मुख्य समाचार

प्रशिक्षक शून्यता उन्मुख

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छ खेलकुद । मिति तय भईसकेको छैन् । मिति घोषणा पछि नियमित प्रशिक्षणको खाँचो छ । प्रशिक्षणको लागि प्रशिक्षकको अभाव छ । स्वयं सेवक प्रशिक्षककै भरमा पदकको आशा गर्नुपर्ने बाध्यता छ ।खेलकुदको शहर पोखरा । पोखराको खेलकुद खस्किदै गएको छ । खस्किनुको मुख्य कारण प्रशिक्षणको अभाव । प्रशिक्षक नै छैनन् । जिल्ला खेलकुद विकास समिति कास्कीका अब केव दुई प्रशिक्षक मात्रै छन् । सितेरियो कराँते र शारीरिक सुगठनको । ती बाहेक अन्य खेलका प्रशिक्षक भने… पुरा पढौ

प्रतिक्षा दशौं राष्ट्रिय खेलकुद

पोखरा-निर्वाचन सकिएसँगै मतपरिणाम पनि अन्तिम चरणमा छ । समानुपातिक मतगणनाको परिणाम आएसँगै निर्वाचन प्रक्रिया पूर्णत सकिन्छ । नयाँ सरकार गठन हुने छ । नयाँ सरकार गठनसँगै खेलाडीको आशा सर्दै गएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय हुने छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिकामा निर्मित रंगशालाले विभिन्न खेलका एथलिटलाई स्वागत गर्न आतुर छ । चार पटक मिति सरेर पनि अन्यौलपूर्ण बन्दै गएको खेलकुद प्रतियोगिता अब भने स्थायी सरकार गठनसँगै प्रतियोगिता सजह रुपमा हुने छ । प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन… पुरा पढौ

राईलाई फेब्रुअरीको मन्थ्ली मेडल गल्फ

पोखरा-फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन हरी राईले जितेका छन् । शनिबार पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ४३ स्कोरसहित उपाधि जित्न सफल भए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धमा राईले ७ अण्डरको स्कोरसहति उपाधि जित्न सफल भए । चार अण्डर ४० सहित कलम सुवेदी उपविजेता बन्न सफल भए । त्यस्तै मेजर विजय मोक्तान काउण्ट व्याकमा तेस्रो स्थानमा चित्त बुझाए । ग्रस तर्फको पुरस्कार भने क्याप्टेन बद्री राईले जितेका छन् । लङगेष्ट ड्राईभ हिर्काउँदै इन्स्पेक्टर जीवाराम गुरुङले… पुरा पढौ

सहारा एकेडेमीमा फ्लडलाइट जडान

पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ । बत्ती जडानले रात्रीकालिन प्रशिक्षणमा समेत सहज हुने विश्वास क्लबले लिएको छ । एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन… पुरा पढौ

लेखनाथ रङ्गशाला निर्माण चुनावी एजेण्डा

लेखनाथ-पोखरा रंगशालाको बैकल्पिक रंगशालाको रुपमा हेरिएको लेखनाथ रंगशाला यतिबेला चुनावी एजेण्डा बनेको छ । हरेक वर्ष भौतिक पूर्वाधार तथा मैदान स्तरोन्नति गर्न माग गर्दै आएका छन् । चासो भने कसैले दिएका छैनन् । अहिले चुनावी सरगर्मी बढिरहेकै बेला नेपाली काँग्रेकाका उम्मेदवार तिलक रानाभाटले रंगशाला निर्माण आफनो चुनावी एजेण्डासहित अघि बढेका छन् । मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ । मैदानकै उत्तर तर्फ बहुउदेश्यीय कभर्ड हल आर्थिक अभावमा अलपत्र परेको छ । तर स्थानीय, प्रदेश र संघीय सरकारले पनि कभर्ड हल र… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता !, धमाधम छनोट प्रतियोगिता

