मुख्य समाचार

शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता

पोखरा-कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला आर्चरी मैदानमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता शुरु हुदै छ । प्रतियोगिता स्टाण्डर्ड–३० मिटरको हुने संघले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आर्चरीमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कास्की जिल्ला आर्चरी संघले पहिलो पटक प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता आयोजना गरेको हो । स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा प्रदेशका छ जिल्लाका ६६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)ले प्रतियोगितामा कास्की,… पुरा पढौ

अन्तत डाकिएका सबै खेलाडी प्रशिक्षणमा फर्किए (फोटो फिचर)

काठमाडाैं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । फाेटाे साैजन्यः क्यान पुरा पढौ

सधै कप्तान बन्न आएको हैन– ज्ञानेन्द्र मल्ल

काठमाडाैं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडी सहित सबै जसो खेलाडी मैदानमा देखा परेका हुन । मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पुर्व कप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल… पुरा पढौ

काडिजमाथि सेभियाको कठिन जित

एजेन्सी । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गरे । लुकासले ५८औँ मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । ७५ प्रतिशत बल पोसेसन राखेको सेभियालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । बलियो सेभियालाई रोक्ने काडिजको रणनिति पहिलो हाफमा सफल भएपनि दास्रो हाफमा विफल बन्यो । घरेलु मैदानमा नौ… पुरा पढौ

आहा रारा गोल्डकपको २० औं संस्करण माघ ६ गतेदेखि

पोखरा-आहा रारा गोल्डकपको २० औं सस्करण आगामी माघ ६ देखि १५ गतेसम्म हुने अखिल नेपाल फुटबल संघले मिति तय गरिदिएको छ । क्लबले मागेकै समय फुटबल संघले उपलब्ध गराएको हो । यद्यपी फुटबल विगतमा झैं १० दिन आयोजना हुने छ । पछिल्लो दुई वर्षयता सहारा क्लबले आहा रारा गोल्डकपलाई १० दिनमा टुग्याउँदै आएको छ ।- प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन… पुरा पढौ

भलिबल खेलाडीलाई गण्डकी प्रदेश खेलकुद मन्त्रालयद्वारा सम्मान

पोखरा-एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले दोसल्ला ओढाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाली महिला भलिबल टोलीका कप्तानसहित गण्डकी प्रदेशका चार खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । महिला भलिबलकी कप्तान अरुण शाही कप्तान(म्याग्दी), उषा भण्डारी(तनहुँं), सोफिया पुन(बाग्लुङ) र शान्तिकुमारी थारु(नवलपुर)लाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगदसहित सम्मान गरिदाँ नेपाल भलिबल संघका कार्यबहाक जिम्मेवारी सम्हाल्दै बंगलादेश… पुरा पढौ

ब्रिगेडमाथि मनाङको संघर्षपूर्ण जित, उक्लियो शीर्षस्थानमा

पोखरा-ब्रिगेड ब्वाईज क्लबलाई १-० को संघर्षपूर्ण जित निकल्दै मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो । यसअघि मनाङले घरेलु मैदान नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । जितले मनाङलाई एएफसी खेल्ने सम्भावनालाई जिवितै राखेको छ । पहिलो हाफको अतिरिक्त समयमा कप्तान अन्जन विष्टको हेडर निर्णायक गोल भएपछि मनाङले स्पष्ट तीन अंक आफनो खातामा जोड्न सफल रह्यो । पोखरामै दोस्रो पटक प्लेयर अफ दि… पुरा पढौ

घरेलु कोर्टमा प्रदीपलाई टेनिस उपाधी

पोखरा-साता अघि मात्रै काठमाडौंमा प्रधान सेनापति कप टेनिसका उपाधि जितेका पोखरेली खेलाडी प्रदीप खड्का पोखरामा आयोजित १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिसको उपाधि रक्षा गरेका छन् । नेपालका शीष बरियताका आरभसम्राट हाडालाई सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद ८० हजार रुपैयाँ प्राप्त गरे । पुरुष एकल तर्फको प्रतिस्पर्धामा शुक्रबार पोखरा रंगशाला टेनिस कम्प्लेक्समा भएको फाईनल प्रतिस्पर्धामा खड्काले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । गत महिना काठमाण्डौमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा… पुरा पढौ

कप्तान परिवर्तनको निर्णय क्यानको अधिकार हो-पुबुदु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले कप्तान परिवर्तनका लागि गरेको निर्णय क्यानको क्षेत्राधिकार भएको बताएका छन् । बिहीबार पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुलले यस्तो बताएका हुन । प्रशिक्षक पुबुदुले सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन । नेपाल फर्किएपछि खेलाडी र क्यानसँग आफ्नो छलफल भएको भन्दै खेलाडीको मुख्य गुनासो सेन्ट्रल कन्ट्रयाक्टमा रहेको र समाधान भए सबै बाँकी समस्या… पुरा पढौ

उपाधि रक्षा गरेकाे महिला भलिबल टाेलीलाई काठमाडाैंमा भव्य स्वागत

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरीएको छ । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमानस्थल पुगेरै स्वागत गरेका हुन् । खेलाडीहरुको हौसला बढाउन बिमानस्थल पुगेका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई दिएका छन् । त्यसक्रममा अपराजीत खेलाडीहरुलाई बाजा बजायर स्वागत गरिएको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित… पुरा पढौ