🏏 क्रिकेट

अपराजित रहँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौं । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर-१२ को समूह-२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो । जितका लागि १९० रनको लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० रनको योगदान दिए । ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५… पुरा पढौ

भारतमाथि न्युजिल्यान्डको सानदार जित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा सुपर–१२ को दोस्रो खेलमा न्युजिल्यान्डले भारतमाथि आठ विकेटको सानदार जित निकालेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा पूरा गर्‍यो । न्युजिल्यान्डका लागि डारिल मिचेलले ३५ बल खर्चेर सर्वाधिक ४९ रन बनाए । यस्तै, कप्तान केन विलियमसनले ३३, मार्टिन गुप्टिलले २० तथा डेवोन कोनवेले दुई रन बनाए ।   भारतका लागि जस्प्रित बुमराहले दुई विकेट लिए ।  त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन बनाएको थियो ।… पुरा पढौ

इंग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं । इंग्ल्यान्डले आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १२६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए । यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल… पुरा पढौ

वाई वाई यु–१९को लागि १५ गतेदेखि ओपन क्याम्प

पोखरा-नेपाल क्रिकेट संघ(क्यान)ले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ । घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानको मर्मत शुरु गरिएको छ । मैदानको घाँस काटिएको छ । पीच मर्मत शुरु गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले आगामी कात्तिक १५ गतेदेखि खुला क्याम्प शुरु गर्ने जनाएको छ । ‘१५ गते क्याम्प गरेपछि सहभागिता खेलाडी संख्या अनुसार छनोट गरेर प्रारम्भिक टिम बनाउँछौ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘तीन दिन क्याम्प सञ्चालन गर्छौ ।’ तिहार… पुरा पढौ

अष्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ ।दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो। वार्नरले ६५ रनको अर्धशतकीय… पुरा पढौ

पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको सुपर १२ को समूह ‘बी’ मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमै पूरा गर्‍यो । टस जितेर बलिङ गरेको पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे । न्यूजिल्यान्डका… पुरा पढौ

भारत विरूद्ध पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं  । टी २० विश्वकपको रोमाञ्चक खेलमा  पाकिस्तानले भारतलाई पराजित गरेको छ । दुवईमा आज साँझ भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।पाकिस्तानको विजयका लागि बारबर आजम र मोहम्मद रिजवनले उत्कृष्ठ पारि खेलेका छन् । पहिले टस जितेर फिल्डिङ रोजेको पाकिस्तानका बलरहरूले भारतीय बल्लेवाजहरूलाई सुरूदेखि नै  दबाबमा राखेको थिए । भारतले २० ओभरमा सात विकेट गुमाएर जमममा १५१ रन बनाएको थियो । कप्तान विराट कोहलीले अर्धशतक बनाए पनि अन्य बल्लेवाजहरू सस्तैमा समेटिएका थिए… पुरा पढौ

बहुप्रतिक्षित भारत र पाकिस्तानको भिड्न्त आज

काठमाडौं । दुबईमा जारी आईसिसि ट्वान्टी–२० विश्वकपमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । सुपर १२ राउन्ड अन्तर्गत समूह बी को पहिलो खेलमा नै यी दुई टोलीको भेट हुन लागेको हो । विरलै मात्र आमने सामने हुने यी दुई टोलीको प्रतिस्पर्धा विश्वभरका दर्शकका लागि बहुप्रतिक्षित हुने गरेको छ । हालसम्म दुई टोलीबीच ट्वान्टी–२० को प्रतिस्पर्धा ५ पटक भएको छ । जसमा सबै खेलमा भारत विजयी भएको छ । भारत विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछ । विराट कोहलीको… पुरा पढौ

इंग्ल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुआत

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुआत ले विजयी शुरूवात गरेका छन् । दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै इंग्ल्यान्डले विजयी शुरूवात गरेको हो । इंग्ल्यान्डले टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराएको यो पहिलो पटक हो । वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित… पुरा पढौ

स्कटल्याण्ड पहिलो पटक सुपर १२ मा

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर-१२ मा पुगेको हो । स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो । ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए । म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए ।… पुरा पढौ