुटबल शून्यतामा पुगेको छ । नेपाली फुटबललाई मोसफसलबाटै चलायमान… पुरा पढौ

नैतिक जिम्मेवारी लिएर पद त्याग्छु—सदस्य सचिव शर्मा

धन बस्नेत,कास्की- दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको हकहितको लागि प्रस्ताव गरिएको बजेट निकासा नभए प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले नैतिक जिम्मेवारी लिदैं पद त्याग्ने घोषणा गरेका छन् । सदस्य सचिव शर्माले खेलाडीको हकहितका लागि आफुले लड्दै आएको जनाउँदै बजेट निकासा नभए आफुले नैतिकतामा पद त्याग्ने स्पष्ट पारे । खेलाडी पदक वितरणमा विवादमा तानिएका सदस्य सचिवले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग ९ करोड ६८ लाख रुपैयाँ बजेट माग गरेको उल्लेख गरे । “जिल्ला तथा प्रदेश… पुरा पढौ