मुख्य समाचार

आईतबारदेखि प्रतिभा सुपर लिग टी-ट्वान्टी

पोखरा-प्रतिभा माविको आयोजनामा यही माघ १८ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रतिभा सुपर लिग विद्यालयस्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुदैं छ । प्रतियोगितालाई कास्की जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्ने छ । प्रतियोगितामा विभिन्न बाह्र विद्यालयको सहभागिता रहेको छ । कुमुदिनी होम्स, ग्लोबल कलेजियट, गुरुकुल विद्यासदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमण्ड मावि, नेपाल भारत मैत्री विद्यालय, प्रतिभा मावि, बाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड माविको सहभागिता रहेको छ । चार समूहमा विभाजन गरिएको छ । प्रत्येक विद्यालयले दुई खेल… पुरा पढौ

शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप

पोखरा-शनिबारदेखि पोखरामा यु १९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुदै छ । प्रतियोगिताको पूर्वसन्ध्यामा तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले उल्लेख गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहने छ । श्रीलंका, पाकिस्तान र माल्दिभ्सको टोली भने अनुपस्थिति रहने एन्फाले जनाएको छ । एन्फामा सिईयो इन्द्रमान तुलाधरले प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले पोखरा रंगशाला फुटबल मैदानमा शुरु हुने प्रतियोगितामा चारदेशका टिम प्रशिक्षक र कप्तानसँग भोलि शुक्रबार अन्तिम… पुरा पढौ

स्याङ्गजाको होराईजन आर्दश कपको फाईनलमा

लेखनाथ,- वालिङ्गको होराईजन क्लव २६ औ आदर्श कप फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । लेखनाथस्थित भण्डारढीक खेलमैदानमा भएको दोस्रो सेमिफाईनलमा म्याग्दी फुटबल संघ म्याग्दीलार्ई पराजित गर्दै होराईजन फाईनल पक्का गरेको हो । लेखनाथको भण्डारढिक रङ्गशालामा बुधवार मौसमको प्रतिकुलमा भएको प्रतिस्पर्धामा ७३ औ मिनेटमा टिकाराज गुरुङले गोल गर्दै जित दिलाए । उनको गोल निर्णायक बन्यो । होराईजन फाईनल प्रवेश गर्यो । म्याग्दी निराश हुदैं मैदानबाट विदा लियो र। उपाधिको लागि नेपाल प्रहरी गण्डकी प्रदेशको टोलीसँग होराईजनले खेल्ने छ । यसैविच… पुरा पढौ

पुलिसविरुद्ध गण्डकीको सहज जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो ।यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो सेट २५–१७,… पुरा पढौ

न्यू डायमण्ड फाइनलमा

पोखरा-नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो । डायमण्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो । अब एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक… पुरा पढौ

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता… पुरा पढौ

माल्दिभ्समाथि एपीएफको सहज जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल ९एपीएफ० ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ । अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी… पुरा पढौ

गोरखा हिल युके क्याडिज गल्फको पुरस्कार सुनारलाई

पोखरा-गोरखा हिल युकेको मुख्य प्रायोजनामा आईतबार हिमालयन गल्फ कोर्षमा आयोजित क्याडिज गल्फ प्रतियोगिताको उपाधि सुशिल सुनारले जितेका छन् । १८ होलको पार ६९ को कोर्षमा सुनारले चार ओभर ७३ को स्कोरसहित च्याम्पियन बनेका हुन् । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरे । एक स्ट्रोकले पछि परेका समीर गुरुङ दोस्रो स्थानमा चित्त बुझाए । उनले तीन हजार नगद प्राप्त गरे । सन्दीप सुनार भने ७९ स्कोरसहित तेस्रो स्थानमा रहे । उनले दुईहजार रुपैयाँ पुरस्कार प्राप्त गरे । समूह बी अन्तर्गतको… पुरा पढौ

एपीएफमाथि न्यू डायमण्डको सहज जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो । न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यू डायमण्डको यो लगातार… पुरा पढौ

गण्डकीले सोझो सेटमा जित्दा पर्वतको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि शानदार जित निकालेको छ । टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा गण्डकीले माल्दिभ्समाथि ३–० को शानदार जित दर्ता गराएको हो । गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग ३–१ को सेटमा पराजित भएका गण्डकीले प्रतियोगितामा पहिलो जित निकालेको हो । माल्दिभ्सले… पुरा पढौ