मुख्य समाचार

पोखरामा “वाकिङ फुटबल”

पोखरा-उमेर ढल्कियो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता झल्कियो । त्यही आत्मियता झल्काउने फुटबल प्रतियोगितालाई “वाकिङ फुटबल” नाम दिईयो । सधैं उमेर समूहले मात्रै प्रतिस्पर्धा गर्ने फुटबल पोखराको मालेपाटनमा भने ७० वर्षदेखि ९२ वर्ष उमेर पुरा गरेको पाकाले खेले । उमेरमा हानेको फुटबलको झल्को मेटाए । मनले बल भेट्यो तर… पुरा पढौ

जेठ २० मा छैटौं अन्नपूर्ण म्याराथन

पोखरा-साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति कास्कीले आगामी जेठ २० गते अन्नपूर्ण म्याराथनको छैटौं संस्करण गर्ने तयारीमा जुटेको छ । समितिले मौरिस हर्जोग(फ्रान्सेली पर्वतारोही) ले अन्नपूर्ण हिमाल आरोहणको अवसरमा जेठ २०(जून ३)मा वर्षेनी म्याराथन आयोजना गर्दै मनाउने गरेको छ । ४१३० मिटरको उचाईबाट शुरु हुने यो दौड कास्कीको पर्यटकीय गाँउ घान्द्रुक आएर टुंगिने छ । एभरेष्ट म्याराथनपछिको सर्वाधिक उचाईको यो दौडले पर्यटन प्रवद्र्धन मात्रै नभई पर्वतारोही मौरिस हर्जोगको सम्मानार्थ समेत आयोजना गरिएको समितिले उल्लेख गरेको छ… पुरा पढौ

प्रदीप र नारायणी वर्ष खेलाडी

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको १० औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी भएका छन् । पोखरामा बिहीबार भएको कार्यक्रममा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का र महिलातर्फ नारायणी भण्डारी सर्वोत्कृष्ट भएका हुन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीले अवार्डसँगै हिरोको जुम स्कुटर प्राप्त गरेका छन् । पुरुषतर्फको विधाको मनोनयनमा विजेता खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए । भने महिलातर्फ भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा रहेकी… पुरा पढौ

वर्ष महिला खेलाडी को होला

पोखरा-दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । मनोनयन पर्नेहरुमा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर हुन् । उनीहरुको समान विशेषता भनेको सबैजना स्पोर्टस् अवार्डका लागि पहिलोपल्ट मनोनयनमा परेका हुन्… पुरा पढौ

“वर्ष उत्कृष्ट प्रशिक्षक” अवार्डमा पूर्व खेलाडीहरुको प्रतिस्पर्धामा

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘१०औँ पोखरा स्पोट्र्स अवार्ड’ को ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ विधामा खेलाडीबाट प्रशिक्षक बनेकाहरु बिच प्रतिस्पर्धा हुने भएको छ । यस विधाको मनोनयनमा परेका तीन हस्तीहरु तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारीको एउटा रोचक समानता छ । उनीहरू हिजोका सफल खेलाडी हुन्, जसले मैदानमा पसिना बगाएर देशका लागि पदक जिते र आज त्यही अनुभवलाई नयाँ पुस्तामा बाँड्दै कुशल प्रशिक्षकका रूपमा आफूलाई उभ्याएका छन् । आफ्नो खेल जीवनको उचाइपछि प्रशिक्षकको रूपमा नयाँ… पुरा पढौ

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज नाइट रनको उपाधि

नेपालगन्ज-दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस९एम्स०बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै प्रथम हुँदा भुपेन्द्र सुनार दोस्रो भए । उनले ३३ः०४ः७७ मिनेटमा दुरी पुरा गरे । यसमा बाँके नरैनापुरका अरविन्द यादवले ३३ः०८ः०९ मिनेटमा पुरा गर्दै तेस्रो भए । महिला १०किमीतर्फ धादिङकी सन्तोषी ३९ः०९ः००… पुरा पढौ

खेलाडी मनोनयन सार्वजनिक

कास्की-दशौं रारा पोखरा स्पोर्टस अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख ३१ ग्ते प्रदान गरिने स्पोर्टस अवार्डको विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिएको हो । उत्कृष्ट पुरुष तर्फ प्रदीप खड्का(लनटेनिस), विज्ञान टी.खत्री(जुडो) र सन्जुविक्रम शाह(भलिबल) मनोनयनमा परेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । यसैगरी महिला तर्फ नारायणी भण्डारी (एथलेटिक्स), मोनिका राना (आर्चरी) र मनिष तामाङ (जुडो)रहेका छन् । उदीयमान खेलाडीमा निभा राई(व्याडमिन्टन), अनुष्का अधिकारी(एथलेटिक्स), सचिन सुनार(तेक्वान्दो) रहेका छन् । उत्कृष्ट… पुरा पढौ

नेपाल पुलिस क्लबलाई उपाधि

पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट कुर्नुपरेको थियो । १० खेलाडीम सिमित त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै (५–४) पुलिस च्याम्पियन बन्न सपल भयो । पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षकले… पुरा पढौ

घरेलु टोली विरुद्ध नेपाल पुलिसको सानदार जित

पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा ८(० निकाल्यो । नेपाल पुलिस क्लबकी अन्तराष्ट्रिय खेलाडी रेखा पौडेलले ह्याट्रिक पुरा गरिन् । उनले आरएस विरुद्ध सर्वाधिक पाँच गोल गरिन् । आर एस फुटबल क्लब पोखराको आयोजनामा शुरु भएको प्रतिस्पर्धा पोखरामा पहिलो थियो । पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना गरिएको… पुरा पढौ

अन्तिम तयारीमा जुट्दै मञ्च

पोखरा-नौ विधामा पुरस्कार दिईने दशौं सस्करणको रारा पोखरा स्पोर्टस अवार्डको तयारी अन्तिम चरणमा छ । खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख ३१ गते पोखरा इभेण्ट सेन्टरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्ने छ । मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन तयारी चाउचाउले गरेको छ । विभिन्न संघसंस्थाले विभिन्न विधामा पुरस्कार प्रायोजन गरेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । उत्कृष्ट महिला, उत्कृष्ट पुरुष, स्पेशल अवार्ड, उदीयमान, दर्शक छनोट(पिपुल्स च्वाईस), लाईफटाईम अचिभमेन्ट, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट क्लब तथा संघसंस्थालाई… पुरा पढौ