पोखरा-सन्दर्भ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता । मिति २०८२ फागुन १ देखि ७ गतेसम्म । स्थान सुर्खेत रंगशाला बीरेन्द्रनगरनगरपालिका ।राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको अन्तिम मिति हो । तर स्थगित भएको सूचना बाहिर आएन् । आयोजना गर्ने जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद यतिबेला मौन छ । नियमन निकाय युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहीन छ । ६ महिनाको लागि मन्त्री बनेका बब्लु गुप्ताले पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भन्दै मिति तय गरे । घोषित मितिमा प्रतियोगिता आयोजना गर्ने जमर्को गरियो… पुरा पढौ

सहारालाई दोस्रो पटक गोल्डकपको उपाधि

धन बस्नेत/कास्की १३ वर्षपछि सहाराले पोखराको मैदानमा फेरी उपाधि उचाल्दै इतिहास दोहोर्याएको छ । गोल्डकपको रजत जयन्ती मनाईरहेको सहाराले पच्चीसौं संस्करणको उपाधि उचाल्दै दोस्रो पटक आफनो नाममा लेखायो । जावलाखेलले उपाधि उचाल्ने लक्ष्य र सपना पुरा हुन सकेन् । उपविजेतामा चित्त बुझाउन विवश बन्यो । शनिबारको फाईनल खेलमा जावलाखेलमाथि सहाराले २—० गोलको जित निकाल्यो । १४ वर्ष अघि पनि जावलाखेल मनाङ मस्र्याङ्दी क्लबसँग फाईनलमा २—० गोलले नै पराजित भएको थियो । दोस्रो पटक उपाधिरजत जयन्ती मनाइँदा सहाराको भाग्य बलियो देखियो… पुरा पढौ

इतिहास कोर्ने(जावलाखेल) र दोहोर्याउने(सहारा)को भिडन्त

धन बस्नेत/पोखरा आहारारा पोखरा गोल्डकपको भोलि शनिबार फाईनल हुदैं छ । जावलाखेल र आयोजक सहारा उपाधिको लागि अन्तिम घडीमा छन् । इतिहास कोर्ने र इतिहास दोहोर्याउने संघारमा छ । शनिबार उपाधिसँगै पच्चीसौं आहा रारा पोखरा गोल्डकप विधिवत टुंगिने छ । सहारा ९ वर्ष फाईनल पुगेको हो । चार पटक फाईनल पुगेको सहाराले दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिने छ । जावलाखेल १४ वर्षपछि पोखराको मैदानमा फाईनल प्रवेश गरेको हो । १४ वर्ष अघि फाईनलमा उपाधि विहीनको अवस्थालाई अन्त्य गर्दै… पुरा पढौ

१४ वर्षपछि जावलाखेल फाईनलमा

धन बस्नेत/कास्की उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनल यात्रा तय गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—० गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । १४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं उपाधि विमुख भएको जावलाखेलले उपाधिको लागि सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्ने छ । खेलको ५२ औं मिनेटमा जावलाखेललाई भाग्यले साथ दियो । कुसान गानिजानोभले आत्मघाती… पुरा पढौ

सडन डेथको भाग्यसँगै सहारा फाईनलमा

धन बस्नेत/कास्की सडन डेथमा फेरी एकपटक भाग्य चम्किदाँ सहारा क्लब नौ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि निकट पुगेको छ । पोखराको मैदानमा निकै भाग्यमानी क्लबको रुपमा दरिएको मनाङ मस्र्याङ्दी क्लब बुधबार अभागी बन्ने क्रममा सहारा क्लबसँग सडन डेथमा पराजित हुन पुग्यो । निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित टुग्याएका थिए । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा पुग्यो । सडन डेथमा सहाराका कप्तान शुशिल लामाको प्रहार गोल(७—६) भएपछि चौथो पटक फाईनल यात्रा तय गर्यो ।… पुरा पढौ