मुख्य समाचार

आर्मी र शसस्त्रलाई दोस्रो टाईगर कप भलिबल उपाधि

पोखरा-लिगचरणमा हार व्यहोरेको नेपाल आर्मीले टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई फाईनलमा पराजित गर्र्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि जित्न सफल भएको छ । शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै आर्मीले पुरुष तर्फको उपाधि उचाल्यो । महिला तर्फ भने आर्मीलाई पराजित गर्दै शसस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा आर्मीले हेल्प नेपाललाई लिगचरणमा व्यहोरको हारको बदला लिदैं उपाधि उचाल्यो । पहिलो सेटमा १४–६ ले अग्रता लिएको आर्मीले २५–१८… पुरा पढौ

हेल्प नेपाल र त्रिभुवन आर्मी उपाधिको लागि भिड्ने

पोखरा-हेल्प नेपालले गण्डकी प्रदेशलाई र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि फाईनल प्रवेश गरेका छन् । हेल्प नेपाल १० अंकसहित फाईनल प्रवेश गर्दा त्रिभुवन आर्मी ९ अंकसहित उपाधि निकट पुगेको हो । हेल्प नेपालले शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ । राउण्ड रोविन लिगमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको थियो । शुक्रबारसम्म आईपुग्दा हेल्प नेपाल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई फाईनल प्रवेशको… पुरा पढौ

एपीएफसँग गण्डकी दुईरनले पराजित

काठमाडौं-प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा लुम्बिनीले प्रदेश नम्बर २ माथि ४२ रन तथा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेका हुन । एपीएफले आफ्नो तेस्रो खेलमा गण्डकी प्रदेशलाई जितका लागि ९३ रनको कमजोर लक्ष्य दिए पनि बलरको उत्कृष्ट प्रदर्शनमा एपीएफ लगातार जितको यात्रा जारी राख्न सफल भयो । गण्डकी २० ओभरमा ७ विकेट गुमाएर… पुरा पढौ

फाईनल प्रवेश रोमाञ्चक, अन्तिम खेलको प्रतिक्षा

पोखरा-एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब शसस्त्र प्रहरीलाई ३–१ को सेटले पन्छाएपछि दोस्रो संस्करणको टाईगर कप फाईनल प्रवेशको लागि अंक तालिका रोमाञ्चक बनेको छ । टाईगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सञ्चालित क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल पुलिस क्लब तीन जितसँगै शीर्षस्थानमा छ । पुलिसको ८ अंक छ । हेल्प नेपालले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । हेल्प नेपालको ७ अंक छ । नेपाल पुलिससँग पाँचै सेट खेलेर हार… पुरा पढौ

सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

पोखरा-२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको संघारमा रहेको सहारा क्लबलाई गोल्डकपको विभिन्न विधाको पुरस्कार हस्तान्तरण गरिएको छ । सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेष्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, गोलकिपर, प्रत्येक म्याचको प्लेयर अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी… पुरा पढौ

सञ्जु र जुनुमायाको नयाँ किर्तिमान

काठमाडौं-बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान बनाएका छन् । १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । उनले स्नाचमा… पुरा पढौ

न्यु डायमण्डमाथि शसस्त्रको संघर्षपूर्ण जित

पोखरा-शसस्त्र प्रहरी बलले न्यु डायण्ड स्पोर्टस क्लबलाई पाँचै सेटमा संघर्ष जित निकाल्दै दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि यात्रालाई बलियो बनाएको छ । बुधबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरीले दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै पाँचौ सेटमा जित निकाल्न सफल भयो । पहिलो सेट २१–२५ मा गुमाएको शसस्त्र प्रहरीले दोस्रो सेटमा कम ब्याक गर्यो । दोस्रो सेट शसस्त्रले २५–२१ म लिदैं बराबरी गरेपछि खेल रोचक बन्यो । दर्शकले पनि भलिबलको पूर्ण मनोरन्जन लिने पाएको… पुरा पढौ

गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं ।  नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको… पुरा पढौ

गण्डकी प्रदेश दुई विकेटले पराजित

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशले दिएको १ सय १७ रनको लक्ष्य प्रदेश नम्बर २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग २४ रनको पराजय भोगेको प्रदेश नम्बर २ ले गण्डकीविरुद्ध जित हात पार्दा कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन जोडे । सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७ रन बनाए । बलिङ तर्फ गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा विशाल पौडेल र सुवास भण्डारीले… पुरा पढौ

त्रिभुवन आर्मीसँग शसस्त्रको दुवै टोली पराजित

पोखरा-टाईगर कप दोस्रो आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीको महिला तथा पुरुष टोलीले जित आत्मसात गरेको छ । विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीले शसस्त्र प्रहरी बलको टोलीलाई पराजित गरेको थियो । आर्मीको महिला तथा पुरुष दुवै टोलीले जित निकाल्ने क्रममा चार सेट खेलेका थिए । नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा शसस्त्र प्रहरी बल दोस्रो हारसँगै दोस्रो टाईगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको अवस्था छ । विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीसँग… पुरा पढौ