मुख्य समाचार

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

पोखरा-काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो । कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र १० हजार… पुरा पढौ

शिशुकल्याण र त्रिभुवन माविलाई उपाधि

पोखरा-कास्की जिल्ला फुटबल संघद्वारा आयोजित एन्फा यू १४ अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्र तर्फ शिशुकल्याण मावि र छात्रा तर्फ त्रिभुवन शान्ति माविले उचालेका छन् । पोखरा रंगशालामा शुक्रबार भएकोफाइनलमा छात्रतर्फ शिशुकल्याणले गण्डकी बोर्डिङलाई ३–० गोेलले पराजित गर्दै उपाधि उचाल्दा छात्रा तर्फ लेखनाथ खुदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय माविलाई सडन डेथमा हराउँदै उपाधि आफनो नाममा लेखायो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु… पुरा पढौ

आज र भोलि आर्म रेष्लिङ प्रतियोगिता

पोखरा -आज र भोलि दुई दिन पोखरामा आर्म रेष्लिङ(पञ्जा लडाँई) शुरु हुदैं छ । विभिन्न तौल समूहमा आर्म रेष्लरले प्रतिस्पर्धा गर्ने छन् । आर्म रेष्लिङ संघ कास्कीको आयोजनामा नेपालमै सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ भएको दावी समेत गरिएको छ । आजदेखि शुरु हुने प्रतिस्पर्धामा ६० केजी मुनिको तौल समूहमा २२ जनाले प्रतिस्पर्धा गर्ने छन् । ७० केजी मुनिको तौल समूहमा ३२ जना आर्म रेष्लरले प्रतिस्पर्धा गर्ने आर्म रेष्लिङ संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए । त्यसैगरी ८० केजी तौल… पुरा पढौ

छात्रतर्फ सेमिफाइनल समिकरण

पोखरा-पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो । बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति… पुरा पढौ

बक्सिङमा १६ नम्बर बाहिनी च्याम्पियन

कास्की-झण्डै एकसाता चलेको प्रधान सेनापति ट्रफी अन्तर्गत बक्सिङ प्रतिस्धर्पामा १६ नम्बर बाहिनी च्याम्पियन बनेको छ । १६ नम्बर बाहिनीले प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन कास्य जित्दै टिम च्याम्पियन बन्यो । नेपाली सेनाले आयोजना गरेको प्रधान सेनापति ट्रफी २०८२ अन्तर्गत बक्सिङ पोखरामा आयोजना गरिएको थियो । पोखराको बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धामा दुई स्वर्ण चार रजत र तीन कास्य पदकसहित उपत्यका पृतना हेडक्र्वाटर दोस्रो भयो । दुई स्वर्ण, तीन रजत र चार कास्य पदक जितेको पूर्वी पृतना तेस्रो बन्दै… पुरा पढौ

होल ईन वानलाई घोडा पुरस्कार

पोखरा-होल ईन वान गल्फमा दुलर्भ मानिन्छ । त्यसैले त होल ईन वान गर्ने गल्फरले पाउने पुरस्कार पनि दुर्लभै राखिन्छ ।यही भदौ २८ र २९ गते मुस्ताङको लोमान्थाङस्थित लोवाथाङमा चौथो सँस्करण गल्फ प्रतियोगिता हुदैै छ । टप अफ दि वल्र्ड क्लासिक नाम दिइएको गल्फ प्रतिस्पर्धामा नेपाली र विदेशी गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धामा होल ईन वान हिर्काउने गल्फरले पुरस्कार स्वरुप पाउने छन् घोडा । जुन अनौठो पुरस्कार हो । फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को… पुरा पढौ

अगष्टको गल्फ मन्थ्ली मेडल भक्तराजलाई

पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मन्थ्ली मेडलका अगष्टको पुरस्कार एएसपी भक्तराज गुरुङले जितेका छन् । पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा उनले ३८ स्कोरसहित उपाधि जित्न सफल भए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा डानियल बानियाँ उपविजेता बने । उनले ३५ स्कोर गरे । तेस्रो स्थानमा भने दिप्सन लामा भए । उनले ३२ स्कोर गरेका थिए । ग्रस तर्फको पुरस्कार भने इन्स्पेक्टर जीवराम गुरुङले जित्न सफल भए । विजेता गल्फरलाई लेफ्टिनेन्ट कर्णेल बसन्तराज गुरुङ तथा गण्डकी प्रदेश… पुरा पढौ

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज-नेपालगन्ज १० नाइट रनको तयारी तीब चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् । नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट… पुरा पढौ

छात्र तर्फ गुरुकुल र शिशुकल्याण मावि बीच उदघाटन खेल

पोखरा- विहीबारदेखि पोखरा रंगशालामा विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्देशन अनुसार विद्यालयस्तरीय फुटबल प्रतियोगिताको लागि अन्तिम तयारी गर्दै छात्रा तथा छात्रको खेल तालिका सार्वजनिक गरेको छ । छात्रहरुको खेल बिहीबारदेखि शुरु भएपनि छात्राहरुको खेल भने केहीदिन पछि सञ्चालन गरिने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए । प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रानले मुख्य प्रायोजन गरेको छ । फुटबलमा अग्रणी रहँदै आएको क्लब… पुरा पढौ

खेल तालिका सार्वजनिक, २४ विद्यालय सहभागि

पोखरा-यही भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र तर्फ सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल तालिका सार्वजनिक गरिएको छैन् । छात्रहरुको लिगचरणको खेल सकिएपछि छात्राहरुको खेल तालिका सार्वजनिक गरिने कास्की जिल्ला फुटबल संघले जनाएको छ । लिगकम नकाउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल गुरुकुलले शिशुकल्याण माविसँग खेल्ने छ । भदौ १२ गते पोखरा रंगशालाको… पुरा पढौ