मुख्य समाचार

कास्की फुटबल संघद्वारा बल तथा आर्थिक सहयोग हस्तान्तरण

पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो । सोही अवसरमा कास्की जिल्ला फुटबल संघले संघमा आवद्ध क्लबहरुलाई समेत बल हस्तान्तरण गरिएको छ । क्लबहरुलाई फुटबल प्रशिक्षणमा सहजताको लागि संघले नियमित रुपमा बल सहयोग स्वरुप प्रदान गर्दै आएको छ । केही दिन अघि मात्रै संघले १५ वटा विभिन्न विद्यालयलाई फुटबल हस्तान्तरण… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डलाई टाइगर गु्रपको साथ

पोखरा-रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको दशौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गर्ने क्रममा टाईगर ग्रुप पनि जोडिएको छ । विभिन्न संघसंस्थाले सहयोगी भूमिका खेलिरहेको अवस्थामा टाईगर ग्रुप पनि अवार्डको हिस्सेदारी बनेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच सहयोग गर्ने गरी सम्झौता भएको छ ।सम्झौता पत्रमा हस्ताक्षर गर्दै टाईगर गु्रप… पुरा पढौ

केल्मी नेपाल सह प्रायोजक

पोखरा- रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपाल सह प्रायोजकको भूमिका निर्वाह गरेको छ ।स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरा स्पोर्टस अवार्डमा एक अर्काबिच सहकार्य गर्ने गरी सम्झौता भएको हो । सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे । केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले… पुरा पढौ

रारा चाउचाउ दशौं पोखरा स्पोर्टस अवार्डको प्रायोजक

पोखरा- १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच सम्झौता भएको हो । पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हिमश्री फुड्सको तर्फबाट प्रवन्ध… पुरा पढौ

श्रेष्ठ, पाल र चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की -पोखरामा आयोजित दोस्रो पोखरा ओपन एथलेटक्सि मिटमा तीन राष्ट्रिय कीर्तिमान बनेका छन् । दुई महिला तथा एक पुरुष एथलिटले ट्रयाक एण्ड फिल्डमा राखेका हुन् । महिला तथा पुरुष तीन हजार मिटर नयाँ राष्ट्रिय कीर्तिमान बनेका हुन् । तीन हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा पुरुषतर्फ पनि सोही इभेण्टमा सुदुरपश्चिमका मुकेशबहादुर पालको नाममा कीर्तिमान लेखियो । त्यस्तै महिला लङजम्प तर्फ सीमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भईन् । चौधरीले आफनै नाममा… पुरा पढौ

गण्डकी च्याम्पियन, अनुष्का र अभिनाश उत्कृष्ट खेलाडी

पोखरा-यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी च्याम्पियन बनेको छ । गण्डकीकी अनुष्का अधिकारी सर्वोत्कृष्ठ खेलाडी घोषित भईन् । बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल एथलेटिक्स संघको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा गण्डकी प्रदेश १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित च्याम्पियन बन्यो । बागमती प्रदेश ६ स्वर्ण, ६ रजत र १ कांस्य पदकका साथ दोस्रो तथा सुदूरपश्चिम प्रदेश ४ स्वर्ण, ५ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो । ट्रयाकतर्फ गण्डकीकी… पुरा पढौ

गण्डकीलाई १५ सयमा दुई स्वर्ण

पोखरा-शनिबारदेखि शुरु भएको यु २० एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ सय मिटर दौडमा गण्डकीका नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण पदक जितेका हुन् । नारायणी भण्डारीले १५ मिटर दौड ५ मिनेट १० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितिन् । त्यस्तै बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डको समय लगाउँदै रजत र लुम्बिनी प्रदेशकी गुञ्ज यादवले ५ मिनेट २७. ९१ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । नेपाल एथलेटिक्स… पुरा पढौ

शनिबार दोस्रो पोखरा ओपन एथलेटिक्स मिट

पोखरा-पोखरामा दुईदिनपछि आयोजना हुने दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा सहभागि खेलाडीहरु पोखरा आउने क्रम शुरु भएको छ । एथलेटिक्स मिटकै अवसरमा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापन र नेपाल एथलेटिक्स संघको आयोजनामा शनिबार र आईतबार चौथो यु २० एथलेटिक्स च्याम्पियनसिप हुदैं छ । यु २० एथलेटिक्स च्याम्पियनसिपमा विभिन्न २४ विधामा प्रतिस्पर्धा हुने छ । पोखरा ओपनमा भने ३० विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला एथलेटिक्स संघका सचिव एवं प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । उनका अनुसार दुई वटा छुट्टाछुट्टै प्रतिस्पर्धामा… पुरा पढौ

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा -दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि खेलाडीहरूको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार… पुरा पढौ

आगामी शनिबार पोखरामा रात्रीकालिन सडक दौड

पोखरा-पोखरामा आगामी शनिबार रात्रीकालिन सडक दौड हुदैं छ । पोखराको बजारमा पोखरा पहिलो पटक पोखरा नाईट स्ट्रिट रन हुने छ । यसै वर्ष नेपालगन्जमा रात्रीकालिन दौड आयोजना गरिएको थियो । दौडका संयोजक दीननाथ बरालका अनुसार सडक दौड ५ किलोमिटरको हुने छ । यद्यपी दुरी झण्डै ७ किलोमिटरको हुने अनुमान गरिएको छ । पोखराका लेकसाईडस्थित सेन्टरप्वाईन्टबाट हल्लनचोक हुदैं जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोकबाट उक्लिएर न्युरोडबाट विपिचोक हुदैं महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर टुंगिने छ । पोखरा होटल संघले फेवा नव वर्षको आयोजना गर्दै छ… पुरा पढौ