मुख्य समाचार

एन्फाको अर्ली इलेक्सनमा कास्कीलाई मताधिकार

पोखरा-यही फागुनको आन्तिम साता अखिल नेपाल फुटबल संघ(एन्फा)को अर्ली इलेक्सन(अगाडि चुनाव)हुदैै छ । चुनावी सरगर्मी बढिरहेकै बेला जिल्ला फुटबल संघले पनि मताधिकारको लागि लबिङ शुरु भईसकेको छ । एन्फाको अर्ली इलेक्सन यही फागुन २७ गते झापामा हुने छ । माघ अन्तिम साता तय भएको चुनाव एकमहिना पछि सरेको हो । गण्डकी प्रदेशमा ८ जिल्ला छन् । ८ जिल्ला मध्ये ६ जिल्लाले मात्रै चुनावमा मताधिकार पाउँछन् । तनहुँ र लमजुङ मताधिकार दौडबाट बाहिरिएका छन् । चार वर्ष अघि गोरखा र कास्कीले… पुरा पढौ

मनाङ आहारारा पोखरा गोल्डकपको अन्तिम चारमा

पोखरा-अतिरिक्त समयको पहिलो हाफको इन्जुरीमा गोल निकाल्दै मनाङ मस्र्याङ्दी क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दा पाहुना टोली नर्थ थण्डरबोल्ट युनाईटेड सिक्किम बिदाई भएको छ । अभागी बनेकोे सिक्केमी टोली निराशसँगै असन्तुष्ट हुदैं गोल्डकपको यात्राबाट विट मार्यो । पोखराको मैदानमा मनाङ मस्र्याङ्दी फेरी एक पटक भाग्यमानी बन्यो । अतिरिक्त समयको इन्जुरी समयमा गोलको खडेरी तोड्दै आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समयमा दुवै टोलीले गोल रहित खेले । पहिलो हाफको इन्जुरी… पुरा पढौ

जावलाखेल अन्तिम चारमा

पोखरा-जवलाखेलले अन्तिम चारमा प्रवेश गर्दा अपी पावर चर्च ब्वाईजलाई पोखराको मैदानमा ३—० गोलले पन्छायो । पोखराको मैदानमा मौसम चिसो थियो । तर जावलाखेलले पोखराको मैदानमा अन्तिम चारमा प्रवेश गर्दै न्यानोपनको अनुभूति गर्यो । सहारा क्लबको आयोजनामा आईतबार भएको प्रतिस्पर्धामा पहिलो हाफ दुवै तर्फबाट गोलरहित टुंगियो । तर दोस्रो हाफ शुरु भएको केही मिनेटमै चर्च ब्वाईजले गोलको सामना गर्दै पछि पर्यो । जावलाखेलले ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउने क्रममा चर्चका गोलकिपर दिप कार्कीको गल्तीलाई उपयोग गर्यो । कार्कीको हातको… पुरा पढौ

सडन डेथमा सहाराको भाग्य

पोखरा-सडन डेथमा सहारा आहारारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दा नेपाल पुलिस क्लब पोखराको मैदानमा अभागी बन्यो । धिरेन्द्र शाहको पेनाल्टीलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल पुग्ने पहिलो टोली बन्यो । निर्धारित र अतिरिक्त समयमा दुवैले एक एक गोलको बराबरीमा टुग्याए । सहाराको भाग्य पेनाल्टीमा लेखियो । दोस्रो हाफ लगत्तै दबावमा परेको सहाराले खेलको ६१ ऋौं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । पेनाल्टी सुटआउटमा समेत बराबरी भएपछि खेल सडन डेथमा पुग्यो ।… पुरा पढौ

प्लानिङसँग फ्रेण्ड्स पराजित

पोखरा-पहिलो सहभागिता, उत्कृष्ट प्रदर्शन । प्लानिङ ब्वाईजले फ्रेण्ड्स क्लबलाई ४—० गोलले पराजित गर्दै आहारारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गर्यो । पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा पहिलो सहभागिता उत्कृष्ट बनाउने क्रममा फ्रेण्ड्सको चुनौति सजिलै पन्छायो । ९० मिनेटमा खेलमा विदेशी खेलाडीले ह्याट्रिक पुरा गरे । जुन प्रतियोगिताको पहिलो ह्याट्रिक हो । फ्रेण्ड्स क्लबको दुर्भाग्य २४ औं मिनेट बन्न पुग्यो । पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई प्लानिङका विदेशी खेलाडी एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा… पुरा पढौ

