मुख्य समाचार

इण्डियालाई यु १९ महिला साफ च्याम्पियनसिप ट्रफी

पोखरा-यु १९ महिला साफ च्याम्पियनसिपको उपाधि इण्डियाले जितेको छ । शनिबार पोखरा रंगाशलामा भएको फाईनलमा बंगालदेशलाई ४—० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचाल्यो । इण्डियाले च्याम्पियनसिपको ट्रफी उचाल्दै लिगचरणमा बंगलादेशसँग हारको बदला समेत लियो । लिग चरणमा इण्डियालाई शून्यका विरुद्ध दुई गोलले जित निकालेको बंगलादेशले फाईनलमा भने सतप्रतिशत खेल देखाउन भने असक्षम देखियो । गोलकिपरको अक्षम्य गल्तीमा गोल खान पुगेपछि इण्डियाले बंगलादेशमाथि फराकिलो जित सुनिश्चित गर्दै च्याम्पियन ट्रफी उचाल्यो । खेलको ४२ औं मिनेटमा इण्डियाले गोलको खडेरी तोड्यो ।… पुरा पढौ

रमेश गुरुङ हिमालयन गल्फ क्लब च्याम्पियन

पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा शनिबार हिमालयन गल्फ कोर्षमा भएको क्लब च्याम्पियन गल्फ प्रतियोगिताको उपाधि रमेश गुरुङले जितेका छन् । पार ६९ को कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा गुरुङले ९ ओभर ७८ को स्कोरसहित क्लब च्याम्पियन बन्दा काउन्ट व्याकमा पछि पर्दै इन्जिनियर सन्तोष गुरुङ उपाधि विहीन भए । स्ट्रोक प्ले फुलह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा नेट तर्फ सुजन थापाले पुरस्कार थाप्दा गीता गुरुङ काउण्ट व्याकमा पछि पदैै उपविजेतामा चित्त बुझाए । दुवैले एक अण्डर ६८ को कार्ड बनाएका थिए । लेभल पार खेलेका कमल… पुरा पढौ

ताललाई समृद्धिसँग जोड्न ‘वाटर स्पोर्टस’

धन बस्नेत/पोखरा“नेचर, कल्चर र एड्भेन्चर” । पोखरामा मात्रै होईन नेपालको पर्यटन प्रवद्र्धनका पहिचान हुन् । प्रकृति र सँस्कृति अथाह छ । एड्भेन्चर पनि उस्तै छ । एड्भेन्चर अर्थात साहसिक । साहसिक विशेष गरी खेलकुद बढी हुने गरेको छ । नेपालको पर्यटन प्रवद्र्धनको आयाम नै एड्भेन्चर हो । त्यसमा पनि पानीमा खेलकुद अर्थात वाटर स्पोर्टस, अझ बढी महत्व छ । पोखरामा सबैखाले खेलकुद छ । तर नेपालमा पर्यटन प्रवद्र्धनको दीर्घकालिन योजनाको रुपमा वाटर स्पोर्टसलाई अघि सार्नुपर्ने खाँचो छ । दिगो पर्यटनको… पुरा पढौ

दोस्रो पोखरा एथलेटिक्स मिटमा थपिए नयाँ इभेण्ट

पोखरा-आगामी चैत अन्तिम साता दोस्रो संस्करणको पोखरा ओपन एथलेटिक्स मिट हुदै छ । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा चैत २९ र ३० गते पोखरा रंगशालामा आयोजना हुने मिटमा संघले केही नयाँ इभेण्टलाई समावेश गरेको छ । ट्रयाक अन्तर्गत एकसय, दुईसय, चार सय, आठ सय, १५ सय मिटर दौडमा महिला तथा पुरुषले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै ३ हजार मिटर(महिला), ३ हजार मिटर स्टिपल चेज, ५ हजार मिटर र १० हजार मिटर पुरुषको इभेण्ट रहेको छ । एकसय मिटर विद्यालयस्तरीय पोखराको… पुरा पढौ

गोधुली साँझमा कृत्रिम लाईटमा फुटबल

धन बस्नेत/पोखरा- आहा रारा गोल्डकपले २५ वर्ष पुरा गरेको छ । २५ वर्ष पुरा गरेको अवसरमा सहारा क्लबले प्रतिष्ठित गोल्डकपलाई अझ भब्य बनाउने योजना बनाएको छ । योजना अन्तर्गत क्लबले २५ आंैं आहा रारा पोखरा गोल्डकपलाई गोधुली साँझमा कृत्रिम बत्तीमा खेलाउने निर्णय गरेको छ । यो निर्णयले पोखराको फुटबल इतिहासमा नयाँ आयाम थपिने विश्वास क्लबले लिएको छ । २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको क्लबको गोल्डकपको यात्रा झण्डै तीनदशक देखि निरन्तरता छ । प्रायोजकले पनि क्लबलाई गोल्डकप आयोजना गर्ने प्रेरित… पुरा पढौ

भुटानमाथि बंगलादेशको १२ गोल, नेपाल पराजित

पोखरा-कमजोर भुटानमाथि एकपक्षीय नजिता निकाल्दै बंगलादेशले साफ यु १९ च्याम्पियनसिपमा विजयी शुरुवात गर्दा नेपाल भने इण्डियासँग पराजित भएको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धामा बंगलादेशले भुटानमाथि १२—० गोल अन्तरले पराजित गर्यो । इण्डियाले नेपाललाई भने १—० गोलले पराजित गर्दै तीन अंक जोड्यो । इण्डियाले गोलको खडेरी तोड्न ४९ मिनेट समय खर्चियो । पर्ल फर्नाण्डेजले गोल गर्दै इण्डियालाई जित दिलाउन पर्याप्त हुदाँ नेपालले पहिलो खेल गुमाउन पुग्यो । इण्डिया आफैंमा प्रतियोगिताको दाबेदारी टिम पनि हो । नेपालले इण्डियालाई पहिलो हाफसम्म… पुरा पढौ

सडन डेथमा होराइजनलाई आदर्श कपको उपाधि

पोखरा-स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ । लेखनाथमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई सडन डेथमा पराजित गर्दै उपाधि उचाल्यो । सडन डेथ ७-६ गोलले अन्तरले पराजित गरेको थियो । अतिरिक्त १० मिनेटमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद रु. ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको गण्डकी प्रदेश… पुरा पढौ

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो… पुरा पढौ

न्यू डायमण्ड च्याम्पियन, पुलिस उपविजेता

पोखरा-न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा… पुरा पढौ

विभागीय डर्बी प्रतिष्पर्धामा आर्मीको रोमाञ्चक जित

पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले… पुरा पढौ