पोखरा(खेलाडी न्युज)-माघे संक्रान्तिकै दिनबाट पोखरामा दोस्रो सभामुख महिला राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुदैं छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजना हुने प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले तदारुकता देखाएको छ । समितिले गण्डकी प्रदेशको टिम छनोट गरिसकेको छ । मन्जु गुरुङको कप्तानीमा १२ सदस्यीय टोली चयन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । दुई जना खेलाडी बैकल्पिकमा छन् । अरुणा शाही(म्याग्दी), रेविना घर्तीमगर(म्याग्दी), पवित्रा वि.सी(म्याग्दी), रुपा थापा(कास्की), लक्ष्मी कुँवर(तनहुँ), पूर्णिमा ठाकुर(कास्की), ममता…
पुरा पढौ