दुईवर्षपछिको भेटमा जावलाखेलसँग मछिन्द्र फेरी पराजित

पोखरा-उही मैदान । पुरानै प्रतिस्पर्धी । बाजी पनि एउटै टोलीको । हो बुधबार पोखरा रंगशालामा आयोजित २५ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा जावलाखेल युथ र मछिन्द्र फुटबल क्लब भिड्दै थिए । नजिता दुईवर्ष अघि जस्तै निस्कियो । जावलाखेल युथ क्लबले दुईवर्ष अघिको जस्तै नजिता आफनो पक्षमा राख्यो । गोल अन्तर मात्रै फरक रह्यो । दुई वर्ष अघि र अहिलेको जितमा नायक विदेशी खेलाडी बने । २५ औं संस्करणको आहारारा पोखरा गोल्डकपको बुधबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जावलाखेल युथ क्लबले मछिन्द्रको… पुरा पढौ

इन्जुरी समयमा सहाराको जित

पोखरा-कृत्रिम बत्तीमा खेलिएको पहिलो खेलमा सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङको चुनौतिलाई इन्जुरी समयमा पन्छाउँदै क्र्वाटरफाईनल यात्रा तय गरेको छ । आफनो पच्चीसौं संस्करणको आहारारा पोखरा गोल्डकपको उदघाटनमा पाहुना टोलीलाई कमजोर लाईटमा सहाराले १—० गोल अन्तरले पराजित गर्दै सुखद नजिता निकाल्यो । पहिलो हाफ सहारालाई निकै चुकचुकाउने परिस्थिति बन्यो । एकपछि अर्को प्रहार क्रसबारमा लागेर फर्किनु र गोललाईनबाट क्लियर हुदाँ अग्रताबाट चुकिरह्यो । पोखराको फुटबल इतिहासमै पहिलो पटक बत्तीको सहारामा खेलिएको खेलमा उत्साहित र तारिफ गर्ने अवस्था थिएन्… पुरा पढौ

बत्तीमा सहारा र हङकङी टोली भिड्ने

पोखरा-सवाधिक पुरस्कार राशीको आहा रारारारा पोखरा गोल्डकपको वर्षदिनको प्रतिक्षा सकिएको छ । भोलि मंगलबारदेखि आहा रारा गोल्डकपको पच्चीसौं संस्करण शुरु हुदैै छ । पुराना क्लबले फेरी पोखराको मैदानमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । कुनैबेला निकै चर्चित क्लबहरु फ्रेण्डस क्लब, जावलाखेल युथ क्लब सहितको टोली फेरी पोखराको मैदानमा देखा पर्ने छ । दर्शकले दिउँसोले फुर्सद नपाउने र फुटबलको मज्जा लिन नपाउने विगतको परिथितिलाई अन्त्य गरेको छ । कृत्रिम प्रकाशमा फुटबल हेर्ने अवसर दर्शकलाई जुरेको छ । सहारा क्लबले आफनो गोल्डकप… पुरा पढौ

पोखरामा फागुन पहिलो साता विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन

पोखरा-फागुनको पहिलो सातादेखि पोखराको फिट नेपाल स्पोर्टसकम्प्लेक्समा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैै छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा स्व. मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा विभिन्न चार उमेर समूहका विद्यालयका विद्याथीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको पाँचौँ संस्करणमा आईपुग्दा यू–११, यू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर समूहका खेलाडीहरूको प्रतिष्पर्धा गर्ने फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए । ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्मका उदयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, खेलकुद विकासलाई टेवा… पुरा पढौ

सहाराको भेट गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङसँग

पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै अविस्मरणीय बनाउने छ । क्लबले २५ आंैं आहा रारा पोखरा गोल्डकपलाई गोधुली साँझमा कृत्रिम बत्तीमा खेलाउने निर्णय यस अघि नै गरिसकेको छ । । यो निर्णयले पोखराको फुटबल इतिहासमा नयाँ आयाम थपिने विश्वास क्लबले लिएको छ । २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु… पुरा पढौ