मुख्य समाचार

उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशको ढाकास्थित मिरपुर शहिद शुरवार्दी इन्डोर स्टेडियममा सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३, २५–१४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा २३–२३ को अवस्थामा नेपालले लगातार दुई अंक जोड्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो । जारी प्रतियोगितामा लगातार चौथो जित निकालेको नेपालले जितसँगै ४ खेलबाट चार खेलबाट ११… पुरा पढौ

एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

धनगढी-विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । उपाधि जितेसँगै  विभागीय टीम एपिएफले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको प्रदेश १ ले नगद ३ लाख सहित ट्रफी र… पुरा पढौ

मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडाैं । सुनिल बलको फ्रि–किक गोलको सहयोगमा शनिबार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मच्छिन्द्रले इन्जुरी समयमा गोल निकाल्दै शीर्ष स्थानको मनाङलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । पराजित मनाङको पनि छनोट हुने सम्भावना रहेको छ । सातौ चरणको खेल सम्म क्लब लाइसेन्स प्राप्त टोलीलाई एएफसी कप छनोट… पुरा पढौ

बंगलादेशमा नेपाली महिला र पुरुष टोलीको दमदार प्रदर्शन

काठमाडौं । माल्दिभ्समाथि सहज जित निकाल्दै नेपालले बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्जकपमा लगातार दोस्रो जित निकाल्दा पुरुष तर्फको खेलमा नेपालले अघिल्लो सिजनको उपविजेता उब्जेकिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा पुरुष टोलीले उज्बेकिस्तानलाई पुनरागमन ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । महिला तर्फको खेलमा प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाईका खेलाडीलाई… पुरा पढौ

पोखरामा १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिस

पोखरा-आईतबारदेखि पोखरा रंगशाला टेनिस कोर्टमा १८ औं सस्करणको माछापुच्छ्रे खुल्ला टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा गतवर्ष कोभिडले रोकिएको प्रतियोगितालाई यो वर्ष निरन्तरता दिदैं पुस ११ गतेदेखि पोखरा रंगशालाका ६ वटा कोर्टमा शुरु हुने छ । संघले खुल्ला महिला तथा पुरुष सहित भेट्रान्स इभेण्टलाई पनि निरन्तरता दिएको छ । महिला तथा पुरुष दुवै इभेण्टमा खुल्ला प्रतिस्पर्धा गराईने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष एवं संयोजक नविन चालिसेले जानकारी दिए । खुल्ला महिला तथा पुरुष एकल र… पुरा पढौ

क्यानको साधारणसभा स्थगित

काठमाडौं । पुस १४ र १५ गते धनगढीमा तय भएकाे नेपाल क्रिकेट संघ (क्यान) काे वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै साधारणसभा स्थगित गरिएको जनाएको छ । क्यानको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, केहि जिल्ला संघले अधिवेसन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेको कारण स्थगित गरिएको क्यानले जनाएको छ । 'नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही… पुरा पढौ

पुनरागमनमा श्रीलंकामाथि नेपाली महिला टोलीको रोमाञ्चक जित

काठमाडौं । दुई सेटले पछि परेको पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा सुखद सुरुआत गरेको छ । बंगलादेशको मिरपुरस्थित सोहरावर्दी राष्ट्रिय इन्डोर स्टेडियममा भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै च्यालेन्ज कपमा सुखद सुरुआत गरेको हो । यससँगै नेपालले श्रीलंकामाथि विजयी अभियानलाई निरन्तरता दिएको छ । यसअघि सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।… पुरा पढौ

छैठौं चरणका खेल मच्छिन्द्र र मनाङको खेल रोमाञ्चक हुने

काठमाडौं -मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेलमा सम्भावन कायम राख्न लागि शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दीसँगको खेल जित्नै पर्ने दबाब रहेको बताए । बिहीबार छैठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक कटुवालले सम्भावन जिवित राख्न स्पष्ट अंक महत्वपूर्ण हुने भन्दै सुखद नतिजाका लागि खेल्ने बताएका हुन । ‘मनाङसँगको खेलमा स्पष्ट अंक निकै महत्वपूर्ण छ । एएफसी कप छनोट र लिगमा अगाडि बढ्न जित्न आवश्यक छ,’ मच्छिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘टोलीमा इन्जुरी समस्य भएको छ ।… पुरा पढौ

खेलाडीमाथिको कारबाही फिर्ता लिन ६ केन्द्रीय सदस्यको माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारबाहीबारे फरक धारण राखेका ६ जना बोर्ड सदस्यले खेलाडीमाथिको कारबाहीमा आपत्ति जनाएका छन् ।क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न को माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही गरेको आरोप लगाउँदै कारबाही फिर्ता लिनु पर्ने… पुरा पढौ

महानगर खुल्ला टेबल टेनिसमा मुना र अनुशलाई स्वर्ण

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित महानगर खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि महिला तर्फ मुना थापा र पुरुष तर्फ अनुश कुँवर च्याम्पियन बनेका छन् । पोखरा रंगशाला टेबल टेनिस कोर्टमा बुधबार भएको फाईनल प्रतिस्पर्धामा महिला तर्फ मुना थापाले सुजाता पौडेललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितिन् । उनले ११–७, १२–१० र ११–८ को सेटमा पराजित गर्दै स्वर्ण जित्दा सुजाता रजत पदकमा सीमित भईन् । अनुषा गौतम र कल्पना थापाले कास्य पदक जिते । कास्की जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा… पुरा पढौ