मुख्य समाचार

प्रिन्स र रसिलालाई प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि

पोखरा-युवा खेलाडी प्रिन्स दाहालले पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । महिला तर्फका उपाधि भने आर्मीकी रशिला महर्जनले जितिन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा पुरुष तर्फको फाईनलमा दाहालले त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनलाई १९–२१, २१—१२ र २१—१४ को सेटमा पराजित गरी उपाधि जितेका हुन्। उनले एकलसँगै मिक्स डवल र पुरुष डवल तर्फको विधामा समेत स्वर्ण पदक जितेका छन् । महिला तर्फ भोजपुरकी नङसाल तामाङलाई २४–२२ र २१–१३… पुरा पढौ

शसस्त्रले शाख जोगाउँदा धरान बाहिरियो

पोखरा-धरान फुटबल क्लबलाई २–० गोल अन्तरमा पराजित गर्दै शसस्त्र प्रहरी बल(एपीएफ क्लब) पोखराको मैदानमा डिफेण्डिङ च्याम्पियनको शाख जोगाएको छ । कमजोर मानिएको धरानले शसस्त्रलाई कडा चुनौति पेश गर्यो । पहिलो हाफमा व्यहोरेको गोल नै धरानको यात्रा शनिबार टुंगिदाँ शसस्त्रलाई जितको लागि पर्याप्त बन्यो । दोस्रो हाफमा पाएका केही अवसरलाई धरानले उपयोग गर्न नसक्दा आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल यात्रा तय गर्न सकेन् । पहिलो गोलको खोजीमा रहेको शसस्त्रले झण्डै ३७ मिनेट कुर्नु पर्यो । विकु तामाङको फ्लिक बल गोलमा परिणत… पुरा पढौ

प्रदीप र अभिलाषालाई टेनिस उपाधि

पोखरा-प्रणव खनालको चुनौतिलाई संघर्षपूर्ण रुपमा पन्छाउँदै १९ औं माछापुच्छ्रे बैंक खुला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । पोखराकै टेनिस कोर्टमा प्रणव खनाललाई नेपालका शीर्ष बरियताका प्रदीप खड्कासँग दोस्रो पटक पराजित हुन पुगे । शनिबार भएको फाईनल प्रतिस्पर्धामा प्र्रदीपले ६–३, १–६ र ७–५ को सेटमा पन्छाउँदै नगद ८० राशीको पुरस्कारसहित च्याम्पियन बने । महिला तर्फको उपाधि भने अभिलाषा विष्टले जितिन् । उनले सर्वानी श्रेष्ठलाई सोझो सेटमा पन्छाईन् । सर्वानीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन्… पुरा पढौ

प्रिन्स र प्रफुल, रसिला र नङसाल उपाधि प्रतिस्पर्धा

पोखरा-व्याडमिन्टनका युवा खेलाडीद्वय प्रिन्स दाहाल र प्रफुल महर्जन पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रतिष्प्रर्धा गर्ने छन् ।पुरुष एकल तर्फको विधामा नेपाल पुलिस क्लवका दाहाल र त्रिभुवन आर्मी क्लवका महर्जनबीच उपाधि प्रतिस्पर्धा हुने छ । आर्मीका महर्जनले नेपाल पुलिस क्लवका बिष्णु कटुवाललाई २१—१३, १७—२१ र २१—११ को सेटमा पराजित गरेका थिए । दाहालले त्रिभुबन आर्मी क्लवका डेविड थापा मगरलाई २१—१५ र २१—९ को सोझो सेटमा पराजित गरी महर्जनसंग फाइनलमा यात्रा बनाएका हुन्। महिला एकल तर्फ नेपालको नम्बर १… पुरा पढौ

