मुख्य समाचार

महानगर वडास्तरीय व्याडमिन्टनमा वडा नं १६ च्याम्पियन

पोखरा-महानगर वडास्तरीय व्याडमिन्टनको उपाधि पोखरा महानगरपालिका वडा नं १६ ले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो । पोखरा रंशगालास्थित व्याडमिन्टन कभर्ड हलमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा पुरुष एकल तर्फ विशाल खड्का(१६)ले आफनै वडाका ईशान खड्का(१६)लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । विशालले ईशानलाई पराजित गर्ने क्रममा २३–२५,२१–१९ र २१–१८ को सेटका नतिजा निकाल्दै स्वर्ण जिते । विशन… पुरा पढौ

महानगर वडास्तरीय व्याडमिन्टन, सेमीफाईनल र फाईनल भोलि

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि महानगर वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फमेनुका गुरुङ ¬(१०), चन्द्रा छन्त्याल(१५), शितल केसी(१६) र आकृति केसी (१०) महिला एकल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् । पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा आयोजित वडास्तरीय व्याडमिन्टनमा मेनुका गुरुङले नमूना खड्का(१६)लाई २१–१६,२१–१६ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् । त्यसैगरी चन्द्र छत्यालले आयुष्मा नेपाल(१८)लाई २१–१०, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाईन् । शितल केसी(१६)ले अनु राना(१५)लाई १६–२१, २१–१६, २५–२३ को सेटमा पराजित गर्दै… पुरा पढौ

उपाधि रक्षा गर्ने महिला टोलीको लक्ष्य

काठमाडौं-बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले विदाई गरेको छ । राजधानीमा आज भलिबल संघले एक कार्यक्रमको आयोजना गरेर पर्सिबाट आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीलाई विदाई गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव, भलिबसंघका पदाधिकारीले बिदाई गरेका हुन् । दुबै टोली टोली भोली १२ बजे ढाका प्रस्थान गर्नेछ । विदाई पछि नेपाली पुरुष टोलीका कप्तान… पुरा पढौ

बिधान र बिशालको जोडीलाई हरिसिद्धि ब्याडमिन्टन उपाधी

काठमाडौं-कास्कीका बिधान अधिकारी र बिशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी उचालेका छन् । उक्त जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधी उचालेका हुन् । बिधान र बिकासको जोडीले पविन र सुरोजको जोडीलाई बा¥हबिसे कपमा पनि पराजित गर्दै उपाधी उचालेका थिए । बिजयी टिमले ५० हजार नगद मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिमले २५ हजार सहित मेडल, ट्रफी र प्रमाण… पुरा पढौ

मनाङले घरेलु मैदानमा पुलिसलाई हराउँदा जावलाखेलको पहिलोजित

पोखरा-जावालखेल युथ क्लबले च्यासल युथ क्बलाई हराउँदै सहिद स्मारक ए डिभजिन लिगमा पहिलो जित निकाल्द पोखरामा मनाङ मस्र्याङ्दी फुटबल क्लबले विभागीइ टोली नेपाल पुलिस क्लबलाई हराएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै पहिलो पटक स्पष्ट तीन अंक जोड्दा पोखरा रंगशालामा मनाङले पुलिसमाथि ३–१ को सहज जित निकालेको हो । लिगको चौथो चरण सम्म गोलको खाता खोल्न नसकेको जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल… पुरा पढौ

मनाङ मर्स्याङदी क्लवलाई प्रदेश सरकारको १० लाख सहयोग

पोखरा -गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले मनाङ मर्स्याङदीलाई१० लाख सहयोग दिएको छ । मनाङ मस्र्याङ्दी क्लबले उपत्यका बाहिर पहिलो पटक राष्ट्रिय ए डिभिजन लिग पोखरामा खेल्दै छ । मनाङले पोखरा रंगशाला फुटबल मैदानलाई होम ग्राउण्ड बनाएपछि ‘ए’ डिभिजन क्लब मोफसलमा सरेको हो । घरेलु मैदानमा लिग खेल्ने मनाङ लाईप्रदेश सरकारले १० लाख सहयोग गरेको हो । प्रदेश सरकारको सहयोगलाई क्लबले व्यवस्थापन लगायत फुटबल विकासका लागि खर्च गरिने गर्ने उल्लेख गरेको छ । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित… पुरा पढौ

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

पोखरा-आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ । डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा शुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो । पोखरा रंगशाला क्रिकेट मैदान यतिबेला नियमित जसो व्यस्त छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश छनोट भईरहेको छ । धनगढीमा आयोजना हुने प्रतियोगिताको लागि कास्की र स्याङजाको टोली बीच छनोट प्रतिस्पर्धा भएको छ । दुईवटा पीच तयारी अवस्थामा छ । ओमानमा… पुरा पढौ

ज्ञानेन्द्र कप्तानबाट बर्खास्त, सन्दीपलाई कप्तानको जिम्मेवारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै युवा लेग स्पिनर सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । खेलाडीको बर्गीकरणको विषयमा कप्तान, उपकप्तान दिपेन्द्र सिंह ऐरी लगायत चार खेलाडीले केही सञ्चार माध्यय दिएको अभिव्यक्तिपछि मागेको स्पष्टिकरण चित्त नबुझेको भन्दै क्यानले कारबाही पक्रिया अगाडि बढाएको थियो ।… पुरा पढौ

सदस्यचिवको पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्टिय खेलकुद परिषदका तत्कालीन सदस्य सचिवन रमेश कुमार सिलवाललाई सरकारले पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिश हरिपसाद फुयालको एकल इजलासले बुधबार सरकारको निर्णय कार्यान्वयन नगराउन र पुस १२ मा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको हो । अदालतको यो आदेशसँगै सिलवाल पदमा फर्किन मिल्ने भएको छ । तर, यो अन्तिम निर्णय भने होइन । पुस १२ मा सरकार पक्ष र रिट निवेदक पक्षबीच छलफल हुनेछ । सर्वोच्च… पुरा पढौ

शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

पोखरा-मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन् । दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ । २०४० सालमा पोखरा रंगशाला फुटबल मैदान बनेको हो । दोस्रो राष्ट्रिय खेलकुद… पुरा पढौ