उत्कृष्ट पुनरागमन गरेको चर्च ब्वाईजको रोमाञ्चक जित

पोखरा-उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब भने पहिलो खेलबाटै बिदाई लिएको छ । पोखराको आहा रारा गोल्डकपमा गर्विलो इतिहास बोकेको नेपाल पुलिस क्लब चर्च ब्वाईजसँग २–१ गोलले पराजित हुदैं बाहिरिन पुग्यो । पोखरामा आफनो शाख जोगाउने पुलिसको प्रयास अतिरिक्त समयमा विफल भयो । पहिलो हाफमै गोल गर्दै उत्कृष्ट शुरुवात गरेको पुलिस भने दोस्रो हाफमा लय समाउन नसकेपछि चर्च ब्वाईजले पुनरागमन गर्यो । खेलको ७८ औं मिनेटमा आईपुग्दा चर्च… पुरा पढौ

कमल थापालाई ६५ वर्षमाथिको भेट्रान टेनिस उपाधि

पोखरा-६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित १९ औं माछापुच्छ्रे बैंक खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रदीप खड्का र प्रणव खनाल उपाधि प्रतिस्पर्धा हुने छ। पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको सेमिफाईनलमा नेपालका शीर्ष बरियताका प्रदीपले बुटवलका ऋतिक रानालाई पराजित गर्न… पुरा पढौ

१२वर्षपछि सहारामाथि धरानको ऐतिहासिक जित

पोखरा-पाएको अवसरलाई सदुपयोग गर्नुनै फुटबलको सुन्दर पक्ष हो । खेलको चौथो मिनेटमा धरान फुटबल क्लबले पाएको फ्रिकिक अवसर नै गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता गर्यो । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुदाँ पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छ । पोखराको मैदानमा सहारा र धरान बीच तेस्रो पटक उदघाटन भिडन्त थियो । बिहीबार पोखरा रंगशालामा धरानले चौथो मिनेटमा गरेको गोल निर्णायक बन्यो । २०६८ सालमा धरान र सहारा क्लब… पुरा पढौ

प्रदीप खड्का अन्तिम चारमा

पोखरा-१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ । नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो । पोखरा रंगशाला टेनिस एरिनामा भएको प्रतिस्पर्धामा खड्काले पोखराकै सौगात विकलाई सोझो सेटमा पराजित गर्दै अन्तिमचारमा प्रवेश गरेका हुन् । खड्काले सौगातलाई पहिलो सेटमो जित निकाल्न निकै कठिनाई व्यहोरे । पहिलो सेट ७–५ को स्थितिमा लिएका खड्कालाई सौगातले निकै चुनौति दिए । तर दोस्रो सेट भने सहजै खड्काले आफनो पक्षमा पारे । उनले… पुरा पढौ

आज सहारा र धरान भिड्दै

पोखरा-आयोजक सहारा क्लबले धरान फुटबल क्लबसँग उदघाटन खेल्दै २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको विधिवत शुरुवात हुदैं छ । दिउँसो २ बजे पोखरा रंगशालामा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उदघाटन गरेसँगै ‘बल किक’ हुने छ । धरानले पोखराको मैदानमा नयाँ इतिहास कोर्ने लक्ष्यमा हुने छ । सहाराले धरानमाथि तेस्रो पटक जित हासिल गर्दै ह्याट्रिक गर्ने अवसरको खोजीमा रहने छ । यी दुई बीचको उदघाटन भिडन्त तेस्रो पटक हो । दुई पटक सहाराले बाजी मार्दा धरान उदघाटन खेलबाटै विदाई हुदैं… पुरा पढौ

पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा-पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा उक्त प्रतियोगिता बुधबार देखि सुरु भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए । यही पुष १६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरे । कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश राजधानि पोखरामा नवौं राष्ट्रिय खेलकुद सकिए पनि लगातार जसो विभिन्न खेलगतिविधिहरु भई रहेको बतए । मेयर आचार्यले अर्को बर्ष देखि उक्त प्रतियोगितालाई मेयर कपको… पुरा पढौ